पाँच अंकले घटेपछि सेयर ११ सय बिन्दुमा

पाँच अंकले घटेपछि सेयर ११ सय बिन्दुमा


साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा सेयरको मूल्य करिब पाँच अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.९५ बिन्दुले घटेर ११००.५८ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ बिन्दुले घटेर २३३.८८ बिन्दुमा कायम भएको छ । स्टकका अनुसार कुल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता सेयर रु. २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका दश उपसमूहमध्ये आइतबार दुई उपसमूहको सेयर बढेको छ भने आठ उपसमूहको सेयर घटेका छन् । होटेल ४.२३ र जीवन बिमा ५३.०८ बिन्दुले बढेको छ । बैंकिङ ६.५९, विकास बैंक ४.४६, जलविद्युत ४.११, वित्त ०.४४, निर्जीवन बिमा २७.७२, उत्पादन २३.७३, अन्य १.८९ र लघुवित्त ७.५५ बिन्दुले घटेको छ ।

स्टकका अनुसार भागर्व विकास बैंकका सेयरधनीले ५.८४ प्रतिशतले कमाउँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३.४५, सानिमा माई हाइड्रो पावर कम्पनी २.७९ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले २.२० प्रतिशतले कमाएका छन् ।

यस्तै सिन्धु विकास बैंकका सेयरधनीले ८.६९, कृषि विकास बैंक ६.४१, आँखु खोला जलविद्युत कम्पनी ५.८८, घलेम्दी हाइड्रो पावर लिमिटेड ४.७४, जोशी हाइड्रो पावरका सेयरधनीले ४.५४ प्रतिशतले गुमाएका छन् । घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. दुई करोड ६० लाख चार हजार ६५९, नेपाल बैंक लिमिटेडको रु. एक करोड पाँच लाख ५९ हजार ४११, प्रभु बैंकको रु. ९९ लाख १० हजार ९४१ र एनएमबी बैंकको रु ९५ लाख ६९ हजार ५७३ मूल्यमा सेयर कारोबार भएका छन् ।