उपराष्ट्रपतिद्वारा महाशिवरात्री र सेना दिवसको शुमकामना

उपराष्ट्रपतिद्वारा महाशिवरात्री र सेना दिवसको शुमकामना


उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाशिवरात्रीका अवसरमा आम नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले आज जारी गरेको प्रेस विज्ञप्ति जारी सन्देशमा हन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री २०७५ का समस्त हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु विज्ञप्तिमा भनिएको छ ।

उपराष्ट्रपति पुनले सेना दिवस–२०७५ को अवसरमा प्रधानसेनापतिसहित नेपाली सेनाको सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । विज्ञप्तिमा नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्षा आधुनिकीकरण गर्दै लैजानेमा विश्वस्त छु र यस कार्यमा सबै पक्षको साथ रहने अपेक्षासमेत लिएको छु भनिएको छ ।