तालिमलाई निरन्तरता दिँदै अर्थ मन्त्रालयका कर्मचारी

तालिमलाई निरन्तरता दिँदै अर्थ मन्त्रालयका कर्मचारी


अर्थ मन्त्रालय (नेपाल सरकार)का २२ कर्मचारीको तेश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ (INGAF)मा सञ्चालन भइरहेको ‘ग्लोबल पर्सपेक्टिभ्स अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट’ (Global Perspectives on Public Financial Management) विषयको तालिम शुरु गरेको छ । ०७५ फागुन २० देखि सुरु गरेको छ । उक्त तालिम ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम (ITEC)’ अन्तर्गत सञ्चालन भइरहेको छ ।

जम्मा ६२ कर्मचारीलाई प्रदान गरिने उक्त विशेष तालिम नेपाल सरकार, अर्थमन्त्रालयको अनुरोध तथा आवश्यकताको आधारमा तयार पारिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । बताइएअनुसार यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरूको क्षमता अभिवृद्धि गर्ने छ ।

ज्ञातव्य छ, यसअघि दुई समूहमा विभक्त ४० नेपाली कर्मचारीले आफ्नो दशदिने तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।

आईएनजीएएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थक्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उक्त संस्था इन्ष्टच्युसन अफ इन्टरनल अडिटर्स फ्लोरिडा, एटलान्टा स्कुल अफ पब्लिक पोलिसी, ड्युक युनिभर्सिटी, म्यानेजमेन्ट डेभलपमेन्ट इन्ष्टिच्युट गुणगाउँ, इण्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्ट बेँगलुरु आदि जस्ता प्रमुख संस्थाहरूसँग आबद्ध छ ।

आईएनजीएएफ संसार भरका विकासशील मित्रराष्ट्रका कर्मचारीहरूलाई आइटिइसी कार्यक्रमअन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्था हो ।