सरकार ग्यास उद्योगीको माग पूरा गर्न तयार, उद्योगीको हड्ताल स्थगित

सरकार ग्यास उद्योगीको माग पूरा गर्न तयार, उद्योगीको हड्ताल स्थगित


ग्यास उद्योगीको मागप्रति सरकार लचिलो बनेपछि उद्योगीले हड्ताल कार्यक्रम स्थगित गरेका छन् । ग्यास उद्योगीले १० बुँदे माग राख्दै हड्तालको घोषणा गरेका थिए । उद्योगीले शुक्रबारदेखि ग्यास खरीद समेत रोकेका थिए । तर माग सम्बोधनका लागि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र संघका अध्यक्ष गोकुल भण्डारीसहितको टोलीबीच वार्ता भएको थियो ।

उद्योग, वाणिज्यमन्त्री मातृका यादबको उपस्थितीमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच भएको वार्तामा उद्योगीको मागका बारेमा अध्ययन गर्न गठित समितिले १६ दिनभित्र सुझाब दिने र त्यही सुझाबका आधारमा माग पूरा गर्ने सहमति भएपछि हड्तालका कार्यक्रम स्थगित भएको हो ।

वार्तामा पेट्रोलियम पदार्थको व्यवस्थापन र समग्र सुधारको मार्गचित्र तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने समेत सहमति भएको बुझिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।