ओली सरकारको फजुल खर्च बढ्दै

ओली सरकारको फजुल खर्च बढ्दै


केपी शर्मा ओलीको सरकार इतिहासकै महंगो र खर्चालु बन्न थालेको छ । मुलुकभित्रका समस्या यथावत भएपनि सरकारले अनुत्पादक क्षेत्रमा गरेको खर्चको राशी भने उच्च छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार वर्तमान सरकारले चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न मन्त्रालयबाट ८ करोड हाराहारी त आर्थिक सहायता नै बाँडेको छ । भ्रमण एवं स्वागत–सत्कारमा १० करोड स्वाहा पारेको छ ।

ओली प्रधानमन्त्री भएयताको एक वर्षमा अनुत्पादक क्षेत्रमा झण्डै १५ करोड बाँडिएको छ । यस्तै विदेश भ्रमणमा २४ करोड बाँडेको देखिन्छ । उता, द्वन्द्वपीडित, प्रकोपपीडित एव्म सहिद परिवारलाई बाँडेकोसहित हिसाब गर्ने हो भने ‘आर्थिक सहायता र सम्मान एवम् भ्रमण’का नाममा राज्यकोषबाट दुई अर्ब चार करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । सरकारले यसरी मनलाग्दी राज्यकोषको रकम बाँड्नु र विदेश सयरमा खर्च गर्नु गलत भएको अर्थ मामिलाका जानकारको भनाइ छ ।

२०७४ फागुनमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : १ करोड १५ लाख
रक्षा मन्त्रालय : २५ लाख
महालेखा नियन्त्रक कार्यलयः दुई लाख १४ हजार

विदेश भ्रमणमा भएको खर्च
अर्थ मन्त्रालय : करिब एक करोड
कृषि मन्त्रालय : ८ लाख ६८ हजार
खेलकुद मन्त्रालय : करिब ९ लाख

२०७४ चैतमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : करिब ५० लाख
पर्यटन मन्त्रालय : ६० लाख
परराष्ट्र मन्त्रालय : १५ लाख
कानून मन्त्रालय : ५० लाख
शान्ती तथा पुनर्निर्माण मन्त्रालय : एक लाख

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
शिक्षा मन्त्रालय : २९ लाख ७ हजार
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय : १७ लाख १३ हजार
श्रम मन्त्रालय : ६ लाख २ हजार

२०७५ वैशाखमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : ६८ लाख ५० हजार
पर्यटन मन्त्रालय : ३० लाख
खेलकुद मन्त्रालय : ७ लाख
गरीबी निवारण मन्त्रालय : ५ लाख

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालयः १ करोड ६ लाख ९१ हजार

२०७५ जेठमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालयः एक करोड ५ लाख

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालय : ५१ लाख ३० हजार
कृषि मन्त्रालय : ९ लाख ४४ हजार
समाज कल्याण मन्त्रालय : ४ लाख ७२ हजार

२०७५ असार
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : ७५ लाख
खेलकुद मन्त्रालय : ६० लाख ५८ हजार
स्वास्थ्य मन्त्राल : १२ लाख

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालय : ५ करोड ९१ लाख ६१ हजार
स्वास्थ्य मन्त्रालय : ७४ लाख ६५ हजार
गृह मन्त्रालय : ६५ लाख
श्रम मन्त्रालय : २५ लाख १७ हजार
उद्योग मन्त्रालय : १ लाख ८२ हजार
खेलकुद मन्त्रालय : ६ लाख २८ हजार
कृषि मन्त्रालय : ५ लाख ५८ हजार
अर्थ मन्त्रालय : १ लाख ६१ हजार
नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा विभिन्न निकायबाट निकासा : १ करोड २८ लाख २७ हजार

२०७५ साउनमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : ८३ लाख ५३ हजार
परराष्ट्र मन्त्रालय : करिब १५ लाख

२०७५ भदौमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : ८९ लाख
संघीय संसद सचिवालय : ३३ लाख ६१ हजार
कानून मन्त्रालय : ३० लाख
स्वास्थ्य मन्त्रालय : २७ लाख ६० हजार

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
सामान्य प्रशासन मन्त्रालय : ३ लाख ४३ हजार
निर्वाचन आयोग : १ लाख ६६ हजार ८ सय ८०
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय : करिब ३३ हजार

२०७५ कात्तिकमा
सहयोगस्वरुप बाँडेको पैसा
उर्जा मन्त्रालय : ५ लाख
अर्थ मन्त्रालय : ५ लाख

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
अर्थ मन्त्रालय : ३५ लाख ७७ हजार
रक्षा मन्त्रालय : १३ लाख ४ हजार
कानून मन्त्रालय : ४ लाख ८० हजार
उद्योग मन्त्रालय : ३६ हजार

२०७५ मंसिरमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : ९७ लाख १९ हजार
सामान्य प्रशासन मन्त्रालय : १० लाख

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालय : १ करोड २० लाख २४ हजार
स्वास्थ्य मन्त्रालय : २५ लाख ४८ हजार
उद्योग मन्त्रालय : २० लाख ४४ हजार
कानून मन्त्रालय : १३ लाख ८१ हजार
महिला, बालबालिका मन्त्रालय : ११ लाख ९९ हजार
उर्जा मन्त्रालय : ८ लाख २३ हजार
राष्ट्रिय योजना आयोग : ३ लाख ६६ हजार

२०७५ पुसमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : २ करोड १३ लाख
कानून मन्त्रालय : २० लाख

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
परराष्ट्र मन्त्रालय : ६ करोड ८० लाख ५३ हजार
सञ्चार मन्त्रालय : १९ लाख ४७ हजार ३ सय ८३
रक्षा मन्त्रालय : १८ लाख ४१ हजार ७ सय
वन तथा वातावरण मन्त्रालय : ३ लाख १६ हजार

२०७५ माघमा
सहयोगस्वरुप बाँडेको पैसा
गृह मन्त्रालय : ३२ लाख ९५ हजार
परराष्ट्र मन्त्रालय : २० लाख
सामान्य प्रशासन मन्त्रालय : १० लाख
स्वास्थ्य मन्त्रालय :१० लाख

स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च
अर्थ मन्त्रालय : ३७ लाख ५ हजार
परराष्ट्र मन्त्रालय : २६ लाख ४१ हजार
सामान्य प्रशासन मन्त्रालय : ५ लाख ५६ हजार
उद्योग मन्त्रालय : २ लाख ४२ हजार
खेलकुद मन्त्रालय : १ लाख ८९ हजार

आर्थिक वर्षको मध्यावधिसम्म
सहयोगस्वरुप बाँडेको पैसा :करिब ८ करोड
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च : १० करोड

एक वर्षमा
सहयोगस्वरुप बाँडेको पैसा : करिब १५ करोड रुपैयाँ
स्वागत एवम् विदेश भ्रमणमा भएको खर्च : करिब २४ करोड
द्वन्द्वपीडित, प्रकोपपीडित एवम् सहिद परिवारलाई बाँडेको सहितको रकम : १ अर्ब ८० करोड ९३ लाख