फन टाइम

फन टाइम


funtimeअस्टे«लियामा बोक्सी
केही समययता आएर नेपाली सिनेमाको बजार विदेशमा रहेका नेपालीमाझ पनि राम्रोसँग विस्तारित हुन थालेको छ । संस्थागत होस् या व्यक्तिगत होस् जस्तो तरिकाले भए पनि नेपाली सिनेमाहरूले विश्व भ्रमण गरिरहेका छन् । यसै क्रममा अगस्ट १४, २०१५ तारिखका दिन अस्टे«लियाको क्यानबेरामा चलचित्र बोक्सीको विशेष प्रदर्शनी हुने भएको छ । नेपालमा पनि विभिन्न अवार्ड जित्न सफल बोक्सी अस्टे«लियाली सरकारद्वारा सञ्चालित नेसनल फिल्म एन्ड साउन्ड आरक्यावमा प्रदर्शन हुन लागेको हो । यो फिल्म साँझ साढे ६ बजे प्रदर्शन हुनेछ । अस्टे«लिया–नेपाल पे्रmन्डसिप सोसाइटी र नेप्लिज कम्युनिटी इन क्यानबेरा एन्ड क्युनबेन रिजनको आयोजनामा यो चलचित्र प्रदर्शन हुन लागेको हो ।
नाटककार बालकृष्ण समको अमर कृतिमाथि आधारित चलचित्र बोक्सीलाई शक्तिबल्लभ घोरासैनीले बनाएका हुन् भने गोपालचन्द्र लामिछाने यसका निर्देशक हुन् । यो चलचित्रलाई आफू बसेको सहरमा हेर्न चाहने अस्टे«लियामा रहेका नेपालीले प्रदीप तिमल्सिना, पुनम पन्त र विक्रम सुवेदीलाई सम्पर्क गर्न सकिने कुरा बताइएको छ । चलचित्र सामाजिक कुसंस्कार र बोक्सीप्रथाविरुद्धको विषयमाथि निर्माण गरिएको चलचित्र हो ।

मनकारी पल्लवी
यतिबेला विदेशमा थुपै्र नेपाली छन् । उनीहरूसँग धन पनि रामै्र होला, तर मुलुक रोइरहेको अवस्थामा विदेशबाट स्वदेशमा सहयोगी मनहरूको उपस्थिति पनि रामै्रसँग भयो । त्यस्तै मनकारीमध्ये एउटी हुन् अभिनेत्री पल्लवी भट्ट ।
लामो समयदेखि सिंगापुरमा बस्दै आएकी पल्लवी कुनै समय नेपाली सिनेमा क्षेत्रमा सक्रिय थिइन् । पल्लवीको कलाकारिता यात्रा सङ्घर्षमय नै थियो । यता भाग्य र उनको आफ्नै क्षमताले उनलाई सिङ्गापुर पु¥यायो र उनी यतिबेला आर्थिक रूपमा रामै्र अवस्थामा छिन् । सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तो दुःख र सङ्घर्ष गरेर आजको अवस्थासम्म आइपुगेकी पल्लवीले पनि भूकम्पबाट पीडित भएका नेपालीको दुःख–पीडामा मल्हम लगाउन आफ्नै पहलमा सिङ्गापुरबाट आर्थिक सहयोगको जोहो गरेकी थिइन् ।
पल्लवीले सहयोग वितरण गर्ने क्रममा मौलिकता के अपनाइन् भने भूकम्पपीडितलाई उनले नगद नै उपलब्ध गराएर सराहनीय कदम चालेकी थिइन् । ‘पीडितजनलाई के कुराको खाँचो परेको हुन्छ भन्ने हामीलाई थाहा नहुने हुनाले नगद नै प्रदान गर्नु नै उपयुक्त लाग्यो,’ उनले भनिन् । थपिन्, ‘उहाँहरू खुसी हुनुभयो म पनि सन्तुष्ट छु ।’