बंगलादेशका खेलाडी सकुशल, टेस्ट रद्द गर्नुपर्ने दुवै टिमका खेलाडीको साझा माग

बंगलादेशका खेलाडी सकुशल, टेस्ट रद्द गर्नुपर्ने दुवै टिमका खेलाडीको साझा माग


न्युजिल्यान्डको क्राइस्ट चर्चस्थिति अल–नूर–मस्जिदमा नकाबधारीले चलाएको गोलीबाट ४० जना नागरिकको मृत्यु भए पनि उक्त घटनामा बंगलादेशका राष्ट्रिय क्रिकेट टिमका खेलाडी भने सकुशल रहेका छन् । यो दुःखद घटनामा थुप्रै नागरिक घाइते भएका छन् ।

जुन बेला यो घटना घटेको थियो त्यतिबेला बंगलादेशका क्रिकेट टिमका खेलाडी उक्त मस्जिदमा थिए । मस्जिदमा प्रार्थना गर्न गएका बेला उक्त घटना घटे पनि खेलालाई सकुशल उद्धार गरिएको थियो । त्यसपछि खेलाडीलाई सुरक्षित मार्गबाट ओवल मैदानमा पुऱ्याइएको थियो ।

यतिबेला बंगलादेशको टिम न्युजिल्यान्डको भ्रभणमा छ । उनीहरू सो समयमा प्रशिक्षणको लागि ओवल मैदानमा जान लागेका थिए । चैत २ गते शनिबारदेखि बंगलादेश र न्युजिल्यान्डबीच पहिलो टेस्ट शुरु हुँदै छ । यो घटनाबीच दुवै टिमले टेस्ट क्रिकेट रद्द गर्नुपर्ने साझा माग गरेका छन् । तर, न्युजिल्यान्ड क्रिकेट बोर्डले भने अहिलेसम्म यसबारेमा कुनै निर्णय लिएको छैन ।