तेस्रो थेचम्बो याङवारक अन्तर्राष्ट्रिय खुला चेस प्रतियोगिता ९ देखि १४ वैशाखसम्म ताप्लेजुङको थेचम्बोमा आयोजना हुने भएको छ । थेचम्बो याङवारक चेस एसोसिएसन र ताप्लेजुङ जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिताको पुरस्कार राशि ५ लाख १ हजार ५ सय रुपैयाँ रहेको छ ।
प्रतियोगिताको दौरान नेपालका राष्ट्रिय च्याम्पियनहरूको सम्मान कार्यक्रम पनि आयोजना हुने आयोजक कमिटीका प्रमुख राजकुमार मेयाङ्बोले जानकारी दिए । फिडे आर्बिटर भवानी लिम्बूको नेतृत्वमा रहने प्राविधिक टोलीले प्रतियोगिता सञ्चालन गर्नेछ ।
प्रतियोगिताको उपाधि विजेताले ५० हजार, उपविजेताले ३५ हजार तथा तेस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी, चौथो हुनेले २१ हजार, पाँचौँ हुनेले २० हजार र छैटौँ हुनेले १९ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी, सातौँले १८ हजार, आठौँले १७ हजार, नवौँले १६ हजार तथा १०औँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । ११औँदेखि १५औँसम्म हुनेले १२ हजार रुपैयाँ पाउनेछन् ।
क्याटोगोरी पुरस्कारतर्फ प्रदेश एकको शीर्ष तीन स्थान पाउने खेलाडीले १० हजार, सात हजार र ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फ शीर्ष तीन खेलाडीले ९ हजार, ६ हजार र ५ हजार रुपैयाँ तथा भेट्रानतर्फ पनि शीर्ष तीन खेलाडीले सोही रकमबराबरको पुरस्कार पाउनेछन् । यू–१६ तर्फका शीर्ष तीन खेलाडीले १० हजार, ७ हजार तथा ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । ताप्लेजुङका शीर्ष तीन खेलाडीले १० हजार, ७ हजार र ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । याुङवारक उत्कृष्टले पनि सोही रकमबराबरको पुरस्कार पाउनेछन् ।
उत्कृष्ट थेचम्बोतर्फ शीर्ष ५ मा रहने खेलाडीले ६ हजार, ५ हजार, ४ हजार ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अनरेटेडतर्फ शीर्ष तीन स्थान पाउने खेलाडीले ९ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । १५ सयमुनि रेटिङको उत्कृष्टले ८ हजार, १७ सयमुनि रेटिङको उत्कृष्टले ८ हजार र १९ सयमुनि रेटिङको उत्कृष्टले पनि ८ हजार रुपैयाँ नै पुरस्कार पाउनेछन् । अनुशासित खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । राइजिङ खेलाडीको पुरस्कार २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ राखिएको छ । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणको हुनेछ ।
प्रतिक्रिया