नेकपा प्रवक्ताको जिम्मेवारीमा रहेका प्रकाण्डबारे अनुमानमा आधारित आशंका तथा विभिन्न चर्चा चलिरहेकै बेला विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । गोरखा जिल्ला सदस्यको ओहदामा रहेका अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनीहरुले विज्ञप्तिमा पार्टीले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
तीनै जनाले संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा पार्टी परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहेको उनीहरुको धारणा छ । बताइएअनुसार गोरखा सिरानचोक गाउँपालिका–४चोरकाटे स्थायी ठेगाना भएका तीनै जना उक्त समूहमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै आएका थिए ।
प्रतिक्रिया