नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विजय गोखलेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका छन् ।
भारतीय विदेशसचिव गोखले दुईदिने भ्रमणका क्रममा बिहीबार नेपाल आइपुगेका हुन् । भेटका अवरमा नेपाल–भारतको समसामयिक विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पनि दिएका छन् ।
उनी नेपाली समकक्षी सचिव शंकरदास बैरागीसँग भारत–नेपाल सम्बन्धबारे विचार–विमर्श गर्न काठमाडौं आएका हुन् । प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरी आपसी हितका विषयमा छलफल गरेका थिए ।
प्रतिक्रिया