सर्वोच्च अदालतले नियन्त्रणमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश वलीलाई तीन दिनभित्र अदालतमा हाजिर गराउन बिहीबार सरकारलाई आदेश दिएको छ ।
शनिबार पक्राउ परेका ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै वलीकी छोरी विपनाले बुधबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपछि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश दिएको हो ।
वलीलाई पक्राउ गर्नुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सरकारलाई सो आदेश दिएको हो ।
वलीलाई ललितपुर जिल्ला अदालतले थप अनुसन्धानको लागि ७ दिनको म्याद दिएको थियो । वली शनिबार काभ्रेबाट पक्राउ परेका हुन् । उनी विप्लव समूहका तेस्रो वरीयताका नेता हुन् ।
प्रतिक्रिया