नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गरिने बताएका छन् ।
शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै महतले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए । नेता डा. महतले यसअघि नेविसंघ केन्दरुीय समितिको कार्यकाल सकिएपछि स्वतः भंग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने उनले बताए ।
नेता डा. महतले नेविसंघको विधानअनुरूप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ, तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताउँदै सरकारका कामकारबाही चित्तबुझ्दो नरहेको आरोप लगाए ।
लगानी सम्मेलन महत्वपूर्ण भए पनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उनले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया