थामियो सेयर बजार

थामियो सेयर बजार


शेयर बजार बढ्ने क्रम आइतबार थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९१ बिन्दुले घटेर एक हजार १४३.५९ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ बिन्दुले घटेर २४३.३६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता सेयर रु. २६ करोड ६६ लाख ६ हजार ८१० मूल्यमा कारोबार भयो ।

कारोबार भएका दश उपसमूहमध्ये आइतबार तीन उपसमूहको मात्रै सेयर बढेको छ भने सात उपसमूहको सेयर मूल्य घटेको छ । बैंकिङ ०.२२, उत्पादन ३२.७ र अन्य २.८९ बिन्दुले बढेको छ ।

यस्तै, होटेल २.७१, विकास बैंक १.३२, जलविद्युत् २.५८, वित्त १.५८, निर्जीवन बिमा ४४.६५, लघुवित्त ५.२४ र जीवन बिमा ५२.९३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार बैंक अफ काठमाडौंको रु. दुई करोड १२ लाख ४३ हजार ५८० बराबरको कारोबार भयो । प्रभु बैंकको रु. एक करोड ५४ लाख ३७ हजार २६७, शिवम् सिमेन्टको रु. एक करोड ६ लाख चार हजार ५४१, नागरिक लगानी कोषको रु. ९८ लाख एक हजार २८७, एनआईसी एसियाको रु. ९७ लाख ६४ हजार ३६५ मूल्यमा सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

अरुण काबेली पावरका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाउँदा मल्टिपर्पोज फाइनान्स कम्पनी ४.३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.१३, सिनर्जी पावरका सेयरधनीले २.९७ प्रतिशतले कमाए । स्टकका अनुसार युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.४९, राधी विद्युत् कम्पनी ५.६१, मिर्मिरे लघुवित्त वित्तीय संस्था ३.६३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०३ प्रतिशतले गुमाएको राससले जनाएको छ ।