गाडीचोरीमा संलग्न गौतम पक्राउ

गाडीचोरीमा संलग्न गौतम पक्राउ


ललितपुरका विभिन्न स्थानमा पार्किङ गरी राखेका बा१५च ९८२५, बा१२च ४७०६ र बा७च ७७० नम्बरका ३ वटा पिकअप गाडी श्रृखलावद्ध रूपमा चोरी भएको घटना संलग्न एक जना पक्राउ परेका छन् ।

गाडी चोरीमा संलग्न रामेछाप दोरम्वा गाउँपालिका-५ घर भएका र हाल ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेशवहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरिएका गाडीहरु बा१५च ९८२५ नम्बर र बा१२च ४७०६ नम्बरको ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेका थिए भने बा७च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले काभ्रे प्रहरीसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका-१० दोलालघाटबाट पक्राउ गरेको ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।