डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम


राष्ट्रिय बीमा कम्पनीले डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो ।

यही जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन तालिम सञ्चालन भएको हो । कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षाथीरु लाभान्वित भएका छन् ।

नेपालको दुर्गमम्म बीमाको सचेतना फैलाउँदै सबै जनतालाई बीमाको दायरामा ल्याएर व्यवसाय प्रवर्द्धन गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुसार अगाडि बढेको कार्यक्रमका संयोजक कम्पनीका बजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए ।

कार्यक्रममा व्यवस्थापक घिमिरे, सहव्यवस्थापक अर्जुन पौडेल, नायव व्यवस्थापक दिपकराज पाण्डेय र सहायक व्यवस्थापक उत्तरा रेग्मीले प्रशिक्षण दिएका थिए ।