नयाँ वर्षलाई लक्षित गर्दै सिजीको नयाँ उपहार योजना

नयाँ वर्षलाई लक्षित गर्दै सिजीको नयाँ उपहार योजना


नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको ‘नयाँ वर्ष’लाई लक्षित गर्दै ‘नयाँ वर्ष, नयाँ प्रविधि’ नामक नयाँ उपहार योजना अघिसारेको छ । यस उपहार योजनाअन्तर्गत ग्राहकले सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न निश्चित उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरूले सिजी ब्राण्डका टेलिभिजनहरूको खरिदमा तीन वर्षसम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्ने छन् । सिजी ब्राण्डका रेफ्रिजरेटरहरूको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।

सिजी ब्राण्डका विभिन्न वाशिङ मेशिनहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्युरिफायर प्राप्त सकिने र सिजी ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टमा पनि यस्तै आकर्षक पक्का उपहारहरू रहेको बताइएको छ ।

यो योजना कम्पनीले चैत्र १८, २०७५ देखि देशभरमा सिमित अवधिका लागि लागु गरेको छ ।