इन्द्रेणी

इन्द्रेणी


indreniहिन्दूराष्ट्र बचोस्– रामेश्वर राउत मातृदास
जनमनका हृदयले गरेका छन् उद्घोष
शासनसत्ता जुनसुकै होस् हिन्दूराष्ट्र बचोस्

अविनाशी अखण्ड यो जीवनज्योति जय
वेदो साक्षात् नारायणलाई हुने छैन भय

सृष्टि शिरमा आस्था विश्वास निष्ठा कायम रहोस्
जनमनका हृदयले गरेका छन् उद्घोष
शासनसत्ता जुनसुकै….

सर्वकल्याण मङ्गलमयी नेपालआमा शिर
धर्म विनाश भए रुन्छिन् सृष्टि पिरैपिर
चराचर जगत्को हिन्दूधर्म पोष
जनमतका हृदयले गरेका छन् उद्घोष
शासनसत्ता जुनसुकै…
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती