भोटेखोला गाउँपालिकामा ग्लोबल आइएमईको नयाँ शाखा

भोटेखोला गाउँपालिकामा ग्लोबल आइएमईको नयाँ शाखा


प्रदेश नं. १ को सङ्खुवासभाको भोटखोला गाउँपालिका स्थित हटियाबजारमा ग्लोबल आइएमई बैङ्क लिमिटेडले नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको छ । शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या सय ३५ पुगेको हो ।

वाणिज्य बैंकहरुले २ सय ४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी सञ्चालनमा ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरु आफ्ना शाखा सञ्चानमा ल्याएको हो । संखुवासभा जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ सेवा प्रदान गर्नेछ ।

बैङ्कले १३४ वटा शाखा, १५ वटा राजस्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।