चेम्बरले आज बारा र पर्सामा राहत वितरण गर्ने

चेम्बरले आज बारा र पर्सामा राहत वितरण गर्ने


आज नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ ।

चेम्बरको सोमबार बसेको आकस्मिक बैंठकले प्रभावित क्षेत्रमा पुगेर राअत वितरण गर्ने निर्णय गरेको हो ।

तराईमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय गरिएको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । आवश्यक राहत सामाग्री लिएर चेम्बर टोली आज नै प्रभावित क्षेत्र बारा र पर्सा जाने भएको हो ।