हावाहुरी पीडितलाई राहत बाँड्न एफएनसीसीआईले बनायो ५० लाखको कोष

हावाहुरी पीडितलाई राहत बाँड्न एफएनसीसीआईले बनायो ५० लाखको कोष


बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैयाँको कोष बनाउने भएको छ । सोमबार बसेको महासंघको आकस्मिक बैठकले ५० लाख रुपैयाँको कोष बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

पचास लाख रुपैयाँको कोष बनाएको र अब पीडितका लागि टेन्ट र अन्य मानवीय सहायता उपलब्ध गराउने महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिईन । उनका अनुसार बारा र पर्सामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएकोले यसले निजी क्षेत्रलाई मर्माहत बनाएको छ । उनले भनिन्,‘हामीले तत्कालै राहत लागि ६० लाख रुपैयाँ छुट्याएका छौ । अब तुरुन्तै प्रभावित क्षेत्रमा राहत वितरणका लागि जानेछौं ।’