नेपाली महिला राष्ट्रिय फुटबल टोलीले चैत २० गते बुधबार घरेलु टोली म्यानमारसँग खेल्दै छ । ओलम्पिक छनोटको दोस्रो चरणको खेल खेल्ने क्रममा नेपाल बुधबार म्यानमारसँग भिड्न लागेको हो ।
नेपाल र म्यानमारविरुद्ध दोस्रो चरणको खेल म्यानमारको मन्डलार रंगशालामा आज बेलुकी खेल हुनेछ । पहिलो चरणको खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको थियो । उक्त पहिलो चरणको खेलमा नेपाल र म्यानमारले १–१ गोल गरेका थिए ।
वरीयता क्रममा नेपालभन्दा निकै माथि रहेको म्यानमारलाई नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन् ।
प्रतिक्रिया