विप्लव समूहका इलाम सचिवसहित २ जना पक्राउ

विप्लव समूहका इलाम सचिवसहित २ जना पक्राउ


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका इलाम सचिवसहित २ जना पक्राउ परेका छन् । सरकारले विप्लव समूहलाई प्रतिवन्द लगाएसँगै उनिहरुको खोजी कार्य तिब्र भइरहेका बेला पारेको नेपाल प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विप्लप समूहका इलाम सचिव दिपेन राई र होमप्रसाद खतिवडा रहेका छन् । उनिहरुलाई प्रहरीले झापाको सुव्बाचोकबाट पक्राउ गरेको झापाका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।