काठमाडौंमा दक्षिण एसियाली लेखा व्यवसायी सम्मेलनको आयोजना

काठमाडौंमा दक्षिण एसियाली लेखा व्यवसायी सम्मेलनको आयोजना


काठमाडौंमा दक्षिण एसियाली लेखा व्यवसायी महासंघको सम्मेलन हुने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दक्षिण एसियाली लेखा व्यवसायी महासंघको सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

बिहीबारबाट सुरु हुने तीनदिने सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विषयमा छलफल हुने आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिए । मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिने उद्देश्यका साथ सो सम्मेलन नेपालमा आयोजना गर्न लागिएको पनि आईक्यानले जनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको सम्मेलनको पहिलो दिन आर्थिक विकासका लागि आवश्यक वातावरणको विषयमा छलफल हुनेछ भने दोस्रो दिन महासंघका स्थायी समिति र शनिबार महासंघको बोर्ड बैठक बसी सम्मेलन समापन हुनेछ । अन्तराष्ट्रिय लेखा प्रणालीका नयाँ–नयाँ प्रविधिबारे जानकारी लिन पनि सम्मेलन तथा बैठकहरु उपयोगी हुने अध्यक्ष उपाध्यायको दावी छ ।