‘गरिमा रेमिट’ सेवा प्रवाह गर्दै नेपाल इन्भेष्टमेण्ट

‘गरिमा रेमिट’ सेवा प्रवाह गर्दै नेपाल इन्भेष्टमेण्ट


नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा गरिमा विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

गरिमाको तर्फबाट विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्टको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने गरिमा विकास बैंकले जानकारी दिएको छ ।