नेपाल भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेवको तयारी

नेपाल भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेवको तयारी


नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई) तथा एम/एस फ्रान्चाइजसँगको सहयोगमा काठमाडौंस्थित भारतीय राजदूतावासले आगामी जेष्ठ १ र २ गते होटल याक एण्ड यतीमा ‘नेपाल–भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेव’ आयोजना गर्ने भएको छ ।

ब्रान्ड उपभोगको मामिलामा कन्जुस्याइँ गर्न नहिच्किचाउने आकांक्षी नेपाली उपभोक्ताहरूका कारण नेपाली अर्थतन्त्रमा टेवा पुग्दै आएको छ । नेपालमा रहेका व्यवसायहरुले यस्ता लक्षित उपभोक्ताको आकांक्षालाई पूर्ति गर्न जरुरी छ र यस्ता किसिमका कन्क्लेवले भारतका प्रमुख ब्रान्डहरूलाई नेपालमा ल्याउन मद्दत गर्ने सम्बद्ध पक्षको तर्क छ ।

यस्ता ब्रान्डहरूको प्रवेशले नेपालमा लगानी मात्र नभर्ई प्रविधि तथा व्यवसायीक ज्ञान तथा दक्षता भित्राउनसमेत सहयोग पुग्ने बताइएको छ ।

नेपालमा व्यवसायिक साझेदारीका निमित्त भारतका करिब ७०–८० प्रमुख तथा प्रख्यात ब्रान्डहरू यस कन्क्लेवमा सहभागी हुने अपेक्षा गरिएको छ । रिटेल, फेशन, शिक्षा, आतिथ्य एवम् खाद्य तथा पेय पदार्थ जस्ता क्षेत्रमा सक्रिय केही मुख्य ब्रान्डहरूले उक्त सम्मेलनमा सहभागिता जनाउने निश्चित भएको छ ।