सरकारको बद्नियत -श्रीविक्रम भण्डारी

सरकारको बद्नियत -श्रीविक्रम भण्डारी


छैटौँ राष्ढ्रिय खेलकुद फेरि अन्योलमा
‘खेलाडीहरूको लहर मेची र महाकाली
छैटौँ बृहत् राष्ट्रिय खेलकुद सुन्दर सहर पश्चिममा यसपालि’
म्ााथि उल्लिखित नारा राख्दै सुदूरपश्चिमाञ्चल खेलकुद विकास मञ्च तथा दबाब समूहले हालै एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिमका विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, उद्योगपति, सञ्चारकर्मी, खेलकुद पदाधिकारी, खेलाडी र स्थानीय जनताको व्यापक रूपमा उपस्थिति रहेको थियो । सुदूरपश्चिममा छैटौँ राष्ढ्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सरकारसँग ४० करोडको बजेटको माग गरिए पनि सरकारले प्रतियोगिताको आयोजनाका लागि १३ करोड मात्र विनियोजन गरेपछि मञ्चले सरकारलाई दबाब दिन उक्त कार्यक्रमको आयोजना गरेको थियो । सरकारसँग भएको वार्ता र छलफलपछि २६ करोड दिने सहमति भएको थियो । तर, अन्तिममा सरकारले १३ करोड मात्र बजेट विनियोजन गरेर राष्ढ्रिय प्रतियोगिताको आयोजनामा नै प्रश्नचिह्न लगाइदिएको छ । स्मरण छ, सरकारले भौतिक पूर्वाधारको निर्माणका लागि तीन करोड र खेल आयोजनाका लागि १० करोड विनियोजन गरेको छ ।
सरकारले पूर्वाग्रही बनेर बजेट विनियोजन गरेको आरोप लगाउँदै जसले गर्दा सुदूरपश्चिमेली जनताको भावना र प्रतिष्ठामा आँच पुगेको ठहर गर्दै मञ्चले खेलकुद मन्त्रालयका तर्फबाट तत्काल पहल हुनुपर्ने मागसमेत गरेकोे छ । मञ्चले बृहत् राष्ढ्रिय खेलकुदको मिति तय हुनुपर्ने, यस आर्थिक वर्षको बजेट भाषणमा छैटौँ बृहत् राष्ढ्रिय खेलकुदका लागि विनियोजित रकम १३ करोड अपुग भएकोले आवश्यक पूर्वाधार निर्माण र खेल सञ्चालनका लागि आवश्यक पर्ने रकमको यकिन हुनुपर्ने, राष्ढ्रिय खेलकुदको तयारीका लागि विशेष अधिकारसम्पन्न निर्माण, रेखदेख तथा अनुगमन टोलीको गठन हुनुपर्ने, राष्ढ्रिय खेलकुद तयारी र सम्पन्नका लागि धनगढीमा सचिवालय र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरिनुपर्ने माग पनि गरेको छ । मञ्चले दुईपटक राष्ढ्रिय प्रतियोगिता सुदूरपश्चिमबाट सरिसकेको जानकारी गराउँदै राष्ढ्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारको लागत र इस्टिमेट सम्बन्धित मन्त्री, राखेप र योजना आयोगमा समयमै बुझाउँदा पनि यस्तो किसिमको बजेट दिएकोमा आपत्ति प्रकट गरेको थियो ।
सरकारको बद्नियतले पुन: छैटौँ राष्ढ्रिय खेलकुद प्रतियोगिता अन्योलमा परेपछि मञ्चले सुदूरपश्चिमको मान, सम्मान र प्रतिष्ठा जोगाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा राखेपका पूर्वसदस्यसचिव किशोरबहादुर सिंहले भौतिक पूर्वाधार र बजेटको अभावमा प्रतियोगिता हुन नसक्ने जानकारी गराएका थिए । भौतिक पूर्वाधारको निर्माणबिना राष्ढ्रिय प्रतियोगिताले आफ्नो औचित्य पूरा गर्न नसक्ने भएकोले टेन्टमा प्रतियोगिता आयोजना गर्नुको कुनै औचित्य नहुने बताए । सिंहले बजेटले प्रतियोगितालाई बहिष्कार गरेको खुलासा गर्दै सरकारले नितान्त आवश्यक र प्रमुख प्राथमिकता राख्नुपर्नेमा दिनुपर्छ भनेर दिएकोजस्तो मात्र देखिएको छ भनेका थिए । त्यस्तै, सुदूरपश्चिमका बुद्धिजीवीकोतर्फबाट बोल्दै झपड बोहराले खेलकुदलाई राणाकालदेखि गणतन्त्रकालसम्म उपेक्षा गरिएको बताउँदै राज्यले खेलकुदलाई गहनाको रूपमा लिनुपर्ने बताएका थिए । बोहराले राष्ढ्रिय प्रतियोगिताका लागि विशेष बजेट छुट्याउनुपर्नेमा सौतेलो व्यवहार गरेको आरोप लगाएका थिए । उनले हरेक जिल्लामा एउटा राष्ढ्रियस्तरको भौतिक संरचना बन्नुपर्ने कुरामा जोड दिँदै यतिबेला सहमति र सहकार्य गरेर अगाडि बढनुपर्ने चर्चा गरेेका थिए ।
त्यस्तै, पूर्वमन्त्री गोविन्दबहादुर शाहले अहिले सुदूरपश्चिमले राष्ढ्रिय प्रतियोगिताको नामबाट ठूलो अवसर पाएको बताउँदै त्यो गुमाउनु नहुने बताएका थिए । बजेट, बजेट भनेर कराउनुभन्दा पाएकोलाई सदुपयोग गरेर अगाडि बढ्न सुझाव दिएका थिए । शाहले अहिले सुदूरपश्चिमको प्रतिष्ठा दाउमा लागेको स्मरण गराउँदै यो बजेटलाई सकारात्मक दृष्टिले हेर्नसमेत अनुरोध गरेका थिए । उनले दुईपटक हारियो, यसपटक नहारौँ भन्दै नमुनाको रूपमा प्रस्तुत हुन सबैलाई आग्रह गरेका थिए । राष्ढ्रिय प्रतियोगिताको बारेमा बोल्दै पूर्वमन्त्री रमेश लेखकले अहिले पर्याप्त बजेटको व्यवस्था र कार्यान्वयन दुई कुरा महत्त्वपूर्ण भएको खुलासा गरेका थिए । अहिले बजेट पास नभएको र पास गर्ने बेलामा थप बजेटको व्यवस्था गर्न सकिने बताउँदै कार्यान्वयन पक्षलाई विशेष रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । लेखकले त्यसपछि मात्र खेलकुद हुने सम्भावना रहने स्पस्ट पार्दै अन्त र्सनसक्ने खतराबाट र्टार्नका लागि यो बजेटबाटै कार्यान्वयनतर्फ लाग्नुपर्ने बताए । यो बजेट खेल आयोजना र पूर्वाधार निर्माणका लागि छुट्याएको भए पनि अहिले कार्यान्वयन पक्ष महत्त्वपूर्ण भएकोले त्यसैतर्फ लाग्न सुझाव दिएका थिए । राष्ढ्रिय प्रतियोगिताको सफलताका लागि आफ्नो पार्टीले सहयोग मात्रै नभई संसद्मा आवाजसमेत उठाउने उक्त अवसरमा बताएका थिए ।
म्ााओवादी नेता लेखराज भट्टले पहिले पूर्वाधार थिएन, राज्य तयार थिएन, अहिले पनि त्यही समस्या ज्यँुकात्युँ कायमै रहेको खुलासा गर्दै यो बजेट प्रतियोगिता आयोजनाका लागि अपुग भएको प्रस्ट पारेका थिए । भट्टले काठमाडौंमा भएको पाँचौँ राष्ढ्रिय प्रतियोगिताका लागि आफ्नो सरकारले २५ करोड दिएको खुलासा गर्दै पहिले काम गर्दै जानुहोस् राज्यले त्यसलाई हेर्ेर्नेछ भनेका थिए । अहिले पनि राज्यले सुदूरपश्चिमलाई आन्तरिक उपनिवेशको रूपमा हेरेकोे बताउँदै सुदूरपश्चिमको परिवर्तनका लागि पनि यो प्रतियोगिता हुन आवश्यक रहेको बताएका थिए । आफू सुदूरपश्चिमको समर्ग विकासको साझा सवालमा सधैं लड्न तयार रहेको प्रस्ट पारेका थिए । त्यस्तै राष्ढ्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले सरकारले कानमा तेल हालेर बस्दा यस्तो स्थितिको सिर्जना भएको आरोप लगाएका थिए । लामाले राष्ढ्रिय प्रतियोगिताका लागि योजना आयोगमा व्यापक रूपमा छलफल भएर कति बजेट दिने भन्नेबारे टुङ्गो लागे पनि सरकारले भौतिक पूर्वाधारका लागि तीन करोड रुपैयाँ विनियोजन गर्नु ‘प्रतियोगिता नगर’ भनेको हो भनेका थिए । लामाले अहिले जस्तोसुकै अप्ठ्यारो र चुनौतीमा पनि छैटौँ राष्ढ्रिय प्रतियोगिताको आयोजना गर्नुपर्ने बाध्यता भएको प्रस्ट पार्दै यो प्रतियोगिता आयोजना भएन भने बाह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न नसकिने बताए । लामाले प्रतियोगिता अन्य स्थानमा र्सर्नु नहुने धारणा राख्दै समयको ख्याल गरी राष्ढ्रिय प्रतियोगिताको समय तोकिने बताए । उनले यो निर्णय राखेपले नभई सरकारले गर्ने हो भन्दै यो महिनाभित्रमा व्यापक छलफल गरेर समय तोकिने बताएका थिए ।
एमाले नेता तथा वन तथा भू-संरक्षणमन्त्री भानुभक्त जोशीले राष्ढ्रिय प्रतियोगितालाई अवसरको रूपमा प्रयोग गर्न आग्रह गरेका थिए । भौतिक पूर्वाधारको निर्माणदेखि खेल आयोजनासम्मको जिम्मेवारी राखेपको भएकोले राखेपले विशेष योजना बनाएर आयोजनास्थलमा डेरा गरेर बस्नुपर्ने धारणा राखेका थिए । मन्त्री जोशीले बजेटको चिन्ता नगर्न आग्रह गर्दै बजेटकै कारणले कुनै काम नरोकिने प्रस्ट पारेका थिए । सफल आयोजनाका लागि सबै राजनीतिक दल तयार भएको अवस्थामा राखेपले कम्मर कस्नुपर्‍यो भन्दै पाहुना र खेलाडीका लागि उचित व्यवस्था गर्न आग्रह गरेका थिए । कुराले मात्रै सुन्दर सुदूरपश्चिम बन्न नसक्ने धारणा राख्दै त्यसका लागि कार्यान्वयन पक्षलाई विशेष प्राथमिकतासाथ अगाडि बढाउनुपर्ने कुरामा जोड दिएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्ष तथा सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक साउदले राष्ढ्रिय प्रतियोगिताका लागि सरकारले १३ करोड बजेट मात्र छुट्याएकोमा आलोचना गरेका थिए । हरेक कुराबाट सुदूरपश्चिमलाई तडपाइराखेको राज्यले यसपटक पनि धोका दिएको आरोप लगाएका थिए । साउदले छैटौँ राष्ढ्रिय प्रतियोगिता सुदूरपश्चिमको प्रतिष्ठासँग गाँसिएको मुद्दा भएकोले यसको सफल आयोजनाका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए । उनले अहिले पनि षड्यन्त्रको राग आएको बताउँदै यदि राज्यले कुनै षड्यन्त्र गरे त्यसको डटेर प्रतिवाद गर्ने बताए । उनले सुदूरपश्चिममा जसरी भए पनि प्रतियोगिता गराएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

राष्ढ्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपाल तेक्वान्दो सङ्घ र कोरियाली राजदूतद्वारा संयुक्त रूपमा आयोजित पाँचौँ कोरियन एम्बेस्डर राष्ढ्रिय तेक्वान्दो प्रतियोगिता हालै सफलताका साथ सम्पन्न भएको छ । राष्ढ्रिय खेलकुद परिषद्को कभर्डहलमा तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न ४१ जिल्ला र तीन विभागीय टोलीका गरी तीन सय ३१ खेलाडीलेे सहभागिता जनाएका थिए । १८ स्वर्ण पदकका लागि भएको उक्त प्रतिस्पर्धामा ग्यारोगी र पुम्सेमा खेलिने प्रतियोगिताको सिनियरतर्फ महिला र पुरुषले समान तीन समूह तथा जुनियर महिला र पुरुषले चार-चार समूहमा प्रतिस्पर्धा गरेका थिए । पुम्सेतर्फ तीन व्यक्तिगत र एक समूहगत प्रतियोगिता भएका थिए । पुम्से प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना गरिएको हो ।
प्रतियोगिताको जुनियर पुरुषतर्फको पहिलो स्वर्ण पदक चितवनका शेखर उप्रेतीले जितेका थिए भने महिलातर्फको स्वर्ण पदक रेजिना कार्कीले जितेकी थिइन् । उक्त प्रतियोगितामा नेपाल प्रहरीका यामबहादुर पुन, सिन्धुपाल्चोकका ताराकुमार रायमाझी, नेपाल आर्मीर्का अरुण अधिकारी, नेपाल प्रहरीका अनुज पुजारी, चितवनका हरि थापा, काभ्रेका प्रवेश अधिकारी, रूपन्देहीकी लक्ष्मी राना, काठमाडौंका सुरेश मानन्धर, चितवनकी सुस्मिता थापा, सशस्त्र प्रहरी बलकी संगिना बस्याल, सशस्त्र प्रहरी बलकी अप्सरा कार्की, कास्कीकी राखी शर्मा, चितवनकी पार्वती गुरुङ, भक्तपुरका रोहित तामाङ र समूहगत पुम्सेतर्फ नेपाल प्रहरीले स्वर्ण पदक जितेका थिए ।
विजेतालाई युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङ, राखेप सदस्यसचिव युवराज लामा, कोरियाली राजदूत होङ सुङ मोगलगायतले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा घटना र विचार साप्ताहिकका वरिष्ठ खेलकुद पत्रकार श्रीविक्रम भण्डारीलाई कोरियन राजदूत होङ सुङले तेक्वान्दो खेलको विकास र विस्तारमा अहम् भूमिका निभाएबापत सम्मान गरेका थिए । भण्डारीलाई विश्व तेक्वान्दो केन्द्रीय कार्यालय -कुकिवन) कोरियाबाट पठाइएको प्रमाणपत्र प्रदान गरिएको थियो । स्मरणीय छ, यसभन्दा अघि यो सम्मान राष्ढ्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई प्रदान गरिसकिएको छ । त्यस्तै, मन्त्री तामाङलाई सातौँ, सदस्यसचिव लामा र नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणालाई छैटौँ, सङ्घका उपाध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिना तथा अर्का उपाध्यक्ष सञ्जीवकुमार रेग्मीलाई पाँचौँ मानार्थ डानबाट सम्मान गरिएको थियो । विजेश्वरी ज्ञान मन्दिरकी प्रधानाध्यापिका कमला घले, आर्मीका कर्नेल मीनध्वज खड्का, खेलकुद विकास विभाग प्रमुख कमल खनाल, समाजसेवी मनीष जोशी, प्रचार-प्रसारका दर्ुगाप्रसाद दुलाल पनि सम्मानित भए । त्यस्तै प्रशिक्षकहरू कोरियाली क्वान यङ दल, संगिना वैद्यलगायत १४ जनालाई पनि सम्मान गरिएको थियो ।-सुशीला पौडेल

कबड्डीको अध्यक्षमा लालकुमार
राष्ढ्रिय खेलकुद परिषद्ले आफूअन्तर्गत रहेका राष्ढ्रिय सङ्घहरूलाई दुई महिनाभित्र कानुनी प्रक्रिया मिलाएर आउन निर्देशन दिएपछि साधारणसभा गर्ने कबड्डी सङ्घ पहिलो भएको छ । ३४ वर्षसम्म तदर्थवादमा चल्दै आएको कबड्डी सङ्घले लालकुमार लामालाई अध्यक्षमा चुन्दै निर्वाचित कार्यसमितिमा परिणत गरेको छ । यो निर्वाचनसँगै लामो समयदेखि चल्दै आएको कबड्डीको विवाद पनि समाप्त भएको छ । यो साधारणसभाको राष्ढ्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए । उक्त अवसरमा लामाले यो साधारणसभाले अन्य सङ्घहरूलाई पनि सकारात्मक सन्देश दिने बताउँदै कुकुरले भुके पनि हात्ती लम्किने कुरामा विश्वास राख्न आग्रह गरेका थिए । लामाले जे भयो राम्रै भयो, जे हुन्छ राम्रैका लागि हुन्छ, अगाडि बढ्नका लागि पछाडि फर्किने नभई अगाडि हर्ेर्नुपर्छ भनेका थिए । त्यसैलेे हिजोको कुरा बिर्सिनुहोस्, आफ्नो उद्देश्य के हो – त्यसतर्फ लाग्नुहोस् । उनले खेलकुदमा राखेपभन्दा अरू कुनै ठूलो संस्था नभएको प्रस्ट पार्दै नियम-कानुन नमान्नेहरूलाई परिषद्बाहिरै बस्न अनुरोध पनि गरेका थिए ।
लालकुमार लामा अध्यक्ष रहेको नवनिर्वाचित १९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा राज मोहम्मद अन्सारी, विष्णुप्रसाद लोहनी, शरद पोखरेल रहेका छन् । त्यस्तै, महासचिव रामचन्द्र भट्ट, सचिवमा विमल पोखरेल र कोषाध्यक्षमा चेतनारायण शर्मा रहेका छन् । सदस्यहरूमा रामदेव यादव, तारासिंह भाट, सञ्जयकुमार सिंह, शिवभक्त सैंजु, लोकबहादुर शाह, पदम कार्की, जीवन श्रेष्ठ, नीता थापा, राजेन्द्र भण्डारी, राजीव लामिछाने, उपेन्द्र यादव र नवीन भट्टराई चुनिएका छन् । उक्त साधारणसभामा २२ जिल्लाका ४४ प्रतिनिधिको सहभागिता रहेको थियो ।

फुटबलमा शर्मनाक पराजय
विश्वकप छनोट चरणअन्तर्गत भएको दोस्रो चरणको खेलमा नेपालको राष्ढ्रिय फुटबल टिमले शर्मनाक पराजय भोग्नुपरेको छ । होम एन्ड अवेको आधारमा जोर्डनमा खेलिएको पहिलो खेलमा जोर्डनले नेपाललाई ९-० ले पराजित गर्दै लज्जाजनक हार बेहोर्न बाध्य पारेको थियो । सातौँ मिनेटदेखि गोल गर्न थालेको जोर्डनले अतिरिक्त समयसम्म गोल गरेर नेपाली खेलाडीलाई बिरालोले मुसा खेलाएझैं खेलाएको थियो । नेपाललाई नौ गोल गर्ने क्रममा जोर्डनका मोहम्मद हसन नायक सावित भएका थिए । उनी एक्लैले नेपालको पोस्टमा चार गोल छिराएका थिए । त्यस्तै खालिद अमेर र अहमद हायलले दुई, दुई गोल गरेर नेपालको आलो घाउमा नुन-खर्ुसानी दल्ने काम गरेका थिए । जोर्डनसामु निकै निरीह देखिएका नेपालका खेलाडी खेल अवधिभर भिजेको मुसो सावित भएका थिए । फुटबलमा भोगेको यो शर्मनाक पराजयले नेपाली खेलाडीको अन्तर्राष्ढ्रिय छवि छताछुल्ल भएको छ । नेपालले शर्मनाक पराजय भोगेपछि मुसो मार्दा हात्तीको जत्रो स्वागत र सम्मान पाउने प्रशिक्षक र्गाहम रोबर्टस्को छाती पनि ढुकुरको जत्रो भएको छ । जोर्डन उड्नुअघि ठूलो धाक लगाउने र नेपालले ऐतिहासिक पर््रदर्शन गर्ने फूर्ति लगाउने रोबर्टस्ले अब नेपाली फुटबलप्रेमीलाई के जवाफ दिने हुन् त्यो प्रतीक्षाको विषय बनेको छ ।
विश्वकप छनोेट चरणमा पहिलोपटक दोस्रो चरणमा पुगेको नेपालले पहिलो लेगमा इस्टटिमोरलाई घरेलु मैदानमा पाखा लगाएको थियो । कमजोर टिमलाई पराजित गरेर सगरमाथा चढेको जत्रो फूर्ति गरेको नेपाललाई अहिले जोर्डनले औकात देखाइदिएको छ । अझ नेपालमा हुने अर्को लेगमा नेपालले कति गोल खाने हो त्यो अहिले चिन्ताको विषय बनेको छ । नेपाल यसभन्दा अघि सन् १९९० मा दक्षिणकोरियासँग विश्वकप छनोट चरणमा ९-० र इराकसँग ९-१ को अन्तरले पराजित भएको थियो । त्यस्तै सबैभन्दा ठूलो अन्तरको पराजय पनि नेपालले दक्षिणकोरियाकै हातबाट भोगेको छ । स्मरणीय छ, तेह्रौँ एसिया कप छनोटमा नेपाल दक्षिणकोरियासँग १६-० ले पराजित भएको थियोे । नेपालको यस्तो लज्जाजनक पराजयलाई आत्मसात् गर्दै केही वर्ष नेपालले अन्तर्राष्ढ्रिय प्रतियोगितामा सहभागिता जनाएको थिएन ।