डा. शशांक कोइराला भन्छन्– म पार्टी एक ढिक्का बनाउन लागिपरेको छु

डा. शशांक कोइराला भन्छन्– म पार्टी एक ढिक्का बनाउन लागिपरेको छु


नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

नेपाल महिला संघ जिल्ला कार्यसमिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आइतबार भक्तपुरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए ।
म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ ।

महामन्त्री डा. कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताए । उनले भने, ‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ ।’

कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, प्रदेश ३ का प्रदेश सभा सदस्य रजनी जोन्छे, कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, भक्तपुर कांग्रेसका पूर्वसभापति गणेशमान चक्रधर, कांग्रेस नेता अष्टकुमार कबे, क्षेत्र १ का सभापति जीवन खत्री, नेता मदनकृष्ण श्रेष्ठ, संघका जिल्ला सभापति सरु बानियाँलगायतले कांग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री डा. कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाए ।

रासस