१७ अंकले बढ्यो नेप्से

१७ अंकले बढ्यो नेप्से


धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १६ बिन्दुले बढेर एक हजार १ सय ८२ दशमलव ३६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ बिन्दुले बढेर २५२ दशमलव ९८ बिन्दुमा पुगेको छ ।

कुल १६८ कम्पनीको १८ लाख ८७ हजार ३७३ कित्ता शेयर रु. ५४ करोड ३९ लाख ५५ हजार ६४२ मूल्यमा खरिद भएका छन् । कारोबार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । यस्तै उत्पादन उपसमूहको शेयर भने कुनै कारोबार भएन ।

जलविद्युत् २ दशमलव ७५, निर्जीवन बिमा १९ दशमलव २१, उत्पादन ५ दशमलव ८२ र लघुवित्त शून्य दशमलव ९५ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २८ दशमलव १९, होटेल १३, विकास बैंक १४ दशमलव ९९, वित्त एक दशमलव ७८ र जीवन बिमा शून्य दशमलव १२ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. ६ करोड ७१ लाख ८४ हजार २५८, एनएमबी बैंकको रु. तीन करोड ३१ लाख ७४ हजार ९३०, सानिमा माई हाइड्रोपावरको रु. दुई करोड ५५ लाख ८९३, प्रभु बैंकको रु. दुई करोड २२ लाख सात हजार ९७३, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु दुई करोड २० लाख ६४ हजार ५७५, प्राइम बैंकको रु दुई करोड तीन लाख १० हजार ८१०, नेपाल बैंकको रु. एक करोड ८७ लाख ३५ हजार ६२७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआईसी एसिया बैंकका शेयरधनीले ६ दशमलव ३६, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ६, कुमारी बंैंक ४ दशमलव ९८, कन्काई विकास बैंक ४ दशमलव ९२ र भागर्व विकास बैंक ४ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

यस्तै, युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलव २५, सिन्धु विकास बैंक सात दशमलव शून्य चार, सामुदायिक लघुवित्त वित्तीय संस्था पाँच दशमलव शून्य सात, चौतारी लघुवित्त वित्तीय संस्था चार दशमलव ९५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था तीन दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।