व्यावसायिक स्याउ खेतीका लागि परीक्षण

व्यावसायिक स्याउ खेतीका लागि परीक्षण


उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण शुरु भएको छ । गाउँपालिकाले पालिकाभित्रका सातवटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४०० उन्नत जातका स्याउको बेर्ना वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको सहयोगमा गाउँपालिकाभित्रका भूकम्पपीडितको जीविकोपाजर्नमा टेवा पु¥याउने उद्देश्यले स्याउ खेतीको विकासलाई अघि बढाउन लागिएको उनले बताए । ‘अहिले सबै वडामा दुई–दुई सय दरले स्याउको बेर्ना वितरण गरेका छाँै’, अध्यक्ष गुरुङले भने, ‘वितरण गरिएका बेर्ना रोप्ने काम शुरु भएको छ ।’

गाउँपालिकाले सवै वडामा सामूहिकरूपमा खेती गर्ने गरी स्याउको बेर्ना वितरण गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । ‘दर्ता भएका सबै समूहलाई गाउँपालिकाले सूचीकृत गर्नेछ’, उनले भने, ‘पाएसम्म सार्वजनिक जग्गामा सामूहिक खेती शुरु गर्नेे र सार्वजनिक जग्गा नभएमा भाडामा समूहले जग्गा लिएर भए पनि सामूहिकरुपमै खेती गर्नुपर्ने गरी गाउँपालिकाले कार्य्विधि बनाएको छ ।’

प्रत्येक घरमा एउटा–एउटा स्याउका बेर्ना लगाउँदा त्यसको व्यावसायिक प्रवद्र्धन गर्न समस्या हुने भएकाले गाउँपालिकाले सामूहिक खेतीमा जोड दिएको उनको भनाइ छ ।‘वितरण गरिएको स्याउको एउटा बेर्नाको नर्सरीमै रु एक हजार ५०० परेको छ, उहाँले भन्नुभयो, यहाँ गाउँसम्म ल्याइपु¥याउँदा रु दुई हजार ५०० सम्म पुग्नसक्छ ।’ वितरण गरिएको स्याउ रोप्नका लागि एक महीनादेखि नै खाल्डो खन्ने, मल राख्ने काम भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

एग्रो मनाङ नर्सरीमार्फत गाला, फुजी र गोल्डन जातका इटालीबाट झिकाएर वितरण गरिएको उक्त उन्नतजातको स्याउ एक वर्षभित्रमा फल दिनसक्ने खालको रहेको उनले बताए । करीब दुई हजार मिटर उचाइको भूभागमा राम्रो हुनसक्ने भएकाले वितरण उन्नतजातको स्याउ धार्चेका सबै वडामा राम्रो उत्पादनको सम्भावना रहेको जानकारी दिए ।

वितरण गरिएको स्याउको बेर्नाले उत्पादन दिने भएकाले भूकम्पपीडितले छिटो आम्दानी गर्नसक्ने उनको भनाइ छ । एक वर्ष्भित्रमा हुने उत्पादनलाई आधार मानेर धार्चे गाउँपालिकालाई स्याउको पकेट क्षेत्रको रूपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले जानकारी दिए ।