राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष कमल थापासहित तीनजना नेता पक्राउ परेका छन् ।
हिन्दूराष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै अध्यक्ष थापासहित दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रदर्शनको क्रममा पद्मोदय मोडबाट पक्राउ गरिएको हो ।
हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राप्रपाले हिन्दूराष्ट्रको माग राख्दै केही दिनयता दबाबमूलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया