सोमबार नेप्सेमा नौ अंकको सुधार

सोमबार नेप्सेमा नौ अंकको सुधार


लगातार उकालो लाग्दै आएको शेयर बजारमा सोमबार पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३२ बिन्दुले बढेर एक हजार १९१.९७ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सोमबार उच्च अंकले वृद्धि भएको छ । कुल १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता शेयर रु. ९० करोड ६९ लाख ३६ हजार ७६३ मूल्यबराबरका शेयर खरिद–बिक्री भएका छन् ।

कारोबार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर भने ओरालो लागेको छ । होटेल ५.५ र अन्य उपसमूह २.५६ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ ४.९८, विकास बैंक १.८३, जलविद्युत ०.६९, वित्त १.२७, निर्जीवन बिमा १५३.७, उत्पादन ०.३१, लघुवित्त ३६.५१ र जीवन बिमा १६७.५ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा पनि एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु. सात करोड ६३ लाख ८९ हजार ४९३, एनएमबी बैंक रु. पाँच करोड ४२ लाख एक हजार ६५५, नेपाल इन्भेस्टमेन्ट बैंकको रु. चार करोड ३२ लाख ६४ हजार ६७४, नेको इन्स्योरेन्स रु. चार करोड २१ लाख ८८ हजनार २८१, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक रु. तीन करोड ९८ लाख ६७ हजार ७२३, नेपाल बैंक लिमिटेड रु. तीन करोड ७५ लाख ३२ हजार २३५ मूल्यको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आईएमई समुन्नति स्किम एक ९.८०, स्वरोजगार लघुवित्त विकास बैंक ८.४२, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.१२, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५३ बिन्दुले कमाएका छन् । यस्तै राधी विद्युत कम्पनीका शेयरधनीले ४.५७ प्रतिशतले गुमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनी ४.०८, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ३.०६, सिन्धु विकास बैंक ३.०३, अरूण काबेली पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाएका छन् ।