नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपाका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएपछि दाङ जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीमा रहेर गतिविधि गर्दै आएका उनीहरुले दाङको जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।
आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कागज गराएर छाडिए पनि उनीहरुको गतिविधिमाथि निगरानी गरिने जिल्ला प्रशासनले जनाएको छ ।
प्रतिक्रिया