नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले दिएको जानकारीअनुसार यही चैत २८ र २९ गते पोखरामा हुने सम्मेलनको तयारी पूरा भएको हो ।
जिल्ला–जिल्लामा पार्टीको स्रोतलाई सुदृढ, पारदर्शी र जवाफदेही बनाउन सबै कोषाध्यक्षलाई प्रशिक्षण दिनु नै मुख्य उद्देश्य रहेको बताइएको सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
दुईदिने राष्ट्रिय सम्मेलनमा पार्टीको गुटउपगुटको अन्त्यका साथै पार्टीलाई एक ढिक्का गरी अघि बढ्नका लागि दबाबमूलक सुझाव दिने र पार्टीको सङ्गठनलाई बलियो बनाउन प्रत्येक जिल्लामा क्रियाशील सदस्यलाई प्रशिक्षण दिनका लागि अनुरोध गर्ने जानकारी दिइएको छ ।
साथै भातृ संस्थालगायत शुभेच्छुक संस्थाको समयमै महाधिवेशनमार्फत परिचालित गर्न र क्रियाशील सदस्यता वितरण कार्य विधान सम्मत हुनुपर्ने लगायतका विषयमा दबाब दिइने पनि बताइएको छ ।
प्रतिक्रिया