विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले नेता ओलीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।
जिल्ला अदालतमा मुद्दा चलाउनका लागि रीतपूर्वक म्याद थप भई अनुसन्धान भइरहेको हुँदा धरौटी वा सामान्य तारेखमा रिहा गर्न अस्वीकार गरेको आदेशमा उल्लेख छ ।
एनसेलको टावर विस्फोटनमा संलग्न भएको उल्लेख गर्दै प्रहरीले ओलीलाई काभ्रेबाट पक्राउ गरेको थियो । नेता ओलीका तर्फबाट विपना ओलीद्वारा यही चैत २३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरिएको थियो ।
अदालतले धरौटीमा छोड्न नमिल्ने फैसलापछि सो निवेदन खारेज भएको जनाइएको छ ।
प्रतिक्रिया