- अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७५ चैत्र ३० गते शनिबार तद्अनुसार सन् २०१९ अप्रिल १३ तारिख चैत्र शुक्लपक्ष अष्टमी तिथि ८ः४६ पर नवमी तिथि पुनर्वशु नक्षत्र ६ः२७ पर तिष्य नक्षत्र सुकर्म योग ८ः३९ पर धृति योग बालब करण आनन्दादिमा छत्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ । शन्यष्टमी व्रतम्, गोरखकाली पूजा, चैत्राष्टमी, चैते दशैँ, भवान्यूत्पति, अशोककलिकाष्ठप्राशनम्, श्वेत श्री मत्स्येन्द्रनाथ रथयात्रा, रामनवमीव्रतम्, श्रीरामजयन्ती, भक्तपुरे विश्वध्वजोस्थानम् । शुभ समय अभिजित ११ः३९ देखि १२ः३०, अशुभ योग राहुकाल ८ः५३ देखि १०ः२९, दिशा शूल– पूर्व ।
आजको राशिफल :
मेष राशि – भागदौड व्यस्तता रहला । खर्च भ्रमण बढ्ला । ठग विश्वासघाती आदिदेखि सचेत रहनुपर्नेछ । विवादमा नपर्नु उचित हुनेछ । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्दा विशेष सचेत रहनुपर्नेछ । विवाद आदिमा नपरी संयम र विवेकले काम गर्नु बेस हुनेछ । तथापि देखापरेको समस्याको समाधान खोज्नुहुनेछ ।
बृष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । यात्रामा सफलता मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्ला । मान महत्व ऐश्वर्य बढ्नेछ ।
मिथुन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । मान पुरस्कार भेटला । सुख शान्ति बढ्नेछ । पारिवारिक सुख बढ्ला । वार्तामा सफलता मिल्नेछ । भोज भतेरमा भाग लिनु हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।
कर्कट राशि – सुख समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । अन्नधन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।
सिंह राशि – खर्च बढ्ला । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । हांसविलासमा पनि आकर्षण बढ्ला । सामान हराउने र भुलचूक हुनसक्ने कुरामा सचेत रहनुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ ।
कन्या राशि – अन्नधन बढ्ला । सुख शान्ति बढ्नेछ । आय वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवन र कार्यव्यपारको क्षेत्रमा अनुकूलता बढ्ला ।
तुला राशि – दिन शुभ र सफलतादायक रहला । यश वर्चश्व बढ्नेछ । धन पद प्रतिष्ठा बढ्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । हाकिमको सहयोग मिल्नेछ ।
वृश्चिक राशि – यात्रा हुनेछ । भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । सुख आनन्द बढ्ला । ख्याति फैलिनेछ ।
धनु राशि – सारीरिक र आर्थिक जोखिमको काममा सचेत रहनुपर्नेछ । कानूनलाई उपेक्षा नगर्दा उचित रहला । स्वास्थ्य र चोटपटक लाग्नसक्ने कुराप्रति सचेत रहनुपर्नेछ । अरुको भरमा नबसी आफ्नै बल विवेकवे काम गर्नु उचित हुनेछ ।
मकर राशि – सुख आनन्द बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । जीवनसाथीको साथ पाइनेछ । आर्थिक प्रगति होला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।
कुम्भ राशि – आरोग्यता बढ्ला । आर्थिक सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्ला । विजयश्री मिल्नेछ ।
मीन राशि – प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । गीत–संगीतमा आकर्षण बढ्ला । आमोदप्रमोदमा रमीरहनुहुनेछ । सुखशान्ति र आनन्द बढ्ला ।
प्रतिक्रिया