बजेटको विरोधदेखि तथ्याङ्क तोडमोडसम्मका घटनाको वर्ष २०७५

बजेटको विरोधदेखि तथ्याङ्क तोडमोडसम्मका घटनाको वर्ष २०७५


  • छविलाल बगाले

वर्षको शुरुमा सरकारका आक्रामक कार्य भएपनि मध्य समयमा भने निराशजनक रह्यो । जसका कारण अर्थतन्त्रका सूचकहरु ओरालो दिशातर्फ केन्द्रीत हुन थाले । यसबिचमा निजी क्षेत्रसँगको आत्मविश्वास गुमाउनेदेखि शोधान्नतर घाटा, सेयर बजारको गिरावट, व्यापार घाटाको बढोत्तरी, विदेशी विनिमय सञ्चितिजस्ता सूचकहरु ओरालो दिशामा केन्द्रीत भयो । अर्थतन्त्रका लागि २०७५ साल केही सकारात्मक केही नकारात्मक अवस्था रह्यो । बजेट भाषणबाटै आलोचना खेपेको सरकारले अर्थतन्त्रका तथ्यांक तोडमोड गरेको आरोपसम्म खेप्यो । यसैवर्ष सरकारले अबको ५ बर्षमा दोहोरो अंकको आर्थिक बृद्धि गर्ने योजना अघि सारेको छ ।

वर्षभरिको अर्थतन्त्रको अवस्था

– घोषणापत्र अनुरुपको बजेट ल्याउन नसक्दा बजेटकै आलोचना
– बजेटका कारण सरकार पक्षधर नै अर्थमन्त्रीको राजीनामा माग्न अवस्था
– प्रतिपक्षलाई कमजोर पार्ने गरी श्वेतपत्र सार्वजनिक
– नाराअनुरुपको बजेट कार्यान्वयनमा पुरानैशैली
– समाजवाद उन्मुख अर्थतन्त्रको सपना
– अर्थतन्त्रका तथ्यांक तोडमोड गरेको भन्दै प्रधानमन्त्रीको आलोचना
– वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता प्रकरण
– बैंक तथा वित्तिय क्षेत्रमा तरलता समस्या र व्याजदरको प्रतिष्पर्धा उस्तै
– पूँजीबजार लगानी र लाभांशको हिसाब चित्तबुझ्दो छैन
– सामाजिक सुरक्षा योजना कार्यान्वयन
– उद्योगमा वैदेशिक लगानीमा सुधार भएन्
– वर्षको अन्त्यमा लगानी सम्मेलनको आयोजना

महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म कूल बजेटको ४६ दशमलव १४ प्रतिशत मात्र खर्च हुन सकेको छ । यसमा पुँजीगत खर्च ३३ दशमलव २८ प्रतिशत छ । सरकार आगामी आर्थिक बर्षको बजेट निर्माणको तयारीमा छ । तर चालु आर्थिक बर्षको खर्चको अवस्था भने सन्तोषजनक छैन् । अर्थतन्त्रका

सकारात्मक र नकारात्मक दृश्य

– छिमेकी मुलुक चीनसँगको ब्यापारमा फड्को
– मानव विकास सूचांक १४८ बाट १४९ औं स्थानमा झऱ्यो
– फागुन ६ गते नेप्से बर्षकै न्युनतम विन्दु ११०२ मा झऱ्यो
– ब्याजदरमा हस्तक्षेप, प्रधानमन्त्री र अर्थमन्त्रीलाई पनि टेरेनन बैंकरले
– नयाँ सरकारसँगै तीनै तहमा दोहोरो करको बिरोध
– पर्यटक आगमानमा २५ प्रतिशतले बृद्धि, डलर सबैभन्दमा बढि ११९ रुपैयाँ ३३ पैसामा कारोबार
– चिनीमा राजनीति, दुरसञ्चार प्राधिकरणमा दिगम्बर झाको पुर्न्नियुक्तिको विरोध
– स्वीस बैकमा ५२ अर्ब अबैध रकमको चर्चा
– पूरा भएन मेलम्चीको सपना
– माथिल्लो तामाकोसीको उत्पादान मिति सारियो
– ९ महिनादेखि बन्द मलेसिया खुल्यो
– लगानी सम्मेलनमामर्फत १७ खर्ब ३० अर्बको लगानी प्रस्ताव
– आगामी ५ बर्षमा १०.३ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य

बलियो सरकारले अर्थतन्त्रलाई टेवा पुऱ्याउनका लागि थुप्रै ऐन कानुनको निर्माण समेत गरेको छ । सरकारले ललिपप देखाएर जनता फकाउन खोजेपनि काम भने पूरा हुन नसकेको अर्थविदहरु बताउँछन् सरकार समाजवाद उन्मुख अर्थतन्त्रमा एक पाइला पनि अघि बढ्न नसकेको टिप्पणी समेत हुन थालेको छ ।