सुगम गीतहरुको संगालो हो "प्रकट" एल्वम

सुगम गीतहरुको संगालो हो "प्रकट" एल्वम


लण्डन / २०५६, ५७ सालतिर पहिलो गीती एल्वम देशै रमाइलो नेपाली सांगीतीक बजारमा ल्याई सार्बजानीक भएको नाम हो बहुबिद्माका धनी चोक गुरुङ्ग । हाल सालै उनले एकल संगीतमा गीती एल्वम प्रकट रिलिज गरी बजारमा ल्याएका छन् ।

देशै रमाइलो एल्वमपछि दुखी जीवन, अनुरोध, एप्रिल ४ र भर्खरै रिलिज भएको प्रकटसहित पाँच वाट एल्वम उनले निकालिसकेका छन् भने एउटा कविता संग्रह गितान्जली पनि प्रकाशित गरेका छन् ।

यस अघिका ४ वटा एल्बममा शब्द र स्वर दिइसक्नु भएको छ भने नयाँ प्रकट एल्वममा नितान्त एकल संगीतका धुनहरु भरेका छन् । ४ वटा एल्बममा भने जति सफलता हासिल गर्न नसके पनि नयाँ एल्वम प्रकटले भने सोचेको भन्दा अति धेरै स्रोताहारुका मनहरु जित्न सफल भएको छ ।

प्रकट एल्वमभित्र सातवटा गीतहरु र एउटा गजल रहेको छ । गजलगो मिजास तेम्बेको कलमद्धारा सृजित गजल धेरै स्रोताहरुले मन पराइरहेका छन् । समान्य बोलीचालीको भाषालाई मिजासले शब्दमा उतारेर गजल लेखेका छन् । संगीतकार चोक गुरुङ्गले उत्तिनै मीठो संगीतको संयोजन गर्न सफल भएको बुझन सकिन्छ । गायक जगदिश समाल र गायिका अन्जु पन्तले गाएका छन् । गजलका शेरहरु यस्ता छन्-
के छ खबर हजुरको अचेल
सम्बन्ध किन दूर-दूर भो अचेल

गीतकार राजकुमार बगरले प्रेम वियोगका पीडाहरुले भरिएका शब्दहरु बटुलेर लेखेको गीतलाई गायक राजेश पायल राईले न्यायपूर्ण तरिकाले गाएका छन् । गीत भन्छ –

मन जलाउने आगो भैगो, फूल सम्झेको माया बरै ।
भागूँ भन्छु पछि लाग्छ, वैगुनीको छायाँ वरै ।

जवानी हुँदा पहाड र तराई झरेको, पाखाबारीमा दश नंग्रा खियाउँदै, पसिना झार्दै, खुइया मार्दै जवानी बिताएका तमाम कृषक आमा, बाबाहरुका दिनचर्यालाई गीतकार नरेश नातिले गीतका शब्दहरुमा पोखेका छन् । यो गीतलाई पनि चर्चित गायक राजेश पायल राईले गाएका छन् । गीतको स्थाइ यस्तो छ –

पहाड चड्दै तराई झर्दै, उमेर गयो नि हौ
जवानी रहर मनको आश, जून तारा भयो नि हौ ।

अर्को ४ नम्बरमा रहेको गीत स्वयम संगीतकारले लेखेका छन् । यो गीतलाई गायिका अन्जु पन्तले गाएकी छिन् । गीतका शब्दहरुले विदेश जान लागेको माइतीलाई विदेश जानु हुन्न, आफ्नै गाउँघर रमाइलो छ भनेर राष्ट्र प्रेमले पुकार गरेको छ ।
गीतका शब्दहरु यस्ता छन् –

नजाऊ विदेश हो दाजु, आफ्नो घर आँगन छोडेर
आफ्नो गाउँ आफ्नो ठाउँ, भीरपाखा सबै रमाइलो
जानु हुन्न विदेश दाजु, आफ्नो फूलवारी भुलेर

गीतकार रमेश पौड्यालले एउटी सुन्दरीको वर्णन गरेका छन् । अति सुन्दर शबदहरुको समीश्रनमा सृजित गीत हो । जुन गीतलाई गायक दीपक लिम्बूले सुरिलो स्वरमा गाएका छन् । गीतको स्थाइ भावले भन्छ –

झम्के साँझमा भेटिएकी, माया रछौ फूल जस्ती
कसि लाउनु पर्दैन भो, एक नम्बरे सुन जस्ती

घरदेश र परदेश बीचमा रहेको मायाका कथाहरु गीतले बोलेको गीत स्वयम संगीतकारले लेखेका छन् । गायिका कुन्ती मोत्तानले गाएकी छिन् । गीतका शब्दहरु यस्ता छन् –

काम छोडी आउनू ए मेरो हजुर, दोबाटो घुम्तीमा
लाउँला है माया खाउँला है कसम, यो जीवनभरि ।

सुमधुर स्वारका धनी गायक कुबेर र्राईले गाएका अर्को गीत छ । जुन गीतले भन्छ –

रिसले खान्छ आफैलाई, पाइतलाले टेक्नू
जिजु चेब्जु भन्ने गर्थे, शिरमा बुद्धि बोक्नू

गीतकार लोकेद्र शेर्माले लेख्नु भएको अन्तिम नम्बरको गीतलाई गायक शिशिर योगीले शब्द शब्दमा डुबेर गाएका छन् ।

यस एल्बम भित्रका गीतहरु रमेश पौड्याल र राज कुमार बगरबाहेक सबै लाहुर स्रष्टाहरुद्वारा लेखिएका छन् । लाहुरेहरुबाट गीत संगीतको इतिहासमा, संगीत र शब्दको समी श्रणमा निस्केको पहिलो एल्वम भन्न सकिन्छ । यो एल्बमका निर्माता हुन मिजास तेक्बे ।

नेपाली संगीतको धरातालमा युवा संगीतकार चोक गुरुङ्ग तपाई हामीसामु प्रकट एल्वम लिएर आएका छन् ।

-काङमाङ नरेश, मेस