नेताहरूले उठाएनन् झलनाथको फोन

नेताहरूले उठाएनन् झलनाथको फोन


माओवादीबाट प्रस्तावित मन्त्रीहरूलाई मन्त्रिमण्डलमा सामेल गराएपछि प्रधानमन्त्री झलनाथ खनालसँग आक्रोशित बन्नुभएका नेताहरू केपी ओली र माधवकुमार नेपालले सोमबार राति खनालको फोनसमेत उठाउनुभएन । माओवादीका नौ र फोरमका एक मन्त्रीलाई शपथ खुवाएपछि बालुवाटारमा गरिएको विशेष पत्रकार सम्मेलनपछि खनालले सबैभन्दा पहिले माधवकुमार नेपालसँग आफ्नो मोबाइलबाट फोन सम्पर्क गर्नुभएको थियो ।
प्रधानमन्त्री खनालनिकट स्रोतका अनुसार खनालले नेपालको मोबाइलमा पटक-पटक सम्पर्कको प्रयास गर्नुभएको थियो । तर, कति गर्दा पनि मोबाइल नउठाएपछि घरको नम्बरमा सम्पर्क गर्नुभएको थियो । तर, नेपालले घरमा आएको फोन पनि नउठाएपछि लगत्तै अर्का नेता केपी ओलीलाई सम्पर्क गर्नुभएको थियो । ओलीले पनि खनालको फोन रिसिभ गर्नुभएन । पत्रकार सम्मेलनपछि निकै तनावमा देखिनुभएका प्रधानमन्त्री खनालले ओलीको मोबाइलमा निकैपटक सम्पर्क गर्नुभएको थियो । मोबाइलमा पूरै घन्टी गए पनि फोन नउठेपछि ओलीको पनि घरकै नम्बरमा फोनसम्पर्क गर्नुभएको थियो । तर, घरको पनि फोन नउठेपछि खनाल थप तनावमा देखिनुभएको थियो । स्रोतका अनुसार खनाल सोमबार राति निकै तनावमा हुनुहुन्थ्यो ।
आफ्ना पार्टीका दुई शीर्ष नेताहरूले फोन नउठाएपछि खनालले माओवादी अध्यक्ष प्रचण्डसँग फोन सम्पर्क गर्नुभएको थियो । तर, प्रचण्डले भने खनालको फोन तुरुन्तै उठाउनुभएको थियो । फोन सम्पर्कमा उहाँहरूबीच मन्त्रीहरूको शपथ र अप्ठ्याराहरूका बारेमा बढी कुराकानी भएको थियो । स्रोतका अनुसार खनालले भने दिउँसो स्थायी कमिटी बैठकमा उठेका मुद्दाहरूको बारेमा जानकारी गराउनुभएको थियो । खनालले प्रचण्डसँग तपाईंहरूको निर्णयले आफूलाई निकै अप्ठ्यारो पारेको र पार्टीका बहुमत नेताहरू आफ्नो विपक्षमा देखिएकाले गम्भीर समस्या पैदा भएको जानकारी गराउनुभएको स्रोतले बतायो । खनालले प्रचण्डसँग आधा घन्टाभन्दा बढी समय कुरा गर्नुभएको थियो । उहाँहरूबीच अब कसरी अघि बढ्ने भन्नेबारे सामान्य कुराकानीसमेत भएको स्रोतले घटना र विचारलाई बतायो ।
प्रचण्डसँगको सम्पर्कपछि खनालले पार्टी उपाध्यक्ष अशोक राईसँग सम्पर्क गर्नुभएको थियो । अस्वस्थ भएकोले राई दिउँसो स्थायी समिति बैठकमा सहभागी हुनुभएको थिएन । स्रोतका अनुसार खनालले उपाध्यक्ष राईसँग पहिलोपटक स्थायी समितिमा आफू अल्पमतमा परेको भन्दै दुखेसो पोख्नुभएको थियो । बैठकमा माओवादी मन्त्रीलाई शपथ नगराउने भन्नेबारेमा बहुमत सदस्यहरू रहे पनि माओवादी दबाबका कारण पहिलोपटक पार्टी नेताहरूको सुझावविरुद्ध जानुपरेको जानकारी गराउनुभएको थियो । उहाँले आफू राजीनामा दिन तयार रहे पनि उपयुक्त वातावारण नभएकोले नदिएको स्पष्ट पार्नुभएको थियो । जवाफमा राईले पार्टी निर्णयविपरीत गएर तपाईंले गल्ती गर्नुभयो, यसबारे पछि निर्णय गरौँला भन्दै फोन राखेको स्रोतले बतायो ।

पार्टी जोगाउन छलफल सुरु
अध्यक्षबाटै पटकपटक पार्टी निर्णय उल्लङ्घन भएकोले अध्यक्षलाई कारबाहीको विकल्प नभएको भन्दै त्यसका लागि सहमति जुटाउन केपी ओली पक्षधर एमालेका नेताहरू मंगलबारबाटै आन्तरिक गृहकार्यमा जुटेका छन् । आगामी २१ गते बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष खनालले गरेको पार्टी निर्णयविरुद्ध कडा रूपमा प्रस्तुत हुने तयारीका साथ उनीहरू आफूनिकट नेताहरूसँग मंगलबार बिहानैबाट छलफलमा जुटेका हुन् । अध्यक्ष खनाल पार्टी समाप्त गर्ने दिशामा लागेकाले पार्टी जोगाउन आफूहरू आन्तरिक छलफलमा लागेको एमालेका एक केन्द्रीय नेताले जानकारी दिए । ती नेताका अनुसार उक्त समूहले नेता केपी ओलीको सल्लाहमा खनालविरुद्ध समर्थन जुटाउन औपचारिक/अनौपचारिक छलफल गरेको हो । उनीहरू अध्यक्ष खनालले पार्टी निर्णयविपरीत गएर गरेको निर्णयहरूको फेहरिस्त निर्माणको तयारीमा समेत जुटेका छन् ।
स्रोतका अनुसार एमाले नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरूबीच अध्यक्ष खनालको कार्यशैलीविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा गोप्य छलफल भएको हो । ओली पक्षका केन्द्रीय सदस्य कर्णबहादुर थापाले पार्टी निर्णय लत्याएर अध्यक्ष स्वयम् पार्टी सिध्याउने खेलमा लागेकाले पार्टीलाई जोगाउन सच्चा एमाले नेता आन्तरिक छलफलमा जुट्नु स्वाभाविकै भएको प्रतिक्रिया दिए । केन्द्रीय समितिमा अध्यक्षलाई हटाउन सक्नेसम्मको अधिकार भएको जिकिर गर्दै थापाले अध्यक्ष खनालले एमालेलाई माओवादीमा लगेर विसर्जन गर्न खोजेको आरोपसमेत लगाए ।
यसैबीच एमाले नेता केपी ओलीले उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले गौतमले माओवादीबाट प्रस्तावित मन्त्रीहरूलाई शपथ नगराए पार्टी विभाजन हुन सक्ने धम्की स्थायी समितिमा दिएको आरोपसमेत लगाउनुभयो । बालकोटस्थित आफ्नै निवासमा मंगलबार पत्रकारसँग कुरा गर्दै ओलीले पार्टी निर्णयविपरीत भएको कामबारे केन्द्रीय कमिटी बैठकले उचित निर्णय गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब बस्ने केन्द्रीय कमिटीले ऐतिहासिक र महत्त्वपूर्ण निर्णय गर्नेछ ।’ गौतम माओवादीपरस्त भएको घुमाउरो टिप्पणी गर्दै ओलीले कोही पार्टी छाडेर जान खोज्छ भने पनि त्यसले पार्टी विभाजन नहुने तर्क गर्नुभयो । ओलीले गौतमको पछि लागेर अध्यक्षले पार्टी निर्णय लत्याउँदै माओवादी निर्णय कार्यान्वयन गराउनु गम्भीर त्रुटि भएकाले यसबारे अध्यक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभयो ।
तर, अध्यक्ष खनालले मन्त्रीलाई शपथ गराउनु आफ्नो विशेष अधिकार भएको सोमबार साँझ पत्रकार सम्मेलन गरी स्पष्ट पारिसक्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले आफूलाई पार्टीभित्र र बाहिर दुवैतिरबाट आक्रमण भइरहेको जानकारी गराउनुभएको थियो ।

अब अध्यक्षबाट हटाइने
एमाले र माओवादीमध्ये रोज्नुपर्दा कदम-कदममा माओवादी रोज्दै हिँडेपछि एमाले अध्यक्ष झलनाथ खनाल नराम्रोसँग एक्लिनुभएको छ । बाह्रजनाको स्थायी समितिमा उपाध्यक्ष वामदेव गौतमबाहेक सबै नेता झलनाथविरुद्ध उभिएपछि एमालेमा अब झलनाथको भविष्य नै समाप्त हुने निश्चित भएको सर्वत्र टिप्पणी गर्न थालिएको छ । केन्द्रीय समितिका सबै सदस्यको विचार र भावना प्रतिनिधित्व गर्ने शीर्ष नेता सदस्य रहेको र पार्टीको शक्तिशाली निकाय मानिने स्थायी समितिमा अध्यक्ष खनाल सोमबार पहिलोपटक नराम्ररी एक्लिनुभयो । स्थायी समितिमा मात्र नभएर खनाल पोलिटब्युरो र केन्द्रीय समितिमा पनि अल्पमतमा पर्नुभएको छ । स्थायी समितिमा पार्टी पदाधिकारीहरूसहित वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली, भरतमोहन अधिकारी र अमृत बोहोरा सदस्य छन् । समितिमा बाह्र सदस्य रहे पनि भोटिङ अधिकार एघारजनामा मात्र छ । बोहोरा आमन्त्रित सदस्य भएकाले उहाँमा भोटिङ गर्ने अधिकार छैन ।
माओवादीबाट प्रस्तावित मन्त्रीहरूको शपथग्रहणको विवाद, राष्ट्रिय प्रतिनिधि परिषद्को तयारीलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो पार्टी मुख्यालय बल्खुमा स्थायी समिति बैठक बोलाइए पनि माओवादीबाट प्रस्तावित मन्त्रीहरूको शपथग्रहणमा मात्र केन्द्रित रह्यो । सोही विषयलाई लिएर बैठकमा सहभागी उपाध्यक्ष वामदेव गौतमबाहेक सबै सदस्य खनालको विपक्षमा उभिएका थिए । गौतमले भने खनालको सक्दो बचाउ गर्नुभएको थियो । दिउँसो साढे दुई बजेबाट सुरु भई झन्डै तीन घन्टासम्म चलेको बैठकमा झलनाथ र वामदेवले माओवादीले सिफारिस गरेका नयाँ मन्त्रीलाई शपथग्रहण गराउनुको विकल्प नरहेको दाबी प्रस्तुत गर्नुभएको थियो भने केपी ओली, माधव नेपाल, विद्या भण्डारीर्,र् इश्वर पोखरेल, भरतमोहन अधिकारीलगायतकाले शपथग्रहण गराउन नहुने र यसले पाँचबुँदे सहमति तथा शान्तिप्रक्रिया बिथोल्ने तर्क प्रस्तुत गरेका थिए । उनीहरूले बरु तपाईंले तत्काल पदबाट राजीनामा दिए यसअघि भए/गरेको सबै कमीकमजोरीलाई भुलेर पार्टीलाई नयाँ शिराबाट अगाडि लैजाने कार्यमा सहयोग पुग्ने जिकिर गरेका थिए । स्रोतका अनुसार बैठकमा खनाल र पोखरेल तथा वामदेव र केपी ओलीबीच निकैपटक चर्काचर्की परेको थियो । निकै चर्काचर्कीकै बीच शपथग्रहण गराउने/नगराउने भन्ने विषय प्रधानमन्त्रीको विशेषाधिकारभित्र पर्ने भएकाले म सोहीअनुसार काम गर्छु, मैले पार्टीलाई जानकारी गराउनु थियो, गराएँ भन्दै झलनाथ बैठकको माइन्युटमा समेत हस्ताक्षर नगरी सीधै राष्ट्रपति भवन शीतलनिवास पुगेर माओवादीका नौ र मधेसी जनअधिकार फोरमका एक गरी दश मन्त्रीलाई शपथग्रहण गराउनुभएको थियो । खनाल बाहिरिएलगत्तै वामदेव पनि बैठक चलिरहेको बेलामा यो बैठकको अर्थ छैन भन्दै बाहिरिनुभएको थियो ।
बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट पाँच वर्षका लागि पार्टी अध्यक्षमा निर्वाचित भए पनि पार्टी निर्णयविपरीत अघि बढ्न थालेकोले अध्यक्ष परिवर्तनको विकल्प नभएको निष्कर्षमा बाँकी सदस्यहरू पुगेको बैठक स्रोतले बतायो । उनीहरूले अध्यक्ष खनाल माओवादीपरस्त भएको र माओवादी हितमा प्रयोग हुँदै जाँदा पार्टीलाई नै माओवादीमा लगेर विसर्जन गर्न सक्ने खतरा बढेकाले तत्काल यस्ता कार्यलाई रोक्नुपर्ने ओलीको भनाइ थियो । ओलीले खनाल र वामदेव कुनै पनि बेला माओवादीमा जान सक्ने खतरा औंल्याउनुभएको थियो । ओलीले माओवादीकै इसारामा खनालले पार्टीका निर्णय लत्याएको दाबी गर्नुभएको थियो । त्यसो त स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डको मोबाइलबाट लगातार फोन आएपछि खनाल बैठकलाई बीचैमा छोडेर हिँड्नुभएको थियो ।
ओलीले खनालको कार्यशैलीका बारेमा २१ साउनमा केन्द्रीय समिति बैठक बसी ठोस निर्णयमा पुग्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । सो प्रस्तावलाई सबैले समर्थन गरेका थिए । उनीहरूले आवश्यक परे थप कडा कारबाहीका लागि राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा बाँकी मुद्दा लैजाने मौखिक सहमतिसमेत भएको स्रोतले बतायो ।
अगामी भदौ ३० देखि असोज २ सम्म एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बस्दै छ । सम्भवत: राजधानीमा हुने भनिएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय मानिन्छ । पोलिटब्युरो सदस्य छविलाल विश्वकर्माका अनुसार २१ गतेको बैठकमा अध्यक्षको कार्यशैलीको बारेमा गम्भीर छलफल गरी एउटा निष्कर्षमा पुगिनेछ र त्यहाँ बाँकी रहेका मुद्दालाई प्रतिनिधि परिषद् बैठकमा लगी अनुमोदन गराइनेछ । उक्त बैठकबाट पार्टी निर्णयविपरीत रहेका नेतृत्व वा अरू जोकोहीलाई कडा कारबाही हुने विश्वकर्माले बताए ।
अध्यक्ष खनालले आठौँ महाधिवेशनपछि पार्टीले गरेको कुनै पनि निर्णयहरू सही रूपमा कार्यान्वयन गर्नुभएको छैन । बरु निर्णयको खिलाफमा जानुभएको छ । अध्यक्षका थुप्रै निर्णयले पार्टीमा गम्भीर सङ्कट निम्त्याएको एमालेका खनालइतर नेताहरूको भनाइ छ । स्रोतका अनुसार अध्यक्ष खनालकै कारण वरिष्ठ नेता नेपाल राष्ट्रपति नभएको, माओवादी नेतृत्वको सरकारमा पार्टीबाट सहभागी जनाउँदा पार्टी सिफारिसमा नपरेका व्यक्तिलाई मन्त्री बनाएको, माओवादीकै उक्साहटमा नेपाल नेतृत्वको सरकारलाई असहयोग गरी प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य पारेको, आफू प्रधानमन्त्री बन्न माओवादी अध्यक्ष प्रचण्डसँग गोप्य रूपमा सातबुँदे सम्झौता गरेको, सरकार निर्माणमा आफूखुसी निर्णय गरेको, पार्टीले सिफारिस गरेका व्यक्तिलाई मन्त्रिमण्डलमा सहभागी नगराएको, गृहमन्त्री माओवादीलाई दिएको, संविधान निर्माण तथा सरकार निर्माणमा देखिएका समस्या समाधानका लागि अन्य दलसँग वार्ता गर्न गठित वार्ता समितिलाई मिनिमाइज गरेको तथा पछिल्लोपटक माओवादी मन्त्रीहरूलाई शपथ खुवाएकोलगायत थुप्रै कार्य पार्टी निर्णयविपरीत छन् । ‘यसरी पार्टी निर्णयविपरीत दर्जनौँ कार्य गर्दै हिँडेकाले उहाँलाई कसरी पार्टी अध्यक्ष भन्ने,’ ओलीनिकट एक नेताले भन्नुभयो, ‘यसबारेमा साउन २१ गते बस्ने केन्द्रीय कमिटी र त्यसपछि हुने परिषद्को बैठकबाट छिनोफानो गरिनेछ ।’
एमालेको इतिहासमा पार्टी प्रमुख भएका व्यक्तिहरूमध्ये खनाल सबैभन्दा बढी पार्टी निर्णय उल्लङ्घन गर्ने व्यक्तिमा पर्नुहुन्छ । एमालेका एक पोलिटब्युरो सदस्यका अनुसार खनालले भूमिगत कालमा पनि आफ्ने स्वार्थसिद्ध हुनेगरी आफूखुसी निर्णय गर्ने गरेको, प्रतिक्रियावादीहरूसँग सम्बन्ध विस्तार गरेको, पार्टीका महत्त्वपूर्ण कामलाई बिर्सने तथा बेवास्ता गर्ने गरेकोलगायतका आरोपमा पार्टीले आन्तरिक कारबाहीसहित महासचिव पद त्याग्न बाध्य पारेको थियो । ०३९ साल कात्तिकबाट महासचिव बन्नुभएका खनाल आफूलाई पार्टीले कारबाही गरेको भन्ने कुरा बाहिर नल्याउने र्सतमा ०४४ साल भदौमा सिराहामा भएको चौथो महाधिवेशनबाट महासचिव पद त्याग्न राजी हुनुभएको थियो । ती नेताले घटना र विचारसँग भन्नुभयो, ‘खनालको हालको गतिविधिले गर्दा उहाँलाई पार्टीले नवौँ महाधिवेशनसम्म नेतृत्वमा राखिराख्ने सम्भावना न्यून छ ।’
स्वेच्छाचारी कार्यशैली र एकलौटी निर्णय गर्दै अघि बढेकोले खनालले पार्टीमा महत्त्वपूर्ण स्थानमा रहेका अधिकांश सदस्यको साथ गुमाइसक्नुभएको छ । एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तका अनुसार अध्यक्ष खनाल आफ्नै कारणले एक्लिनुभएको हो । प्रधानमन्त्री बन्नका लागि महत्त्वपूर्ण सहयोग पुर्‍याएकाहरूले पनि यतिबेला खनालको साथ छाडेका छन् । स्रोतका अनुसार खनालसँग वामदेव र मालेबाट एमालेमा मिसिएका थोरै नेताहरू मात्र बाँकी छन् । खनालकै कार्यशैलीका कारण करिब नौ महिनाअघि महासचिव पोखरेलले उहाँको साथ छाड्नुभएको थियो । पछिल्लो समयमा पोखरेल ओली-नेपाल पक्षमा खुलेर लाग्नुभएको छ । अस्ति सोमबारको बैठकबाट यसअघि खनालको पक्षमा रहेका सचिव युवराज ज्ञवाली, भारतमोहन अधिकारी र अमृत बोहोरासमेत विपक्षमा उभिएपछि खनाल झन् एक्लिनुभएको हो । अधिकारीले आफूनिकट नेताहरूसँग त आफूलाई अध्यक्षले माओवादीपरस्त बनाउन खोजेको र माओवादीको इसारामा अगाडि बढाउन खोजेको तीतो यथार्थ पोख्नुभएको स्रोतको भनाइ छ ।

गंगालालको आँखा बुढानीलकण्ठमा
विश्वविद्यालयमा पार्टीगत मान्यताका आधारमा उपकुलपति नियुक्तिको सिफारिस गरेर आफ्नो ‘योग्यता’ प्रस्तुत गर्नुभएका शिक्षामन्त्री गंगालाल तुलाधरले अहिलेसम्म राजनीतिबाट मुक्त मानिएको बुढानीलकण्ठ स्कुलमा भने राजनीति मात्र घुसाउन खोज्नुभएन, जातीयताको प्रश्न उठाएर प्रिन्सिपल बदल्ने प्रयास गर्नुभएको छ । नेवार हुँदाहुँदै यतिका वर्षसम्म बाहुनलाई किन प्रिन्सिपल बनाइराखेको भन्ने प्रश्न आफ्ना निकटवर्तीहरूसँग मन्त्री तुलाधरले गर्नुभएको छ । बुढानीलकण्ठ स्कुलमा कार्यरत स्टाफहरूबाटै अल्पमतमा रहेका एनएम श्रेष्ठलाई प्रिन्सिपल बनाउनका लागि मन्त्री तुलाधरले संसद्को अन्तर्रर्ााट्रय तथा मानवअधिकार
समितिको दुरुपयोगसमेत गर्नुभएको छ । प्राप्त जानकारीअनुसार, हालका प्रिन्सिपल नारायणप्रसाद शर्माको चारवर्षो अवधि सकिएपछि उहाँको पुनर्नियुक्तिका लागि सिफारिस गरिएको थियो । उक्त सिफारिसलाई कार्यान्वयन गर्दै विद्यालय व्यवस्थापन समितिले प्रिन्सिपल शर्मालाई आफ्नो आगामी कार्यकालको कार्ययोजना प्रस्तुत गर्नका लागि भनेको थियो । तर, अकस्मात् मन्त्री तुलाधरले एनएम श्रेष्ठलाई प्रिन्सिपल बनाउनका लागि खेल सुरु गर्नुभयो, सचिव अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समितिमार्फत केही गर्न नसकेपछि सीधै संसदीय समितिमा गएर प्रिन्सिपल ठीक नभएको, घुसखोरी भएकोजस्ता आरोपहरू लगाउनुभयो । मन्त्रीले लगाएका यसप्रकारका आरोप सुनेर व्यवस्थापन समितिका सदस्य, स्कुलका स्टाफहरू तथा विद्यार्थी आश्चर्यचकित भएका छन् । वास्तविकता के हो भनेर बुझ्दैनबुझी मन्त्रीको भनाइको आधारमा भइसकेको नियुक्तिलाई रोकेर खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपलको नियुक्ति गर्नु भन्ने समितिको निर्देशन झनै आश्चर्यलाग्दो मानिएको छ ।
स्कुलमा भएका कमी-कमजोरी तथा समस्याका लागि विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सदस्यहरू सम्मिलित व्यवस्थापन समिति भए पनि शिक्षामन्त्रीले त्यसको बेवास्ता गर्दै सीधै समितिसम्म पुग्नु आफंैमा आश्चर्यको विषय हो । बुढानीलकण्ठ स्कुल गुठीबाट सञ्चालित भएकोले मन्त्रीको त्यसमा कुनै अधिकार हँुदैन, आफ्नो अधिकार चल्ने भए म एनएमलाई तुरुन्तै प्रिन्सिपल बनाउँथेँ भनेर शिक्षा मन्त्रालयकै केही अधिकारीहरूसँग उहाँले भन्नुभए पनि आफ्नो मान्छेलाई नियुक्ति गर्न नपाएका कारण वर्षौंदेखि आफ्नो साख जोगाएर राख्न सफल स्कुलको बेइज्जत नै गरिहाल्नुहोला भन्नेचाहिँ ती अधिकारीहरूले पनि सोचेका थिएनन् । स्कुलका बारेमा मन्त्रीको प्रतिक्रियाले व्यवस्थापन समिति मात्र नभएर अभिभावकसमेत क्रूद्ध बनेका छन् । नेपालका राजनीतिकर्मीले सरकारी उद्योग, कार्यालय, वायुसेवा निगमलगायतलाई त ध्वस्त पारेका थिए नै, बाँकी रहेको एउटा राम्रो स्कुललाई समेत बाँकी राखेनन् भन्ने उनीहरूको भनाइ छ । बुढानीलकण्ठ नेपालको एउटै मात्र राष्ट्रिय स्कुल हो जहाँ समावेशी आधारमा धनी, गरिब, सहर, गाउँ सबैतिरका बालबालिकालाई शिक्षा दिइन्छ । त्यहाँको सरि्टफिकेटको अन्तर्रर्ााट्रयस्तरमा बेग्लै महत्त्व छ । राजनीतिक र जातीय झुकाबका आधारमा यस्तो स्कुललाई बद्नाम गर्न शिक्षामन्त्री आफैं लागिपर्नुलाई सतीले सरापेको देश भन्दै विद्यालय परिवारले दु:ख प्रकट गरेको छ ।-रोहित थापा

पन्ध्र गृहमन्त्रीहरूमा दुईजनाको बेग्लै छाप
बितेका दुई दशकभित्र गृह मन्त्रालयको जिम्मेवारी पाएका व्यक्तिहरूमध्ये नेपाल प्रहरीमा सबैभन्दा राम्रो प्रभाव कसको परेको होला ? २०४६ सालको परिवर्तनपश्चात् मुलुकमा योगप्रसाद उपाध्यायदेखि कृष्णबहादुर महरासम्म दर्जनभन्दा बढी व्यक्तिले गृहमन्त्रीको जिम्मेवारी प्राप्त गरे र यसरी गृहमन्त्री भएकामध्ये केपी शर्मा ओली, वामदेव गौतम, खुमबहादुर खड्का र गोविन्दराज जोशी आ-आफ्नै प्रकारले चर्चित पनि भए । रामचन्द्र पौडेल, शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, योगप्रसाद उपाध्याय, बुद्धिमान तामाङ र चक्र बास्तोलाले गृहमन्त्री भएर कुनै नाम या बद्नामी कमाएको ठानिँदैन, यद्यपि पौडेल र पूर्ण खड्का निरि्ववादित रहेर पदमुक्त भएका हुन् । कमल थापा र धर्मबहादुर थापाहरू बेग्लै परिस्थितिमा मन्त्री बनेका हुनाले उनीहरूलाई अर्कैर् ढङ्गले मूल्याङ्कन गर्ने या हर्ेर्ने गरिन्छ । लामो समय गृहमन्त्री रहेका भए पनि कृष्णप्रसाद सिटौलालाई सफल मानिँदैन र लोकतन्त्र स्थापनापछिको पहिलो गृहमन्त्रीका रूपमा सिटौलाले विशिष्ट छाप छोड्न सकेनन् । माओवादी विद्रोहीपट्टि उदार एवम् संवेदनशील गृहमन्त्रीका रूपमा सिटौलाको स्मरण गर्ने गरिन्छ । ०५१/०५२ का गृहमन्त्री केपी शर्मा ओली आफ्नो विशिष्ट बोली र व्यवहारका कारण प्रहरी सङ्गठनमा समेत प्रभाव पार्न सफल भएका थिए । खुमबहादुर खड्का आफ्नो कार्यशैलीका कारण चर्चित हुन पुगेका थिए भने गोविन्दराज जोशी माओवादीविरुद्ध ‘किलो शेरा टु’ नामक अपरेशन सञ्चालन गरेर चर्चित बनेका थिए । वामदेव गौतमचाहिँ अच्युतकृष्ण खरेललाई महानिरीक्षक पदबाट हटाएको र विमानस्थलबाट तस्करहरूद्वारा नेपाल भित्र्याइएको सुन बोक्न प्रहरीकै गाडी प्रयोग गरेका कारण निकै चर्चित भएका थिए । तर, जो जुन कारणले नामी या बद्नाम भएका भए पनि बाईस वर्षको इतिहासमा सबभन्दा खराब गृहमन्त्रीका रूपमा नेपाल प्रहरीभित्र अछामका भीमबहादुर रावलको नाम लिइन्छ भने राम्रो भूमिका निर्वाह गर्ने मन्त्रीका रूपमा कृष्णबहादुर महरालाई लिइएको छ । आफ्नो छोटो कार्यकालमा महराले प्रहरीभित्र कुनै किसिमको दबाबमूलक स्थिति सिर्जना नगरेको, निष्पक्ष व्यवहार प्रस्तुत गरेको, सरुवा-बढुवामा हस्तक्षेप नगरी विधि र प्रक्रियालाई नै पछ्याउने गरेको, प्रहरी सङ्गठनलाई दुरुपयोग गर्ने कुनै प्रकारको चेष्टा नगरेको र गृह मन्त्रालयलाई कमाइको साधन बनाउन नखोजेको भनी गृह मन्त्रालय र मातहतका निकायमा महराको मूल्याङ्कन गरिएको छ । उनले पदबाट राजीनामा दिएर हिँडेपछि आफ्ना सुरक्षाकर्मी र गाडीहरूसमेत फिर्ता पठाइदिए । पूर्वगृहमन्त्रीका रूपमा प्राप्त हुनसक्ने कुनै पनि सुविधा महराले लिएनन् । जब कि भीमबहादुर रावलले आफू पदमुक्त भएर बाहिरिँदा प्रयोग गर्नकै लागि भनी डेढ करोड मूल्यबराबरको गाडी खरिद गराएका थिए र उनले उक्त डेढ करोडको गाडी अहिले पनि प्रयोग गरिरहेका छन् । प्रशासन र प्रहरी सङ्गठनभित्र सानातिना कुराहरूमा पनि हस्तक्षेप गर्ने, पक्षपातपूर्ण व्यवहार गर्ने, क्षेत्र र जातिवादी भावना राख्ने, नगद आउने ठाउँको खोजीमा निरन्तर लागिपरिरहने, अहंकारजन्य व्यवहार गर्ने, ठालुपन देखाउने, असहज व्यवहार गर्ने तथा बोली र व्यवहार फरकफरक गर्ने एक लोभी व्यक्तिका रूपमा रावलको स्मरण गृह मन्त्रालयअन्तर्गत हुने गरेको छ । यर्सथमा लोकतन्त्र स्थापनापछिका गृहमन्त्रीहरूमा सर्वाधिक प्रिय कृष्णबहादुर महरा र सबैभन्दा अलोकप्रिय भीमबहादुर रावल बन्न पुगेका छन् । माओवादी गृहमा आएमा बर्बाद हुनसक्छ भनी पहिले गरिएको अनुमान महराले गलत प्रमाणित गरेको प्रहरी सङ्गठनले समेत ठानेको छ ।
ज्ञातव्य छ, २०४६ सालको परिवर्तनपश्चात् मुलुकमा पन्ध्रजनाले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले । योगप्रसाद उपाध्याय, शेरबहादुर देउवा, केपी शर्मा ओली, खुमबहादुर खड्का, गोविन्दराज जोशी, बुद्धिमान तामाङ, चक्र बास्तोला, वामदेव गौतम, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, कमल थापा, धर्मबहादुर थापा, भीमबहादुर रावल र कृष्णबहादुर महरा गृह मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने नेतामा परेका छन् ।

झलनाथ बिरामी हुने !
नेकपा एमालेका नेताहरूले साउन २१ गते केन्द्रीय कमिटीको बैठक बस्ने र झलनाथ खनाललाई तह लगाउने योजना बनाएको भए पनि उक्त दिन बैठक राखिनेमा भने आशङ्का पैदा भएको छ । पार्टीका बैठकहरूलाई सकेसम्म टार्दै आउनुभएका खनालले २१ गते पनि कुनै बहानावाजी गरेर बैठक नगराउने सम्भावना छ । खनालनिकटका एक नेताले ठट्यौलीको शैलीमा घटना र विचारसँग भने, ‘प्रधानमन्त्रीजीको स्वास्थ्य अलिक खराब छ, २१ गतेसम्ममा उहाँ बाहिर जान नसक्ने गरी बिरामी पर्नुभयो भने कसरी बैठकमा सहभागी हुने ? त्यस्तो अवस्थामा बैठक नहुन सक्छ ।’ यसअघि पनि बिरामीको बहाना बनाएर खनालले धेरैपटक बैठक रोक्ने गर्नुभएको थियो । अबको बैठक झन् चर्को र आक्रामक हुने भएकोले अध्यक्ष खनालले बैठक हुन दिनुहोला भन्ने विश्वास गरिएको छैन । तर, यसपटक झलनाथको सहभागिता नरहे पनि केन्द्रीय कमिटीको बैठक भएरै छोड्ने एमाले नेताहरूले बताएका छन् । खनाल अनुपस्थित भएमा वरिष्ठ नेता माधवकुमार नेपाल या उपाध्यक्ष विद्या भण्डारीको अध्यक्षतामा बैठक हुने जानकारी सम्बद्ध सूत्रबाट प्राप्त भएको छ । बैठकले खनाललाई सरकारबाट फिर्ता बोलाउने र अध्यक्ष पदमा उनलाई राखिरहने या बिदाइको प्रक्रिया सुरु गर्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरी ठोस निर्णय लिने बुझिएको छ ।

ओनसरीलाई मन्त्री बनाएकोमा आपत्ति
प्रचण्डपक्षीय माओवादी नेता वर्षमान पुनकी पत्नी ओनसरी घर्तीलाई मन्त्री बनाएको घटनाले प्रचण्ड समूहभित्रै हलचल पैदा गरेको छ । कमल रोका, उमा भुजेल, सरला रेग्मी, रेखा शर्मा र अमृता थापाजस्ता नेतृहरू हुँदाहुँदै वर्षमानकी पत्नी भएकै कारण ओनसरीलाई मन्त्री बनाइएका कारण पार्टीमा धेरैले असन्तुष्टि जनाउँदै त्यसको विरोध गरेका छन् । प्रचण्ड पक्षधर नेताहरू वर्षमान पुन र शक्तिबहादुर बस्नेतले आफू मन्त्री नभएपछि आ-आफ्ना पत्नीहरूलाई मन्त्रिमण्डलमा सामेल गराउन चाहेका थिए । मन्त्री प्रस्तावित ओनसरीको शपथ भइसकेको छ, तर राज्यमन्त्रीमा प्रस्तावित बस्नेतपत्नीको भने शपथ भएको छैन । स्मरणीय छ, ०४६ सालको परिवर्तनपश्चात् तात्कालिक सर्वोच्च नेता गणेशमान सिंहले ‘जतिसुकै सङ्घर्षको पृष्ठभूमिबाट आएको भए पनि जनतामा जाऊ’ भनेर आफ्नी पत्नी मंगलादेवी र सुपुत्र प्रकाशमान सिंहलाई ०४८ सालको आमनिर्वाचनमा सांसदको उम्मेदवारमात्र बनाउँदा पनि त्यसको व्यापक विरोध भएको थियो । परिणामस्वरूप दुवै नेताले निर्वाचनमा पराजय व्यहोर्नुपरेको थियो र स्वयम् सर्वोच्च नेताको व्यक्तित्वमा पनि त्यस घटनाले निकै ठूलो क्षति पुर्‍याएको थियो । तर, ०६३ सालको परिवर्तनपश्चात् भने माओवादीले एक परिवारका सदस्यहरूलाई मन्त्री र अन्य विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सँगसँगै या आलोपालो दिँदै आएका छन् । तर, त्यसबेला गणेशमानको विरोध गर्ने नेपाली जनता अहिले भने चुपचाप बस्नु आश्चर्यको विषय भएको छ ।

फेरि हारे प्रचण्ड
माओवादीमा हालै मात्र कार्यकारीबाट ‘सेरोमोनिएल’ अध्यक्ष बन्नुभएका प्रचण्ड वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई असफल तुल्याउँदै उहाँहरूलाई ‘जोकर’ बनाउन गरिएको अन्तिम प्रयासमा पनि सफल हुन सक्नुभएन । पार्टीले नयाँ सदस्यहरूसमेत थप गरी तत्काल मन्त्रिमण्डल पुनर्गठन गराउने निर्णय गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी गराइनेहरूको नामावली तय गरेको थियो । तर, प्रचण्ड भने आफ्नो इच्छाविपरीत भएको निर्णय जस्ताको त्यस्तै कार्यान्वयन नहोस् भन्ने पक्षमा हुनुहुन्थ्यो र उहाँले आफ्नो पीडा प्रधानमन्त्री झलनाथ खनालसँग पनि ‘सेयर’ गर्नुभएको थियो । प्रचण्डको इशाराभन्दा एक मिलिमिटर पनि हलचल गर्न नसक्ने झलनाथ खनालले प्रचण्डको चाहनाअनुरूप मन्त्रिमण्डल पुनर्गठन नगर्ने अड्डी पनि लिएर देखाइदिनुभयो । यसरी खनालले ‘अड्डी’ दिँदा सबै चकित परे, किनकि नियोजित चालबाजीअन्तर्गत भए पनि सर्वसाधारणले यस प्रकरणलाई प्रचण्डको विरुद्ध झलनाथको अडानको रूपमा हेरेका थिए । तर, झलनाथको नक्कली अडान धेरै दिन टिक्न सकेन । खनालको अडानका पछिल्तिर प्रचण्डको हात रहेको महसुस वैद्य पक्षले गर्‍यो र यस सम्बन्धमा वैद्यले छुट्टै संवाद गरेर आफ्नो धारणा स्पष्ट गर्दै प्रधानमन्त्री खनाललाई चेतावनी पनि दिनुपर्‍यो । आफू एक्स्पोज भएपछि प्रचण्ड पछि हट्नुभयो, प्रचण्ड नै पछि हट्नुपरेको अवस्थामा झलनाथ खनाल मात्र अगाडि बढ्न कदापि सम्भव थिएन, बेलुनबाट हावा फुस्किएझैं खनाल चाउरिनुभयो । तथापि उहाँले ‘माओवादीले शान्तिप्रक्रिया पूरा गर्ने प्रतिबद्धता दर्शाएकोले’ भन्दै लाज बचाउने प्रयास गर्नुभएको छ । यदि ‘मन्त्रिमण्डल’ प्रकरणमा प्रचण्ड-झलनाथ सफल भएको भए यसले मोहन वैद्य किरण र नारायणकाजी श्रेष्ठसहित पक्षधरहरूको नराम्रोसँग तेजोबध हुनसक्थ्यो र जनदृष्टिमा वैद्य र श्रेष्ठ हास्यपात्र बन्ने निश्चितजस्तै थियो । तर, वैद्यको अघिल्तिर न प्रचण्डको केही चल्यो न झलनाथकै । मन्त्रिमण्डल पुनर्गठन गर्न झलनाथ बाध्य हुनुलाई प्रचण्डकै थप पराजयका रूपमा हेरिएको छ । पछिल्लो खेलमा पनि पराजित भएपछि प्रचण्डले अब कस्तो प्रकारको खेल सुरु गर्नुहोला, प्रतीक्षा त्यसैको भइरहेको छ ।

आफू सकिएपछि अर्कैलाई दोष
पार्टीभित्रको शक्तिसङ्घर्षमा पराजित भएपछि माओवादीका सेरमोनिएल अध्यक्ष प्रचण्डले आफ्नो पराजयको कारण मित्रराष्ट्र भारत भएको प्रमाणित गर्न पार्टीको तल्लो तहसम्म बहस गराउन चाहनुभएको छ । प्रचण्डले मोहन वैद्य र डा. बाबुराम भट्टराईलगायतका नेताहरूको मोर्चा भारतको इच्छा, योजना र सहयोगमा बनेको बताउने गर्नुभएको छ । उहाँले आफ्ना निकटवर्तीहरूसमक्ष मात्र होइन पार्टीबाहिरका नेताहरूसँगको कुराकानीका क्रममा पनि त्यस्तो आक्षेप लगाउने गर्नुभएको छ । यसरी कुरा गरेर मात्र सन्तुष्टि नमिलेपछि प्रचण्डले पार्टीको तल्लो निकायसम्मलाई यस कुराको जानकारी गराउँदै बहस चलाउने निर्देशन जारी गर्नुभएको छ । केही दिनअघिसम्म देशको सबैभन्दा ठूलो दलको सर्वाधिक शक्तिशाली नेता प्रचण्ड गत सातादेखि दाह्रा र नङ्ग्रा झिकिएको बाघजस्तो शक्तिहीन बन्नुभएको छ । उपाध्यक्षहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापा बादल र सचिव सीपी गजुरेलमा अधिकार सारिएपछि प्रचण्ड त्यसरी शक्तिहीन हुनुभएको हो । प्रचण्ड शक्तिहीन हुनुलाई पार्टीभित्र अधिनायकवादको पराजयको रूपमा लिइएको छ । तर, प्रचण्डले भने आफूलाई शक्तिहीन बनाउन भारतले भूमिका निर्वाह गरेको बताउँदै आउनुभएको छ । विगत तर्ेइस वर्षदेखि पार्टीमा सर्वशक्तिमान नेताको भूमिका निर्वाह गर्दै आउनुभएका प्रचण्ड यसरी अचानक शक्तिहीन हुनुपरेपछि उहाँले त्यसलाई सहज रूपमा ग्रहण गर्न सक्नुभएको छैन । प्रचण्ड यतिबेला क्रूद्ध र बदलाको भावनाले ग्रस्त हुनुभएको निकटवर्तीहरूले ठानेका छन् । आफूलाई राष्ट्रिय स्वाधीनता आन्दोलनको अगुवा ठान्नुहुने उहाँले ०६६ वैशाखमा प्रधानमन्त्री पद गुमेयता आफूविरुद्धका हरेक कुरामा भारतको छाया देख्ने गर्नुभएको छ । यसै क्रममा वैद्य-भट्टराई गठबन्धनमा पनि उहाँले भारतको भूमिका देख्नुभएको हो । उता वैद्य र भट्टराईलगायतका नेताहरूले भने प्रचण्डको सक्कली अवतार क्रमश: जनतालाई देखाउँदै जाने सोच बनाएको बुझिएको छ । प्रचण्ड भने आफूविरुद्धको मोर्चामा विभाजन ल्याएर गुमेको शक्ति पुन: प्राप्तिको दाउमा रहनुभएको बताइन्छ ।
जे भए पनि तत्कालका लागि माओवादीमा सामूहिक नेतृत्व प्रणाली स्थापित र क्रियाशील भएको छ । वैद्य, बाबुराम र बादल एक ठाउँमा उभिइराखे भने प्रचण्डको चुरीफुरी सदाका निम्ति सकिने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।

मानसिक स्वास्थ्य-नीति कार्यान्वयनको माग
मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले राज्यले बनाएको मानसिक स्वास्थ्यसम्बन्धी नीति डेढ दशकसम्म पनि कार्यान्वयन नभएकोमा राज्यप्रति आक्रोश व्यक्त गर्दै तत्काल नीतिअनुसार कार्य प्रारम्भ गर्न माग गरेको छ । तत्कालीन सरकारले ०५३ सालमा तयार गरी मन्त्रिपरिषद्बाट पारित गराएको नीति कार्यान्वयन हुनुअघि नै बेपत्ता भएकोमा सो संस्थाले गत ०६७ सालमा आंशिक रूपमा बुझिने अवस्थामा मन्त्रालयमै बेवारिसे फालिएको अवस्थामा फेलापारेको थियो । संस्थाका अध्यक्ष मातृका देवकोटाले राज्यले डेढ दशकअघि नीति बनाए पनि नीतिअनुसार तत्काल महाशाखा र चिकित्सकको दरबन्दी व्यवस्था गर्नुपर्नेमा डेढ दशकसम्म मानसिक रोगलाई हर्ेर्ने एउटा टेबुल र कर्मचारीसमेत नराखेकोप्रति व्यङ्ग्य गर्नुभयो । नेपालमा मानसिक रोगको अवस्था दिन प्रतिदिन जटिल बन्दै गए पनि उनीहरूलाई औषधि खुवाउने साइक्र्याटिकबाहेकको दरबन्दी नभएको भन्दै अध्यक्ष देवकोटाले साइकोलोजिस्ट र साइक्राटिक नर्सको दरबन्दीको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । ? खुश्बु ढुंगाना

राजीनामाको कुरा नक्कली !
पार्टी कारबाहीबाट बच्नका लागि अध्यक्ष झलनाथ खनालले राजीनामाको कुरा अघि सारेको ओली-नेपाल पक्ष्ँका एमाले नेताहरूले आरोप लगाएका छन् । २१ साउनमा बस्ने भनिएको केन्द्रीय समिति बैठकलाई प्रभावित गर्न अध्यक्ष खनालले राजीनामाको कुरा अघिसारेको उनीहरूको आरोप छ । खनालले माओवादीले प्रतिबद्धता जनाएबमोजिम २८ साउनभित्र शान्तिप्रक्रियाको मूलभूत काम सक्ने गरी अघि नबढे आफूले राजीनामा दिने बताउनुभएको थियो । खनालको यो भनाइमै षड्यन्त्र रहेको विश्लेषकहरूले ठानेका छन् । माओवादीले शान्तिप्रक्रिया सुरु गरेजस्तो गर्दै झलनाथ र संविधानसभाको म्याद थप गर्ने सम्भावना बढेको उनीहरूले ठानेका छन् ।
आफ्नो सरकारी निवास बालुवाटरमा सोमबार पत्रकार सम्मेलन गरी खनालले आफूले अहिलेसम्म संसद् बचाइरहेको दाबी गर्दै शान्तिप्रक्रियामा ठोस कार्य अघि नबढे गठबन्धनमाथि पुनरि्वचार गर्न, पाँचबुँदे सहमतिका लागि नयाँ पहलकदमी लिन र निकासको बाटो खोल्न सरकारबाट फिर्ता हुनु मेरो राजनीतिक र नैतिक कर्तव्य हुनेछ भन्नुभएको थियो ।
पार्टीको ध्यान अन्तै मोड्न माओवादी अध्यक्ष प्रचण्डको इसाराबमोजिम राजीनामा दिने कुरा अघि सारेको एमाले नेताहरूको आरोप छ । एमालेबाट प्रधानमन्त्री बनेको भए पनि माओवादी इसारा र उनीहरूकै सल्लाहबमोजिम काम गर्दै आउनुभएको छ, त्यसैले यो राजीनामाको कुरा पनि माओवादीकै इसारामा गरिएको हो ओली-नेपालनिकट नेताहरूको ठम्याइ छ । एमाले नेता केपी ओलीले राजीनामाको कुरा आफ्नो म्याद थप्नका लागि मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘म्याद थप गर्ने अधिकार कसैले दिएको छैन, किन म्याद थप्ने कुरा गर्नु । माओवादीका मन्त्रीलाई शपथ नगराएर खुरुक्क राजीनामा दिएको भए पार्टीभित्र अनेकखाले लफडा आउने नै थिएनन् नि ।’
एमाले नेता छविलाल विश्वकर्माले अध्यक्ष खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु भनेर आफूलाई जोगाउन खोजेको आरोप लगाउनुभयो । खनाल पदबाट राजीनामा दिने मनस्थितिमा नरहेको स्पष्ट पार्दै उहाँले राजीनामा दिने उपयुक्त अवसर गुमाएको टिप्पणी गर्नुभयो । ‘खनालले पदबाट राजीनामा दिएको भए सोमबार निकै उपयुक्त समय थियो, तर त्यो समय गुमाएर गम्भीर भूल गर्नुभयो,’ विश्वकर्माले घटना र विचारसँग भन्नुभयो ।
यसैगरी काङ्ग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले पनि प्रधानमन्त्रीले राजीनामा दिने कुरा हावादारी गफ मात्र भएको प्रतिक्रिया दिनुभयो । उहाँले राजीनामा दिने कुरा गरे दुनियाँलाई झुक्याउने कुरा मात्र गर्नु भएकोछ । उहाँले प्रधानमन्त्रीको राजीनामा भने अनिवार्य रहेको पनि बताउनुभयो । यसैबीच, मंगलबार काङ्ग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध पारेको छ ।

रंगशालामा एमाले-माओवादी भिडन्त
युवा सङ्घ नेपालले आफूलाई भौतिक कारबाही गर्ने धम्की दिएको आरोप लगाउँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले अहिले आफूलाई प्रहरीको सुरक्षा घेरामा राखेका छन् । जसका कारण अहिले खेलकुद परिसरमा खेलाडी नभई प्रहरी मात्र देखिन थालेका छन् । सञ्चारकर्मीहरूलाई समेत परिसद् प्रवेश गर्न अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ ।
गतसाता एमालेका वरिष्ठ नेता केपी शर्मा ओली र युवा नेता महेश बस्नेतले खेलकुदकै प्राङ्गणमा सदस्यसचिव लामाको धज्जी उडाउँदै नियम कानुनसम्मत चल्न र तमासा नदेखाउन खबरदारी गरेका थिए । सोही अवसरमा नेता बस्नेतले लामाको एमालेप्रतिको व्यवहार यस्तै रहे नराम्रो परिणाम भोग्नुपर्ने धम्कीसमेत दिएका थिए । त्यसको भोलिपल्टै सदस्यसचिव लामाले सोही स्थानमा कार्यक्रम गरी आफू संयुक्त सरकारको सदस्यसचिव भएको खुलासा गर्दै आफूले नभई नेताहरूले तमासा गरेको आरोप लगाएका थिए । सो अवसरमा लामाले प्रचण्डको दुहाई दिँदै आफूले चलचित्रमा झैं खेलकुदमा पनि निर्देशन गरिरहेको बताएका थिए । लामामो उक्त अवसरमा आफूले ऐन र कानुनले दिएको सबै अधिकार प्रयोग गर्ने र कसैसँग नडराउने प्रस्ट पारेका थिए । उता युवा सङ्घ नेपालले सदस्यसचिव युवराज लामाले लगाएको ज्यान मार्ने धम्कीको आरोपप्रति गम्भीर आपत्ति जनाएको छ । सङ्घले यस्ता कायरतापूर्ण धम्की र गाली गलौजमा आफ्नो विश्वास नभएको बताउँदै यो सबै लामाको नाटक भएको बताएको छ । युवा सङ्घ खुला राजनीतिक सङ्गठन भएकोले विघटन, गठन र हस्तक्षेपका विरुद्धमा खुला रूपमा सङ्घर्ष गर्ने बताएको छ । साथै सङ्घले युवा सङ्घको नाम जोड्नु पहिले त्यसको पुष्टि गर्नसमेत लामालाई चुनौती दिएको छ ।
राजनीतिक पूर्वाग्रह राख्दै एमालेका तीन सयभन्दा बढी कर्मचारी लामाले निकालेको र नियम-कानुनको उल्लङ्घन गरेर खेलकुदमा अराजकता फैलाएको विरुद्धमा बुधबार युवा सङ्घले खेलकुदमा विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ । यदि उक्त कार्यक्रममा कुनै हस्तक्षेप भयो र अप्रिय घटना भयो भने त्यसको जिम्मेवारी लामाले लिनुपर्ने बताएको छ । तर्सथ खेलकुदमा एमाले र माओवादीको साँढे जुधाईका कारण उत्पन्न हुनसक्ने परिस्थित्रि्रति सुरक्षा निकायहरू निकै सचेत बन्नुपर्ने देखिएको छ ।

विष्ट अस्पताल भर्ना
ख्यात्रि्राप्त दार्शनिक रुपचन्द्र विष्टका भाइ एवम् समाजसेवी झलकचन्द्र विष्ट अस्वस्थ भई उपचार्रार्थ अस्पताल भर्ना हुनुभएको छ । छातिमा समस्या आएपछि गत बुधबार बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना हुनुभएका विष्टको फोक्सोमा पानी भरिएको अस्पताल सुत्रले जनाएको छ । उहाँको उपचारमा डा. यादव भट्ट संलग्न हुनुभएको छ । विष्टको स्वास्थ्यस्थित निकै धिमा गतिमा मात्र सुधार भएको बताइएको छ । उहाँको श्वासप्रश्वासमा समस्या रहेको छ ।

लन्डन ओलम्पिकको दिनगन्ती सुरु
सन् २०१२ को लन्डन ओलम्पिक र पाराओलम्पिक खेल एक वर्षपछि सुरु हँुदै छ । यसै सन्दर्भमा गत ११ गते बुधबार बेलायती दूतावासमा आयोजित एक समारोहबीच उपराष्ट्रपति परमानन्द झाले सो खेल आगमनको दिनगन्ती प्रारम्भ गर्नुभयो । उपराष्ट्रपति झाले ओलम्पिक ज्वालाको प्रतीकस्वरूप पानस-बत्ती बाल्नुभयो भने बेलायती राजदूत जन टक्नटले खेलकुदको जोसको लय समेटिएर दूतावासको पर्खालमा बनाइएका भित्तेचित्रको अनावरण गर्नुभयो ।
सो अवसरमा राजदूत जन टक्नटले ‘आजदेेखि एक वर्षसम्म लन्डनले खेलकुदको अनुष्ठानको थालनीमा संसारलाई स्वागत गर्नेछ, ओलम्पिक खेलले पृथ्वीका राष्ट्र र जनताबीच समझदारी, शान्ति र मेलमिलापको प्रतिनिधित्व गर्दछ’ भन्ने अभिव्यक्ति दिँदै विश्वभरिका लाखौँ दर्शकका अगाडि नेपालका खेलाडीले राष्ट्रिय झन्डासहित सगौरव परेड गरिरहँदा वातावरणमैत्री ओलम्पिक रंगशालामा गुञ्जायमान हुने दाबी गर्नुभयो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले यसका लागि लन्डनलाई बधाई दिँदै दिनगन्ती थालनीको स्वागत गर्नुभएको थियो भने समारोहमा नेपालका ओलम्पियनहरूसहित खेलकुदसम्बद्ध ख्यात्रि्राप्त व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रजातन्त्र सेनानी जोशी रहेनन
परासी/ २००७ का प्रजातन्त्र सेनानी रुद्रकेशर जोशीको ८० वर्ष उमेरमा निधन भएकोमा नेपाली काङ्ग्रेस नवलपरासीले शोक व्यक्त गरेको छ । वि.सं. १९८८ मा नवलपरासीको मुकौली गाविस नदवामा जन्मिनुभएका जोशीले नेपाली काङ्ग्रेसद्वारा आयोजित जनक्रान्तिमा राणाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचारबाट प्रभावित जोशी २००७ सालको क्रान्तिमा त्रिवेणी र गुठीपरसौनी क्षेत्रमा सक्रिय रही आन्दोलनलाई निर्ण्ाायक बिन्दुमा पुर्‍याउन सक्रिय रहनुभएको बताइएको छ ।
मिलनसार र शिष्ट भाषाका प्रतीक जोशीको २०६८ असार ३ गते रूपौलिया गाविसको फेचुवा गाउँमा निधन भएको थियो भने स्वर्गीय जोशीले आफू जीवित छँदा स्थानीय राष्ट्रिय उमावि छिवनीलाई दुई बिघा जग्गा दान गर्नुभएको उमाविका प्राचार्य मोती चौधरीले जानकारी दिए । जोशीको तेह्रौँ पुण्यतिथिका दिन नेपाली काङ्ग्रेस रूपौलिया गाविसले श्रद्धाञ्जली सभाको आयोजना गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो । सो अवसरमा नेपाली काङ्ग्रेस नवलपरासीका सभापति देवेन्द्रराज कँडेलले निष्ठाको राजनीति गर्ने स्व. जोशीको निधनले होनहार स्वतन्त्रता सेनानी गुमाएको बताए । इकाइ सभापति रणबहादुर मुडभरीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली समारोहमा देवकरण कलावर, श्यामकृष्ण अधिकारी, काशीनाथ न्यौपाने, लालमन चौधरी, नारायण गुप्ता, प्रकाश न्यौपानेलगायतले स्वर्गीय जोशीको राजनीतिक यात्राबारे चर्चा गरे ।
उता फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य अजय शाहीले सक्षम, अनुशासित, लगानशील खेलाडीको चयन भएमा मात्र राष्ट्रको शिर ठाडो रहने बताए । गामीण क्षेत्रमा पनि असल खेलाडी उत्पादन गर्न सकिने हुँदा क्षेत्रीयस्तरको प्रतिस्पर्धा गर्न जरुरी रहेको केन्द्रीय सदस्य शाहीले जोड दिए ।
युवा सशक्तीकरण गाविसस्तरीय क्रिकेट टर्ुनामेन्टको उद्घाटन गर्दै शाहीले सो कुरा बताएका हुन् । सो अवसरमा सीमावर्ती गाविसका १० क्रिकेट टिमको सहभागिता रहेको आयोजना बताए । -आर.पी. उपाध्याय

सशस्त्र महानिरीक्षकमा श्रेष्ठ
गत १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सशस्त्र प्रहरी महानिरीक्षकमा हालै पदोन्नति हुनुभएका शैलेन्द्रकुमार श्रेष्ठलाई गृहसचिव लीलामणि पौड्यालले सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।
गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव पौड्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गर्दै सशस्त्र प्रहरी बलमा नेपाली सेना र नेपाल प्रहरीबाट स्थानान्तरण भएर आएका तथा बलले खुल्ला प्रतियोगिताद्वारा छनोट गरेका तीन खालका जनशक्ति रहेकोले सबैको क्षमताको अधिकतम् उपयोग गरेर उपलब्ध श्रोत-साधनको अधिकतम् उपयोग गरी परिणाममुखी कार्य गर्नुपर्ने बताउनुभयो भने नवनियुक्त महानिरीक्षक श्रेष्ठले सङ्गठनको म्यान्डेटअनुरूपको दायित्व पूरा गरिने वाचा गर्नुभयो ।
०१७ साल मङ्सिर ५ गते प्यूठान खलङ्गामा जन्मनुभएका महानिरीक्षक श्रेष्ठले ०३८ सालमा नेपाली सेनाको सहायक सेनानी दर्जाबाट सेवा प्रवेश गर्नुभएको थियो भने प्रमुख सेनानी
दर्जाबाट ०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भई पदोन्नति हुँदै ०६४ साउन १४ मा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुनुभएको थियो ।

रोल्पाका घनश्यामलाई इन्सेक पुरस्कार
मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत एकजनालाई हरेक वर्ष प्रदान गरिँदै आएको प्रकाश मानवअधिकार पुरस्कार- २०६७ रोल्पाका घनश्याम आचार्यलाई प्रदान गरिने भएको छ । पचास हजार नगदका साथै सम्मानपत्र तथा इन्सेकको प्रतीक चिह्न प्रदान गरिने सो पुरस्कारबाट ४० वर्षीय आचार्यलाई सम्मानित तुल्याइनुको कारण प्रस्ट्याउँदै इन्सेकले भनेको छ, ‘१५ वर्षको कलिलै उमेरमा जुनियर रेडक्रसमा आबद्ध भई सार्वजनिक जीवनको पहिलो खुड्किलो सुरु गर्नुहुने आचार्य विगत दुई दशकभन्दा बढी समयदेखि मानवअधिकार आन्दोलनमा सक्रिय हुनुहुन्छ ।
निष्पक्ष मानवअधिकारकर्मीका रूपमा मूल्याङ्कित र सम्मानित इन्सेकका पूर्व जिल्ला प्रतिनिधि आचार्य इन्सेक सहकर्मी संस्था मानवअधिकार सचेतन केन्द्र ? हुरेक), नागरिक समाज रोल्पा, मानवअधिकार सञ्जाल, स्थानीय शान्ति समिति, द्वन्द्वपीडित राहत छनोट जिल्लास्तरीय कार्यदल, लैङ्गिक हिंसाविरुद्धमा जिल्लास्तरीय स्रोत समूहमा नेतृत्वदायी भूमिकाका साथ निरन्तर आबद्ध रहँदै आएका छन् ।’
यो पुरस्कारबाट सम्मानित हुने आचार्य १७औँ व्यक्ति हुन् । -खुश्बु ढुंगाना

पर्सा पत्रकारका नेता परिवर्तन
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको बैठकले धु्रव साहलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । पत्रकार महासङ्घका अध्यक्ष अशोक तिवारी आर्थिक अनियमिततामा मुछिएको भन्दै केन्द्रले मध्यमाञ्चल संयोजक महेश दासको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिको प्रतिवेदनउपर अन्तिम निर्णय नहुञ्जेलसम्म अशोक तिवारीलाई अध्यक्ष मान्दा नैतिक रूपमा महासङ्घमाथि नै गम्भीर प्रश्नचिह्न खडा हुने ठहरका साथ बैठकले उपाध्यक्ष साहलाई कार्यवाहक अध्यक्ष चयन गरेको बताइएको छ ।

माछापुच्छे्रको नयाँ सेवा सुरु
माछापुच्छे्र बैंक लिमिटेडले गत १३ गते आइतबारदेखि ‘एमबीएल मोबाइल मनी’ नामको नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत ग्राहकले आफ्नो मोबाइलबाट म्यासेज पठाएर रकम एउटा खाताबाट अर्को खातामा ट्रान्सफर गर्ने, नेपाल टेलिकमको पोस्टपेड मोबाइलको मासिक महसुल भुक्तानी गर्ने, नेपाल टेलिकमको प्रिपेड रिचार्ज कार्ड खरिद गर्ने, नेपाल टेलिकमकै ल्यान्डलाइन फोनको मासिक महसुल भुक्तानी गर्ने, पसलमा गरिएको सामान तथा सेवा खरिदको रकम भुक्तानी गर्ने, आफ्नो खाताको ब्यालेन्स इन्क्वायरी गर्ने, विदेशी मुद्राको विनियम दरको जानकारी लिन सकिने तथा आफ्नो खाताबाट भएको कारोबारको जानकारी लिन सकिने बैंकले जनाएको छ ।
यसैगरी उक्त नयाँ सेवाबाट म्यासेज पठाएर नै स्कुल तथा कलेजको मासिक शुल्क भुक्तानी गर्न सकिनेेछ । यस्ाको लागि दुवै पक्षको खाता बैंकमा हुनुपर्ने व्यवस्था रहेको बताइएको छ । माछापुच्छ्रे बैंकको नेपाल अधिराज्यभर रहेका ३९ वटा शाखाबाट यस्तो आधुनिक सुविधा उपलब्ध हुने व्यवस्था गरिनुका साथै बैंकले निकट भविष्यमा अन्तर्रर्ााट्रय स्तरको क्रेडिट कार्ड निष्कासनको तयारी गरिरहेको पनि बताइएको छ ।

सिटिजन्सले सुरु गर्‍यो घरदैलो बैंकिङ
सिटिजन्स बैंक इन्टरनेसनल लि.ले आफ्ना ग्राहकवर्गलाई अझ बढी सेवा प्रदान गर्ने उद्देश्यले सिटिजन्स घरदैलो बैंकिङ सेवा सुरु गरेको छ । यसअन्तर्गत बैंकका ग्राहकले आफ्नो घरआँगनमै दुई लाखभन्दा बढीको नगद भुक्तानी तथा जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधा हाल मुख्य शाखा कमलादीबाट काठमाडौं उपत्यकाभित्र लागू गरेको तथा निकट भविष्यमा नेपाल अधिराज्यभर रहेको बंैकका ३२ वटै शाखा कार्यालयबाट यो सेवा प्रदान गरिने दाबी गरिएको छ । यो सेवा उपभोग गर्नका लागि ग्राहक वर्गहरूलाई बैंकको टेलिफोन नं. ०१-४२४६२५५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
यसअघि सिटिजन्स बैंकले पचास हजारको न्यूनतम मौज्दातमा दसैं-तिहार मुद्दती निक्षेप योजना लागू गरिसकेको छ । यस खातामा ९० दिनको निक्षेपमा १२ प्रतिशत वारि्षक ब्याज प्रदान गरिने ? दैनिक मौज्दातमा) तथा मासिक ज्याज भुक्तानी गरिनेलगायतका सुविधाहरू प्रदान गरिएको छ ।

ज्ञानभैरव क्लबद्वारा छात्रछात्रा सम्मानित
ज्ञानभैरव क्लब, ज्ञानेश्वरले २०६७ सालको एसएलसीमा सामेल भएर विशिष्ट श्रेणी, प्रथम एवम् द्वितीय श्रेणीमा सफलतापूर्वक उत्तीर्ण भएका ज्ञानेश्वर- ३३ वडाका छात्रछात्रालाई एक समारोहबीच सम्मान तथा बधाई ज्ञापन गर्‍यो । क्लबका अध्यक्ष वसन्तकुमार राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक गोपीकृष्ण शर्माले सफलता हासिल गरेका छात्रछात्रालाई सम्मान प्रदान गरेका थिए । २५ जना विद्यार्थीलाई उक्त अवसरमा सम्मानित गरिएको थियो ।
सम्मानित हुने विद्यार्थीमध्ये उत्कृष्ट अङ्क ल्याई विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सफल वृहस्पति विद्यासदनकी छात्रा अनिशा राउतले सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै आउने दिन चुनौतीपूर्ण भएकाले अध्ययन कार्यमा अरू बढी लगनशील भएर लाग्ने बताइन् ।
ज्ञानभैरव क्लबका सचिव रामेश्वर राउत, वि.व्य.स.का अध्यक्ष अरुणकृष्ण मगर, ज्ञानभैरव महिला समाजकी अध्यक्ष ज्योति सुब्बा राई, ज्ञान विकास निमाविका प्राध्यापक रमादेवी थापा ? अधिकारी)ले सम्मानित छात्रछात्राको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

छुन्ताले पोलेपछि गिरोहको पर्दाफास
नुवाकोट/ घरमा नौजना छोराछोरी हुँदा पनि पैसाको लोभमा विदेशी नागरिकको नक्कली बाबु बनी नागरिकता बनाउन खोज्ने एक वृद्ध प्रहरीको फन्दामा परेका छन् ।
र्सर्ूयमती गाउँ विकास समिति वडा नम्बर- ८ का भक्तबहादुर गुरुङले भारत बेंग्लोरकी छुन्ता लामाको नक्कली बाबु बनी जिल्ला प्रशासन कार्यालयमा सनाखत गरेका थिए । तर, नागरिकताका लागि निवेदन दिएकी छुन्ताको बोलीचाली र व्यवहार शङ्कास्पद लागी सोधखोज गर्दा नक्कली नागरिकता बनाउने गिरोहको पर्दाफास भएको हो ।
भारत बेंग्लोरस्थित जाङगुप गुम्बामा आठ वर्ष बसी दुई महिनाअघिदेखि काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा रहँदै आएकी छुन्ता सोही गुम्बामा कार्यरत र्सर्ूयमतीकै युवा देवेन्द्र न्यौपानेमार्फत नुवाकोट आएकी थिइन् । आफूले नागरिकताका लागि कबोल गरेको साठी हजार रुपैयाँमध्ये दश हजार गाविस सचिवलाई दिएको छुन्ताको भनाइ छ । उनको बयानपछि नक्कली नागरिकता बनाउने कार्यमा गाविससचिवको समेत संलग्नता रहेको पाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले छुन्तासहित झुटो विवरण पेस गरेर नागरिकता बनाउन नक्कली सहयोगीको भूमिका निर्वाह गर्ने र्सर्ूयमती आठका भक्तबहादुर गुरुङ, सोही ठाउँका देवेन्द्र न्यौपाने, कृष्णप्रसाद थपलियालाई नियन्त्रणमा लिएको छ भने अन्य दुईको खोजी भइरहेको जनाएको छ ।
नक्कली नागरिकता बनाउने गिरोहका सम्बन्धमा थप अनुसन्धान भइरहेको र संलग्न सबैलाई नागरिकता ऐन २०६३ अनुसार कारबाही चलाइने प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीले जानकारी दिए ।
-शिव देवकोटा

अमेरिकामा चन्दा उठाएर स्कुल उकास्ने तयारी
बोस्टन ? अमेरिका)/ करिब दुई वर्षाअघि स्थापना भएको हिमालयन लायन्स क्लबको ०११/१२ का लागि पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भयो । दुई महिनाअघि सम्पन्न लायन्स क्लबको साधारणसभाले तत्कालीन प्रथम उपाध्यक्ष शिवप्रकाशलाई नयाँ कार्यसमितिको अध्यक्षमा मनोनयन गरेको थियो । गतसाता सम्पन्न पदभार ग्रहण कार्यक्रममा ‘डिष्ट्रिक ३३-के’का गभर्नर म्याथ्यु रिचर्डसनले नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारीलाई पदको शपथ गराउनुभएको थियो । सो अवसरमा म्याथ्युले लायन्स क्लबको महत्त्व र उपादेयताका बारेमा प्रकाश पार्दै नवागन्तुक तीन सदस्यलाई लायन्सको लोगो हस्तान्तरण गर्नुभयो । सोही अवसरमा अध्यक्ष शिवप्रकाशले आफ्नो काँधमा थप जिम्मेवारी आएको जनाउँदै क्लबलाई अझ सक्रिय बनाएर लैजाने वाचा गर्नुभयो ।
नवनिर्वाचित क्लबका पदाधिकारीहरू प्रथम उपाध्यक्ष विष्णु कार्कीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन तथा आन्तरिक सम्बन्ध, सन्तोष सुवेदीको संयोजकत्वमा सदस्यता वितरण, तृतीय उपाध्यक्ष राम थापाको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम, राम धितालको संयोजकत्वमा खाना व्यवस्थापन, कोषाध्यक्ष महेश्वर पन्तको संयोजकत्वमा रक्तदान कार्यक्रम, उत्तम कार्कीको संयोजकत्वमा चन्दा सङ्कलन बक्स व्यवस्थापन, अनु शाहको संयोजकत्वमा कोष सङ्कलन तथा कृष्णराज खनालको संयोजकत्वमा प्रचार-प्रसार समिति गठन गरिएको छ । २७ सदस्यीय क्लबले विभिन्न कार्यक्रम आयोजना गरी रकम सङ्कलन कार्यलाई तीव्रता दिइरहेको छ र सो रकम नेपालको कुनै ग्रामीण विद्यालयलाई प्रदान गरिने जनाइएको छ ।-कृष्णराज खनाल

सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्न माग
सुदूरपश्चिमको केन्द्र महेन्द्रनगरमा विश्वविद्यालय स्थापना गर्नका लागि निकै समयअघि गरिएको निर्णय हालसम्म पनि कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री तारिणीदत्त चटौतले यथाशीघ्र सुदूरपश्चिम विश्वविद्यालय स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ । सुदूरपश्चिमप्रतिको सरकारी उपेक्षाभावप्रति खेद प्रकट गर्दै नेता चटौतले सुदूरपश्चिम र खासगरी महेन्द्रनगर कञ्चनपुरमा विद्यार्थी एवम् अभिभावकहरू विश्वविद्यालय स्थापनार्थ लामो समयदेखि आन्दोलित रहेको र सो सक्रिय आन्दोलनप्रति सरकारले पटक्कै ध्यान नदिएको आरोपसमेत लगाउनुभएको छ । जनताबाट उठेको जायज मागप्रति ध्यान नदिएकोमा सरकारलाई लापरबाह र निरीह संज्ञा दिँदै उहाँले जनताको सो आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाउनुभएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै नेता चटौतले भन्नुभएको छ, ‘सुदूरपश्चिमको महेन्द्रनगरमा विश्वविद्यालय स्थापना हुनु अपरिहार्य बनेको छ, यसबाट सो क्षेत्रका जनतालाई मात्र राहत पुग्ने नभई सिङ्गो राष्ट्र नै लाभान्वित र गौरवान्वित बन्ने निश्चित छ । यस तथ्यप्रति गम्भीर हुँदै पहिलेको निर्णयअनुसार यथाशीघ्र महेन्द्रनगरमा विश्वविद्यालय स्थापना गरी उपकुलपतिसहित पदाधिकारीहरूको नियुक्ति र उचित बजेट निकासा गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

पश्चिमबंगालका उद्यमी व्यवसायीलाई महासङ्घको सुझाव
भारतको ‘पश्चिमबंगाल-नेपाल चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्री’को प्रतिनिधिमण्डलले गत साता नेपाल उद्योग वाणिज्य महासङ्घसँग नेपाल र पश्चिमबंगालबीच आर्थिक/व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेको छ ।
भेटघाटका अवसरमा पर्यटन, शिक्षा, कोलकाता पोर्टमा रहेका विद्यमान कठिनाइहरू, प्राविधिक शिक्षालगायतमा विस्तृत छलफल भएको महासङ्घले जनाएको छ । सो अवसरमा नेपालमा पर्यटन क्षेत्रमा भएका सम्भाव्यतालाई पश्चिमबंगालमा प्रचारप्रसार गरी त्यहाँ आउने पर्यटकलाई नेपालतर्फ आकरि्षत गर्न संयुक्त पहल हुनुपर्ने, कोलकाता पोर्टमा देखापरेका प्रक्रियागत कठिनाइ सम्बोधन हुनर्ुपर्ने भनी नेपाली निजीक्षेत्रबाट उठाइएका विषयहरूमा पश्चिमबंगालकातर्फबाट सम्बोधन गर्न सक्दो सहयोग गर्ने र यसका लागि संयुक्त पहल हुनुपर्नेमा जोड दिइयो ।
टोलीनेता एवम् पश्चिमबंगाल नेपाल उवासङ्घका अध्यक्ष दिलीपकुमार जैसवालले छिमेकी देश नेपालसँगको आर्थिक/व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने, सहयोगका नयाँ क्षेत्रहरूको पहिचान गर्ने र देखिएका समस्याहरूको पहिचानसहित समाधानका उपायहरू निकाल्ने उद्देश्यले भ्रमण भएको जानकारी गराउनुभएको थियो । उहाँले नेपाल सरकार तथा नेपाली निजीक्षेत्रसँग भएको वार्ता निकै फलदायी भएको पनि बताउनुभयो । साथैै आफ्नो संस्था पश्चिमबंगाल र नेपालबीचको आर्थिक/व्यावसायिक सम्बन्ध विस्तारकै लागि गठन भएकाले आपसी हितका विषयलाई प्रभावकारी बनाउने सम्बन्धमा महासङ्घबाट प्राप्त सुझावहरूलाई मनन गरी अगाडि बढ्ने विश्वाससमेत उहाँले दिलाउनुभयो ।

पत्रकारद्वयको विश्वभ्रमण योजना
भोजपुरका दुई पत्रकार नेपाल भ्रमण पूरा गरी विश्व भ्रमणको योजनामा रहेका छन् । ‘विश्वमा प्रेस स्वतन्त्रता, प्राथमिकतामा सकारात्मक पत्रकारिता’ नारासहित भ्रमणमा निस्किएका पत्रकारद्वय नारायणप्रसाद भट्टराई ‘सोहम’ र नवराज भट्टराई ‘कोहम’ यतिबेला विश्वभ्रमणको तयारी, आवश्यक प्रक्रिया र सहयोगका लागि व्यस्त रहेका छन् ।
०६५ कात्तिक २ गते भोजपुरको दिङ्लाबाट यात्रा थालेका भट्टराईद्वयले दुई वर्षको अवधिमा ०६७ कात्तिक १ गते नेपालको ७५ वटै जिल्लाको भ्रमण पूरा गरेका थिए । ‘नेपालको पत्रकारिताको अवस्था सङ्कटमा पर्दै गएको अवस्थामा स्वतन्त्र पत्रकारिताको नारा र सन्देश लिएर हामी भ्रमणमा निस्केका हौैँ,’ सोहमले भने, ‘अब चाँडै नै हाम्रो नेपाल भ्रमणबारेको पुस्तक प्रकाशन हुँदै छ ।’ ‘नेपाल भ्रमणका ७३० दिन’ नामक पुस्तकमा देशका महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूको जानकारीका साथै पत्रकारिता अवस्थाबारे पनि समेटिने उनले जानकारी दिए । पुस्तक प्रकाशनपछि सन् २०१२ बाट विश्वभ्रमणको यात्रा भारतबाट सुरु गर्ने र भ्रमणका लागि नेपाल पत्रकार महासङ्घका अध्यक्षले आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिएको सोहमको भनाइ छ ।
पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा युवा पिँढीको प्रवेश बढेको र सहज बन्दै गएको आफूहरूले पाएको उनीहरूले बताएका छन् । कोहमले भने, ‘पत्रकारितामा अभाव, दबाब र प्रभावको समस्या देखिएको छ, विश्वसनीयता कायम गर्न पत्रकारहरूले अझै कडा मिहिनेत गर्नुपर्छ ।’ मनोक्रान्ति साप्ताहिकबाट ६ वर्षअघि पत्रकारिता थालेका भट्टराईद्वय नेपाल पत्रकार महासङ्घ ललितपुर शाखासँग आबद्ध छन् ।
-फणिन्द्र संगम

नुवाकोट काङ्ग्रेस मर्माहत
अविरल वर्षा र बाढीपहिरोका कारण नुवाकोटका विभिन्न क्षेत्रमा भएको व्यापक धनजनको क्षत्रि्रति नेपाली काङ्ग्रेस नुवाकोटले दु:ख प्रकट गरेको छ । उक्त घटनाबाट पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले राहत सङ्कलन अभियान सञ्चालन गरिएकोमा काठमाडौंमा रहेका नेपाली काङ्ग्रेस नुवाकोटका नेता-कार्यकर्ताबाट ६८ हजार पाँच सय ६२ रुपैयाँ र नुवाकोटबाट ५६ हजार सहयोग रकम सङ्कलन भएको बुझिएको छ । यसरी सङ्कलित रकम जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत पीडितसमक्ष पठाइने जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिएका छन् ।