गुल्मी जिल्लाको बार्षिक भेटघाट सम्पन्न

गुल्मी जिल्लाको बार्षिक भेटघाट सम्पन्न


gulmi 1लण्डन । गुल्मी जिल्ल्ला समाज यूकेको बार्षिक भेटघाट कार्यक्रम यूकेको फानवोरोहस्थित कलेजको मैदानमा भब्य रुपमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रममा संस्थाको स्मारिका हाम्रो सेवाको बिमोचनसमेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष्य अर्जुन गौतमले गरेकाथिए भने कार्यक्रमको संचालन प्रथम चरणमा महासचिब राम गलामी र दोस्रो चरणमा सचिब शिब भण्डारीले गरेकाथिए । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्री तथा अध्यक्ष्य अर्जुन गौतमले संयुक्त रुपमा दीप प्रज्वलन गरी गरेकाथिए । एन आर एन यूकेका अध्यक्ष्य कूल आचार्यलगायत अन्य बिशिष्ठ व्यक्तिहरुको आथित्य रहेको सो कार्यक्रमको शुरुवात नेपाली राष्ट्रिय गानबाट गरिएको थियो्र कार्यक्रममा मन्तब्य उपाध्यक्ष्य ओम गुरुङले दिएकाथिए ।

कार्यक्रमको अर्को चरणमा निबर्तमान कार्यसमितिका पदाधिकारीको बिगतको योगदानको कदर गर्दै कदर पत्र, खादा तथा ट्रफीले सम्मान गरिएको थियो । सोही क्रममा समाजमार्फत जिल्लामा प्रकाश गौतम प्रज्ञा पुरस्कारको रुपमा शैक्षिक छात्रवृति प्रदान गर्दै आएका सल्लाहकार सुरेश गौतम तथा स्वर्गीय आमा नर्मदा सापकोटाको सम्झनामा अर्को छात्रवृति स्थापना गर्ने घोषणा गरेका कार्यसमिति सदस्य राम प्रसाद सापकोटालाई सम्मान गरिएको थियो । सोही अवसरमै शैक्षिक क्षेत्रमा प्रगति गर्ने नव युवा युवती तथा नया आजीवन सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्य चरणतिर मन्तव्यको क्रममा प्रमुख अतिथि तेज बहादुर क्षेत्री, एन आर एन यूकेका अध्यक्ष्य कुल आचार्य आदि सबैले गुल्मी जिल्ला समाज यूकेको सेवामुखी कार्य सबै देशबासीलाई उदाहरणीय रहेको र आगामी दिनमा प्रगति उन्मुख शुभकामना दिएकाथिए । संस्थापक अध्यक्ष्य ओम थापाले संस्थाको हालसम्मको सेवामुखी कार्य गौरब गर्न योग्य रहेको बताउँदै नया कार्य समितिको पूर्ण सफलता र आफ्नो प्रतिबद्धता जाहेर गरेकाथिए । औपचारिक कार्यक्रमको अन्त्यपछि सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न नाचगानहरु प्रस्तुत गरिएको थियो जसको संयोजन सदस्य रुद्र थापा तथा मंजु खरेलले गरेकाथिए । खानपिन नाचगान खेलकुदलगायत बिबिध सांस्कृतिक तथा मनोरंजनले भरिपुर्ण उक्त कार्यक्रममा यूकेका विभिन्न क्षेत्रमा रहेका गुल्मेलीहरुको बृहत सहभागिता थियो । कार्यक्रममा ७०० भन्दा बढीको उपस्थिति रहेको थियो ।-मेस