अ ने वा प्रतिष्ठान बेलायतको मोती जयन्ती सम्पन्न

अ ने वा प्रतिष्ठान बेलायतको मोती जयन्ती सम्पन्न


motijayantiलण्डन । अन्तर्राष्ट्रिय नेपाली वागमय प्रतिष्ठान बेलायतले हिजो विभिन्न महत्वपूर्ण निर्णयका साथै १४८ औं मोती जयन्ती लन्डनस्थित विल्विचमा भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विकल चन्द्र आचार्यले कार्यक्रममा बोल्दै सस्थाको पहिलो वार्षिक उत्सवको अवसरमा अन्र्तराष्ट्रिय नेपाली वागमय “नक्षेत्र” पुरस्कारबाट पूर्व सभासद एवम कमलरी आन्दोलनका अगुवा नेत्री श्रीमती शान्ता चौधरीलाई उनको पुस्तक “कम्लरीदेखि सभासदसम्म” लाई प्रदान गरिएको घोषणा गर्नुभयो । आचार्यले शान्ता चौधरी जस्ता क्रान्तिकारी हिम्मत र जाँगर भएकी महिलालाई यो पुरस्कार दिन पाउनु अन्तर्राष्ट्रिय नेपाली वांगमय प्रतिष्ठानकै गौरब भएको र यसले समग्र पिछडिएका नेपाली महिलाहरुको उत्थानमा ठूलो सहयोग पुर्याउने सन्देश दिन सक्छ भन्नु भयो ।
त्यस्तैगरी सस्थाका वोर्डअफ ट्रष्टिका अध्यक्ष खगेन्द्र पाठकले मोतिजयन्तीको अवसर पारेर नारी हस्ताक्षर शान्ता चौधरीलाई यो पुरस्कार प्रदान गर्न पाउनु मोती जयन्तीलाई सार्थक तुल्याउनु र मोतिरामको बाटोमा वांगमय प्रतिष्ठान हिडिरहेको छ भन्ने संकेत दिनु पनि हो भन्नु भयो । अनेवा वेलायतको बैठकले यस अघि सर्वसम्मतबाट पुरस्कार दिने निर्णय गरेको थियो भने केन्द्रिय उपाध्यक्ष डा सुषमा आचार्य र केन्द्रिय सदस्य डा यादब प्रसाद लामिछानेले सिफारिस तथा छनौंट प्रक्रियामा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । उक्त पुरस्कार पचास हजार राशीको छ ।
सस्थाका उपाध्यक्ष गोपीकृष्ण प्रसाईंले वागमय प्रतिष्ठानको वार्षिक प्रतिवेदन र प्रगति विवरण ,सस्थाले गरेका महत्वपूर्ण कार्यहरुको संक्षेपमा जानकारी प्रस्तुत गर्नुभयो । उहाँले युवा कवि मोतिराम भट्टको जीवनी एवम् छोटो समयमा पनि नेपाली साहित्यलाई उर्वर बनाउन, उत्थान गर्नु साथै भानुभक्तलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नु भयो भने माध्यमिक कालिन नेपाली साहित्यका अग्रज मोतिराम पहिलो आधिकारीक समालोचक र गजलकार भएको जनाउदै उनको अथक जाँगर, मेहनत र आरधनाले मोतिराम युगको स्थापना भएको टिप्पणी गर्नु भयो । मोतिराम भट्ट माध्यमिक कालिन नेपाली साहित्यका मेरुदन्ड र बलियो खम्बा भएको बताउनु भयो ।
सस्थाकी महासचिवले जयालक्ष्मी राईले वागमय प्रतिष्ठानले प्रदान गर्ने पुरस्कारहरु र नेपालमा स्थापित डायस्पोरिक लाइब्रेरीको बारेमा जानकारी गराउनु भयो । साथै वांगमय प्रतिष्ठान अगाडि बढेर भिन्न भिन्न कार्यक्रमहरु डायस्पोरामा पस्कदै वेलायतमा दोश्रो चोटीे नेपाली साहित्यका अत्यन्तै उच्चकोटिका श्रष्टा मोतिराम भट्टलाई सम्झिरहेकोमा आपूmलाई अपार आनन्द लागेको बताउनु भयो । टिप्पणीमुलक जानकारीहरु दिदै बडो रोचक अनि उल्लासमय वातावरणमा कार्यक्रम संचालन गर्नु भएको थियो ।
विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वास दिप तिगेला पनि अतिथिकोरुपमा कार्यक्रममा उपस्थित हुनु भएको थियो । उहाँले पुराना सहकर्मी साथीहरुलाई भेटेर आपूmलाई अपार आनन्द लागेको भन्दै विश्व नेपाली साहित्य महासंघकाकोे बारेमा चर्चा गर्नुभयो । जुनसकै संगठनमा रहेर पनि नेपाली भाषा साहित्यकै उत्थान गर्ने हो भन्दै धेरै साहित्यिक सस्था स्थापना भए पनि नेपाली डायस्पोरामा कुनै फरक नपर्ने, यसले साहित्यको विकास अझ मजबुद भएर जाने कुरा बताउनु भयो ।
अनेवाले आफ्नो केन्द्रिय कार्यसमितिमा केहि नयाँ थपघट, हेरफेर र कार्य विभाजन गरेको छ । जसअनुसार कोषाध्यक्ष गोपी साप्कोटा, डा सोहन घिमिरे सदस्य (स्कटल्याडको संयोजक), मुकुल दाहाल (अनुबाद संयोजक) शान्ता संग्रौंला (महिला साहित्य उत्थान संयोजक) श्री हरि केसी (सल्लाहकार) यसैगरी सदस्यहरुमा रामहरि पौड्याल, कविता याक्सो, सबी श्रेष्ठ, सन्ध्या रेग्मी, कुस बस्नेत, महेन्द्र कुवर, विष्णु पोमो, उन्नती पाठक, संतोष खनाल, मन्जु भन्डारी र नक्षेत्र पुरस्कार विजेता शान्ता चौधरीलाई मानार्थ सदस्य प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा विभिन्न श्रष्ठाहरुले आफ्ना रचनाहरु सगौरव वाचन गरेका थिए । कविता गीत गजल वाचन गर्नेहरुमा गोपीकृष्ण प्रसाई, विकल आचार्य, शान्ता संग्रोउला, सावी श्रेष्ठ, खगेन्द्र पाठक, जया राई, विश्वास दिप तिगेला, लय प्रसाईं, संतोष खनाल, मन्जु भन्डारी,महेन्द्र कुँवर आदि ।
भोजनको व्यवस्थापन कुस बस्नेतले गर्नु भएको थियो भने सभा हल खगेन्द्र पाठकको सौजन्यतामा उपलब्ध भएको थियो । कार्यक्रम दिउँसो चार बजेबाट बेलुका आठ बजेसम्म सुचारु रुपले संचालन भएको थियो ।
-गोपीकृष्ण