सात हजार सदस्यको सत्तरी हजार पाउण्ड कँडेलले पारे झ्वाम

सात हजार सदस्यको सत्तरी हजार पाउण्ड कँडेलले पारे झ्वाम


nrnkhabarकाठमाडौं, ४ भदौ। एनआरएनको जननी बेलायतमा यतिखेर एनआरएनको नाममा कमाउ खेल पनि शुरु भएको छ।
एनआरएनको एनसिसि बेलायतको चुनाव गर्न गठित निर्वाचन समितिप्रति असहमति जनाउने नाममा अध्यक्षका आकांक्षी महेन्द्र कँडेल लगायतले सत्तरी हजार पाउण्ड रकम गोजीमा हालेका छन्।

प्रत्येक एनआरुएन नेपालीबाट सदस्यता शुल्क बापत संकलन भएको १० पाउण्डका दरले हुने रकम कँडेल लगायतले खल्तीमा हालेका हुन। सात हजार एनआरएन सदस्य बन्न चाहनेहरुलाई गुमराहमा राखेर कँडेलले उनीहरुलाई एनआरएन सदस्य बन्न त रोके नै साथमा बेलायतबाटै शुरु भएको एनआरएनको इतिहासलाई धव्वा लगाउने प्रयास पनि गरेका छन्। उनले आफू अध्यक्ष हुन भन्दै जिम्मा लिएर फर्म अहिले वेवारिसे बनेकव छ। उनले गाडीको डिक्कीमा हालेर ल्याएको फर्म बेलायतमा चर्चाको विषय भएको थियो।

बेलायतमा अनेक धन्दा गरेर नेपालमा पनि सोझा सोझा नेपालीलाई झुक्याउँदै आएका कँडेल र उनको समुह अहिले बेलायतमा रहेका नेपालीहरुलाई नै गुमराहमा पार्ने योजनामा रहेको देखिएको छ। एनआरएनलाई नै फुटाउँछु भन्दै उनी वेलायतवासी नेपालीहरुलाई गुमराहमा पार्न लागेका छन्।

दुईपटक उपाध्यक्ष भएका र यसपटक अध्यक्ष पाउनुपर्ने दावी गर्ने कँडेलको एकलकाँटे प्रवृती भने अहिले उनकै विरुद्ध हुन थालेको छ। कँडेलको व्यवहारका कारण उनका प्रतिष्पर्धीहरु
योगेन क्षेत्री र सूर्य नेम्वाङ पनि अन्यौलमा परेका छन्।

निर्वाचन समिति पारदर्शी बनाउन उनले राखेका माग अत्यन्तै पूर्वाग्रही भएको र चुनावमा हार्ने मानसिकताबाट आएको बेलायतका एनआरएनहरु बताउँछन्। उनीभने सम्भावित हारबाट बच्न अनेक हर्कतमा ओर्लेका छन्। सात हजार फर्म लिएर नयाँ एनआरएन बनाउने चुनौति दिदै हिड्नुलाई यहि हर्कत र नयाँ च्याँखे दाउको रुपमा समेत लिइएको छ। निर्वाचन समितिलाई बुझाउनु पर्ने फर्म नबुझाएर जानुले पनि उनी कस्तो निर्वाचन चाहन्छन भन्ने देखाएको कँडेललाई नजिकबाट नियालेका एक एनआरएन बताउँछन्।
NRNkhabar reporter