दुईवर्षदेखि बेलायतको जीसीएससीई रिजल्टमा ह्रास आएको छ

दुईवर्षदेखि बेलायतको जीसीएससीई रिजल्टमा ह्रास आएको छ


GCSCE students
लण्डन – भर्खरै प्रकाशित बीबीसी समाचारले बेलायतको जीसीएससीई परिक्षामा उत्कृष्ट रिजल्ट ल्याउन दोश्रो वर्षपनि लगातार ह्रास आएको खबर दिएको छ । ईङ्ग्ल्याण्ड, वेल्श र नर्दर्न आयरल्याण्डका ६ लाख जीसीएससीईका परिक्षार्थीहरुले धमाधम अहिले परिक्षाको रिजल्ट लिईरहेका छन् । स्कुलहरुको हेडसरहरुका अनुसार जीसीएससीईको पाठ्यक्रममा परिवर्तन गरेकाले गर्दा परिक्षार्थीहरुले राम्रो ग्रेड प्राप्त गर्न नसकेको कुरा बताएका छन् । दुईतिहाई परिक्षार्थीहरुको ग्रेड केवल “ए” र “सी”को मध्य रहेको तथ्याङ्क निकालेको छ । यस वर्ष “ए” ल्याउनेहरुको औसतन अनुपातिक हिसाबमा २२ दशमलव ४ प्रत्तिशत ल्याउनु पर्नेमा घटेर २१ दशमलव ३ प्रत्तिशतमा झरेको जानकारी दिएको छ । परिक्षाको २५ वर्षे ईतिहासमा पहिलोचोटि परिक्षामा उत्तिर्ण हुने संख्या न्यून रहेको छ । श्रोत – बीबीसी