पाँचवर्ष उमेरका दश जनामध्ये एक जनासंग मोबाईल फोन

पाँचवर्ष उमेरका दश जनामध्ये एक जनासंग मोबाईल फोन


kids using mobile phones
लण्डन – हामी अचेल प्रायःजसो मान्छेहरु स्मार्टफोनमा आफूलाई व्यस्त बनाएको दृष्यहरु देखेर अभ्यस्त भईसकेका छौ । बेलायतमा एउटा अनुसन्धानबाट बुवाआमाले आफना बच्चाहरुलाई सानै उमेरदेखि मोबाईल फोन उपलब्ध गराएको तथ्याङ्क प्रकाशमा आएको छ । सानै उमेरदेखि प्रत्येक दश जना बच्चाहरुमध्ये एक जना बच्चाले पाँचवर्षको उमेर पुग्नुअघि नै मोबाईल फोन प्रयोग गरेको कुरा टेलिकम कम्पनी यूस्विच डटकमको अनुसन्धान टोलीबाट प्राप्त भएको छ । टेलिकम एक्सपार्ट, आरनेष्ट डोकुले अभिभावकहरुले बच्चाहरुलाई मोबाईल फोन प्रदान गरेर अपातकालीन अवस्थामा ढुक्क बनेका तथा स्मार्टफोनहरु दिएर उनिहरुले बच्चाहरुलाई खाली समयमा बोर भएको अवस्थामा भुलाउने माध्यम बनाएको कुरा उद्धृत गरेका छन् । साना उमेर नपुगेका केटाकेटीहरुले औसतन प्रत्ति महिना बुवाआमाले मोबाईल फोनमा प्रत्ति महिना खर्च गरिने १९ पाउण्डको तुलनामा उनिहरुले ११ पाउण्ड खर्च गरेको अनुसन्धानले प्राप्त गरेको छ । अभिभावकहरुले आफनो पहिलो सन्तान माथि अन्य पछिल्लो सन्तानहरुको तुलनामा मोबाईलमा बढि खर्च गरेको पाईएको छ । अनि अनुसन्धानले मोबाईल फोन प्रयोग गर्ने बच्चाहरुमा दश जना मध्ये एक जनाले आफनो बुवाआमाले भन्दा बढि रकम मोबाईल फोन प्रयोग गरेर खर्च गरेको पनि प्राप्त भएको छ । यसरि बच्चाहरुले मोबाईल फोनमाथि खर्च गरेको बारेमा प्रत्येक दश जना मध्ये चार जना अभिभावकहरुले यस खर्चलाई वास्ता नगरेको अनुसन्धानले जनाएको छ । यस्तै, रहेको चार जना अभिभावक मध्ये एक जना अभिभावकले चाँहि सन्तानले प्रयोग गर्ने मोबाईल कन्ट्रयाक्टमा भने हस्तक्षेप गर्दाछन् । यस्तै २० जना मध्ये कम्तिमा एक जनाले बच्चाहरुको मोबाईल फोनमा कल गर्ने र टेक्स्ट गर्ने बाहेक अरु वेबडाटाहरु रोक लगाईएको कुरा थाह लागेको छ । त्यस अनुसन्धान पश्चात डोकुले बच्चाहरुको फोन प्रयोग गर्ने बिलमा अभिभावकहरुलाई नियन्त्रण गर्न शिफारिश गरेका छन् । धेरै बच्चाहरुले मोबाईलमा पैसा तिरेर गेम खेल्ने अभ्यास भएकोले गर्दा मोबाईल फोनको बिल बढि आएको कुरा बताएका छन । यस अध्ययनको लागि १४२० जना आभिभावकहरुलाई सोधपूछ गरेका थिए । श्रोत – मेट्रो ।