लण्डन । भर्खरै प्राप्त भएको सूचनाअनुसार, एनआरएन यूकेको असन्तुष्ट समूहले अलग्गै एक निर्वाचन समितिको गठन गरेको छ । साउथइष्ट लण्डनस्थित वुलविचको भेलामा विभिन्न संघसंस्थालगायतबाट करीव साढे तीन सय मानिसहरुको जमातको भेलामा एनआरएनए यूकेको हाल कार्यान्वयनमा रहेको इलेक्ट्रोरल कमिटिले गरेको काम कारबाहीबाट असन्तुष्ट रहेको वर्तमान उपाध्यक्ष महेन्द्र कँडेल प्यानलका समूहहरुबाट यो नयाँ निर्वाचन समितिको गठन गरिएको हो । केहीअघि निक्कै नै चर्चामा आएअनुसार नयाँ एनआरएनएको संस्था गठन आज भएको उक्त असन्तुष्ट समूहले नगरेको भए तापनि प्रत्यक्षदर्शीका अनुसार यस समिति वास्तवमा एक दवाब समूह नै भएको बताइएको छ, जसले यसभन्दाअगाडि स¬चालनमा रहेको समितिसँग विचारविमर्श गरी निष्पक्ष चुनाव गराउने भनिएको छ । उक्त भेलामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलगायत सल्लाहकारहरुको पनि उपस्थिति रहेको थियो ।
केहीअगाडि मेरो यूकेसँगको वार्तालापमा, महेन्द्र कँडेल, खासगरी एनआरएनए यूकेमा विद्यमान भएको विविध प्रथाहरुसँग पटक्कै खुश नभएको बताउँदछन् । अध्यक्ष भएर उठ्नु भनेको पैसा खर्चेर नयाँ सदस्यहरु बनाउनु नै पर्ने अघोषित रुपमा प्रावधान रहेको लाग्नेमा यूकेमा रहने प्रवुद्ध वर्गलगायत पत्रकारहरु पनि मौन रहेको मान्दछन् । दुईदुई वर्ष निर्विरोध रुपमा उपाध्यक्ष चुनिएको आफूलाई वर्तमान अध्यक्षले योपालि अध्यक्ष बन्न सघाउने भनी गरिएको वाचा पनि अध्यक्ष आचार्यले भुलेको संका गर्दछन् । पैसाको नमानिँदो खेल भएको भन्नेमा प्रतिरोध नगर्ने कँडेल, संस्थामा राजनीतिकरण त्यस्तो भने नभएको ठान्दछन् ।
तर आज यसरी उनै कँडेलखेमा मानिसहरु जम्मा भएको भेलामा उनको अगुवाइमा पहिलोपटक घोषित रुपमा एक विरोधी खेमाको उदय भएको छ । प्लम्स्टिड निवासी गोविन्द महत, बेलायतमा जति नै वर्ष बसे तापनि यहाँ रैथाने भइसकेका नेपालीहरुले नेपाली पनको रैथाने व्यवहार गर्न भने कहिल्यै नछोड्ने लागेको बताउँदछन् । एनआरएनजस्तो संस्था यसरी फोहोरी गुट तथा उपगुटले गर्दा काम नै नलाग्ने हुँदै गरेकोमा झोक्किँदै भन्दछन्- कुनै दिन यस्ता नेपाली लिडरहरुलाई यो देशले निकाला गर्नुपर्ने ठान्दछन् ।
समितिको गठनपछि सोही स्थानमा महेन्द्र कँडेललगायत केही सल्लाहाकारहरुको विशेष मिटिंग चलिरहेको छ ।
-Photo-Sumal
प्रतिक्रिया