यूकेमा तीजको लहर शुरु

यूकेमा तीजको लहर शुरु


teejफार्नवरो २५ अगस्त । एसियन महिला एसोसिएसन यूकेले गत वर्षहरु झै यस वर्ष पनि महिलाहरुको महान चाड तीज भव्य रुपमा मनाएको छ । फार्नवरो सामुयलकोडी स्पोर्टस कलेजको हलमा ६०० भन्दा वढी महिला दिदी बहिनीहरु परम्परागत रातो पहिरन र सुनौला गहनामा जम्मा भएका थिए । एसोसिएसनका वर्तमान अध्यक्ष श्रीमती रचना थापाको स्वागत वक्तव्यवाट शुरु भएको कार्यक्रममा सर्वप्रथम समाजकी सक्रिय सदस्य स्व. श्रीमती रमा थापाको निधनको सम्झना र आत्माको चीर शान्तिका लागि कामना गर्दै २ मिनेट मौनधारणा गरिएको थियो । संझना गुरुङ्गको तिज नाचवाट सुरु भएको मनोरञ्जन कार्यक्रममा यस वषर््ा नया आकार्षण लण्डन फेशन हाउसवाट फेशन सो गरिएको थियो जसको प्रस्तुति मनिषा श्रेष्ठले गरेकी थिईन् । फेशन शो का मुख्य आकर्षण मिस यूके विजेता दुर्गा गुरुङ्ग, रनरअप परिका आले र समाजसेवी बविता लामा थिए ।
मेलाले राफल ड्रका साथै विभीन्न समूहमा उत्कृष्ट नाचलाई पुरस्कारको व्यवस्था गरेको थियो जसअनुसार वेष्ट हजुरआमा मंगली पुन, वेष्ट आमा शिव देवी सेन र वेष्ट छोरी रुखिया मगरले पाएका थिए । एसोसिएनले यो कार्यक्रमको राफलबाट फाइदा भएको ३७५ पाउण्ड बुद्धिष्ट कम्युनिटि सेण्टरलाई सहयोग गर्ने घोषणा गरेको छ ।