ईग्नाको पांचौं बार्षिक भेला सम्पन्न

ईग्नाको पांचौं बार्षिक भेला सम्पन्न


igna च्यारीटिमा दर्ता भएकोमा खुशीयाली
ईष्ट्ली । बेलायतमा रहेका नेपाली संघसंस्थाहरु च्यारीटि कमिसनमा दर्ता हुनलाई ठूलै मेहनत गर्नुपर्ने हुन्छ । च्यारीटि कमिसनमा दर्ता भएपछि नेपाल र बेलायतमै पनि विभिन्न च्यारीटिका कामहरु गर्न सकिने भएकोले च्यारीटि कमिसनमा दर्ता गर्नुलाई ठूलै उपलब्धि मानिन्छ । यस्तै केही नेपाली तथा स्थानीय बेलायतीहरु सहयोगमा स्थापित ईष्ट्ली गोर्खा नेप्लिज एशोसियसन (ईग्ना) यूके पनि केही साताअघि च्यारीटि कमिसनमा दर्ता भएको छ ।
ईग्ना यूकेले संस्था च्यारीटि कमिसनमा दर्ता भएको खुशियालीमा गत शनिबार आउटडोर पार्टी आयोजना ग¥यो । कार्यक्रममा नेपाली र स्थानीय समुदायको सहभागिता थियो । स्थानीयहरुको बाक्लो उपस्थितिले नेपाली समुदाय संयोजनमा महत्वपूर्ण भूमिका खेल्ने सहभागिहरुले विश्वास लिएका छन् ।
ईष्ट्ली र यसवरपर बस्ने नेपाली तथा स्थानीयवासीको सक्रियतामा सन् २००८ मा यस संस्थाको स्थापना भएको हो । शनिबार मनाइएको पाँचौ बार्षिक भेटघाट कार्यक्रम इष्ट्ली बोरोह काउन्सिलका मेयर माल्कोल्म क्रस र संस्थाका अध्यक्ष्ँ रमन सिंह थापाले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर माल्कोल्मले नेपाली समुदायसँग नजिक रहेर काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताए । उनले नेपालीहरुको लगाव, मेहनत र स्थानीयसँग उनीहरुको मित्रभावले समुदायमा आफ्नोपन दिएको उल्लेख गरे । कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी छु, मेयरले भने, ‘ईग्नाका आगामी दिनहरु सफल रहुन मेरो शुभकामना छ ।’
ईग्ना यूकेका अध्यक्ष्ँ रमनसिंह थापाको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा संस्थाका ट्रष्टी कमल बहादुर पुर्जाले ईग्ना र यसलाई माया गर्ने सबैलाई यस पार्टीमा भेट्न पाउँदा आफूलाई धेरै खुशी लागेको बताए । अर्को वर्ष पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै उनले सहभागिहरुलाई धन्यवाद दिए । नेपाल र विदेशमा रहेका नेपालीहरुलाई आवश्यक पर्दा सहयोग गर्ने पवित्र उद्देश्यले संस्था जन्मिएको स्मरण गर्दै उनले च्यारीटि कमिसनमा दर्ता भएपछि त्यो अझै फराकिलो भएको दावी गरे । संस्थालाई च्यारिटि कमिसनमा दर्ता गर्नका लागि हरतरहले सहयोग पु¥याउने सबैलाई उनले धन्यवाद दिए । ईग्नामा नेपालीहरुलाई मायां गर्ने स्थानीयको पनि सहभागिता भएकोले समुदायको संयोजनमा यसले सहयोग पु¥याउने उनको विश्वास थियो ।
संस्थाका सचिव उमेश रानाले संस्था च्यारिटेवल अर्गनाइजेशनका रुपमा दर्ता भएको खुशीयालीमा कार्यक्तम गर्न पाउँदा खुशी लागेको बताउँदै यस अवसरमा खुशीयाली मनाउन सहभागिलाई आग्रह गरे । यस महत्वपूर्ण अवसरमा सहभागी हुनुभएकोमा म यहांहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु, रानाले भने, हाम्रो लागि आजको दिन सबैभन्दा महत्वपूर्ण दिन हो । तपाईहरु सबैको ठूलो सहयोग र साथले आज हामी यो अवस्थामा आइपुगेका छौं । च्यारीटिमा दर्ता गर्नु शुरुवात मात्रै भएको बताउँदै उनले अझै धेरै गर्न बाँकी रहेको बताए ।
कार्यक्रममा नेपाल तथा बेलायतको राष्ट्रिय गान बजाइएको थियो । सहसचिव रेनुका आलेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरु बीबीक्यू पार्टीमा मस्त थिए । खुल्ला चौरमा गरिएको पार्टीमा मौषमको पनि परवाह नगरी उनीहरु खुलेरै पार्टीमा जमे । सो अवसरमा संस्थालाई माया गर्ने स्थानीय, संस्थाका सदस्य तथा अन्य विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने महानुभावहरुलाई सम्मान गरीएको थियो । एउटा नमुना समाजको रुपमा स्थापित यस समाजले आयोजना गरेको कार्यक्रममा नेपालीहरुकै हाराहारीमा स्थानीय समुदायको उपस्थिति रह्यो ।
कार्यक्रमको अन्त्यमा सहभागिहरुलाई विशेष धन्यबाद दिँदै अध्यक्ष थापाले समाज पााच वर्षको दौरानमा निकै अगाडि बढेको औंल्याए । उनले च्यारीटि कमिसनमा दर्ता गर्न सहयोग पु¥याउने ट्रष्टिज, कार्यसमितिकिा सदस्यहरु, तथा यसका शुभेच्छुकहरुलाई विशेष धन्यवाद दिएका थिए । च्यारीटि कमिसनमा दर्ता भएको उपलक्ष्यमा यस कार्यक्रम आयोजना गरिएको प्रष्ट्याउादै आगामी दिनमा अझै बृहत्तर रुपमा सामाजिक कार्य गर्न संस्था सक्षम हुने विश्वास लिए । हामी अझै उत्साहित भएका छौं, अध्यक्ष्ँ थापाले भने, ‘नेपाल र नेपालीको हितमा लागि काम गर्ने जांगर बढेको छ ।’
यस समाजले बेलायतका अन्य समाज भन्दा केही पृथक काम पनि गरेको छ । स्थानीय फार्म हाउसका मालिकसँगको सहकार्यमा समाजका सदस्यहरुले तरकारी खेती लगाएका छन् । जसबाट उत्पादन भएको तरकारी समाजमा खपत हुने ट्रष्टी कमल पुर्जाले बताए । विशेष गरी उनीहरुले गोलभेंडा, सिमी, फर्सी र मकै लगाएका छन् । समाजलाई फार्म हाउसका मालिकले खेतीका लागि दिएका हुन्, हामीले यसवापत केही तिर्नुपर्दैन, पुर्जाले भने, यसबाट भएका उत्पादनहरु हामी समाज खपत गर्छौं । करीब दुई दर्जन बढी मात्र नेपालीहरु इष्ट्ली क्षेत्रमा बसोवास गर्छन् । यो सानो नेपाली समाज स्थानीयसँग निकै घुलमिल भएर बसेको छ । कार्यक्रमको अन्त्यपछि मेयरले आफ्नी धर्मपत्नीसहित नेपालीहरुले लगाएको तरकारी खेतीको अवलोकन गरेका थिए । स्थानीय क्षेत्रमा नेपालीहरुको बसोबास धेरै नभएकोले खेतीका लागि धेरै जग्गा भए पनि गर्न नसकिएको कमलले बताए ।
-आई एल थापामगर,मे.स.