लण्डन । गत २६ अगष्ट, लण्डनको ह्यारोस्थित भी फाइवमा गैरआवासीय नेपाली संघ यूकेले एक पत्रकार सम्मेलन गरी महेन्द्र कँडेल समूहहरुले छुट्टै गैरआवासीय नेपाली संघ खोलेको भन्ने हल्ला बजारमा आएको प्रति आप्नो ध्यानाकर्षण भएको र सत्य तथ्य बेलायतवासीलाई अवगत गर्दै प्रेस वक्तव्य वितरण ग-यो ।
उक्त वक्तव्यमा अन्य बूँदाहरु सामान्य प्रतिवद्दता र आगामी १५ सेप्टेम्बर २०१३ मा हुन गइरहेको राष्ट्रि«य अधिवेशनलाई भव्यरुपमा र पुरानै समय तालिकाअनुसार सम्पन्न गरिने आसय छ भने वक्तव्यको अन्तिम बूँदामा भने यस्तो लेखिएको छ “संघको जिम्मेवार पदमा बसेर विभिन्नखाले भ्रम सृजना गरी सँस्थाको छविमाथि आँच पु¥याउने कृयाकलापप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संघको विधान विपरीत तथा कार्यसमितिको सर्वसम्मत निर्णयको विरुद्धमा संघको नाम दुरुपयोग गरी बोलाइएको भेला र निर्वाचन समितिबारे पत्रपत्रिकामा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको र यस कार्यमा संलग्न उपाध्यक्ष महेन्द्र कँडेल तथा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य राजन कँडेल लगायतसँग स्पष्टिकरण माग गर्दै चित्तबुझ्दो स्पष्टिकरण नआएमा विधानवमोजिम निर्णय हुने जानाकारी गराइन्छ ।” यसले मेरो यूके डट कमको समाचारलाई समेत प्रवाहित गरेको छ । जून कुरा २५ अगस्तमा नया निर्वाचन समिति गठन भनी यहाँ छापिएको थियो र त्यो महेन्द्र कंडेल पक्षले गरेको थियो ।
वक्तव्य वितरणपछि पत्रकारहरुका लािग प्रश्न सोध्ने अवसर प्राप्त भएको थियो । उक्त समयमा पत्रकारहरुले आआप्mना जिज्ञासा राखेका थिए जसमध्य बढी सान्दर्भिक देखिएका केही प्रश्नहरु र उत्तरहरु यहाँ प्रस्तुत छन् ।
१) भर्खरै प्राप्त जानकारीअनुसार अर्को एउटा छुट्टै गैरआवासीय नेपाली संघ एघार हजार सदस्यसहित गठन भयो भनेर आयो । अब अन्तररष्ट्रि समन्वय परिषदले त्यसलाई मान्यता दिने कि नदिने त ? यसमा असपका प्रवक्ता डा हेमराज शर्माको जवाफ “आज तपाईहरुले जुन सुन्नु भयो त्यो भनेको अन्तर्राष्ट्रिय समन्वय परिषदको संविधानको कुनै पनि नियम पालना नगरी खोलिएको छ । हाम्रो विधानको पालना नगरी स्थापना गरिएको कुनै संस्थालाई विधानत मान्यता दिनै मिल्दैन ।”
२) महेन्द्र कंडेलले ल्याएका सदस्यता फर्म दर्ता गर्न समय अभाव भएको भन्ने कुरा कहाँसम्म सत्यता छ र त्यसको समाधानका कुनै काम भयो कि भएन ?
यसमा समिति सदस्य भक्त गुरुङ्गले जवाफ दिँदै —“त्यो कुरामा सत्यता छैन किनकि समय अभाव थिएन हामीसँग कार्य समितिका साथीहरु पनि हुनुन्थ्यो सहयोगका लागि । त्यसपछि पनि सहमति प्रयासमा समेत जम्मा भएका सदस्यता दर्ता गर्ने समय थप गरिएको थियो“…. भने ।
महेन्द्र कंडेलले आप्mनो गाडीमा राखेर ल्याएका र देखाएका फर्महरु दिउँसो २ बजेपछि कारमै देखाएको हुँदा ती फर्महरु कंडेलले दर्ता गर्ने कोशिस नै नगरेको वा नचाहेको जस्तो देखिएको छ ।
३) महासचिव रामशरण शिंखडा अध्यक्षका दावेदार भएर पनि दर्ताका लागि ल्याइएका फर्म जम्मा गर्ने । ठीक बेठीक र आप्mना वा अरुका भनेर छुट्टयाउने गरेका थिए भन्ने आरोपमा तपाईहरुको भनाइ के छ ?
यसको उत्तर दिँदै डा. हेमराज शर्माले ...”गैरआवासीय नेपाली संघको निर्वाचन समिति आर्थिक रुपमा सम्पन्न नभएकोले समितिले गर्ने कतिपय काममा वर्तमान कार्य समितिका सदस्यले सहयोग गर्नु पर्ने भन्ने भएकोले नै रामशरण मात्र नभई अन्यले पनि फर्म लिने काम गर्नु भएको हो । तर फर्म आफ्नो वा अरुका भनी छनोट गरिएको भन्ने झुटो हो । किनकि त्यस दिनमा फर्म संकलन मात्र थियो ।”
४) महेन्द्र कडेललाई समेट्ने वा सहमतिमा ल्याउने प्रयास के कस्ता भए र कहाँसम्मको लचकता अपनाइयो त ? यसको उत्तर दिँदै अध्यक्ष कुल आचार्यले ….”सहमतिका प्रयासमा कुनै कसर राखिएन भन्दै अथक प्रयास गरिदिएको अन्तर्राष्ट्रिय समितिका उच्च पदस्थहरुलाई धन्यवाद दिए । के गरिएन ? फर्म दर्ता गर्न समय थप गरियो, निर्वाचन समितिमा तपाईको मानिस थप गर्नुहोस् भनियो अन्तिम समयमा योगेन वहादुर क्षेत्रीलाई मनाएर ….ल अध्यक्ष पद एक एक वर्ष ग्रहण गर्नुहोस् सम्म पुगियो ।”
अब बेलायतका नेपालीबीच एउटा प्रश्न अनुत्तरीत रह्यो, यसको जवाफ सायद महेन्द्र कँडेलले मात्र दिन सक्छन् । के उनले जम्मा गरी आफ्नो कारको बुटमा राखी निर्वाचन समितिमा देखाएका ७००० फाराम र अहिलेको हल्लामा आएको ११००० सदस्यता फारामको सदस्यता वापतको १० पाउण्डका दरले बुझाएको रकम ७०००० पाउण्ड वा अहिलेको अनुसारको ११०००० पाउण्ड कतै सुरक्षित छ कि छैन ?
प्रतिक्रिया