गैर आवासीय नेपाली संघ, यूकेको २०१३-२०१५ कार्यसमितिका लागि उम्मेदवारी मनोनयनबारे अत्यन्त जरुरी सूचना
मिति २०१३ सेप्टेम्वर १५ तारिखमा सम्पन्न हुन लागेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति यूके (NRN NCC UK) को पाँचौ कार्यकारी समितिको निर्वाचनमा उम्मेदवार बन्नका लागि ३० अगष्ट २०१३मा प्रकाशित हुने संघको अन्तिम मतदाता नामावलीमा समाबिष्ट भएका योग्य पंजीकृत सदस्यहरुले संघको उमेदवारी फारम भरी तोकिएको शुल्क बुझाइ उमेदवारी मनोनयन गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ।
उमेदवारी मनोनयन दर्ता गराउने स्थान, मिति र समय
ABI College
80 London Street, Reading
RG1 4SJ
३१ अगस्ट २०१३, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मपद, संख्या र शुल्कहरु
अध्यक्ष – १, शुल्क – £ १०००.००
उपाध्यक्ष – २, शुल्क – £ ७५०.०० जनही
राष्ट्रिय संयोजक – १, शुल्क – £ ७५०.००
राष्ट्रिय सहसंयोजक – १, शुल्क – £ ५००.००
कोषाध्यक्ष – १, शुल्क – £ ५००.००
सदस्यहरु – ९, शुल्क – £ ३००.०० जनही
ICC सदस्यहरु – ५, शुल्क – £१०००.०० जनहीउमेदवारी फारमहरू संघको वेवसाइट www.nrnuk.orgमा उपलब्ध गराइने छ र मनोनयन फारममा उल्लेखित मापदण्ड र निर्वाचन नियमावली अनुसारको प्रकिया पुर्याई मनोनयन दर्ता गर्न उमेदवार स्वयं दर्ता परिसरमा उपस्थित हुनुपर्ने छ।
उमेदवारीसम्वन्धी अन्य कार्यतालिका पूर्व प्रकाशित सूचना बमोजिम निम्नानुसार रहेको छ
उमेदवारको नामावली प्रकाशन – ३१ अगष्ट २०१३, दिउँसो २ बजे पछि
उमेदवारको नामावली माथि दावा बिरोध – ३१ अगष्ट २०१३, बेलुकी ५ बजेसम्म
उमेदवारी मनोनयन फिर्ता – १ सेप्टेम्बर २०१३, बेलुकी ५ बजेसम्म
अन्तिम उमेदवारी नामावली प्रकाशन – १ सेप्टेम्बर, बेलुकी ५ बजे पछिउमेदवारको नामावली माथि दावा बिरोध र मनोनयन फिर्ताका लागि संघको वेव साइट www.nrnuk.org मा उपलब्ध गराइने क्रमश: दावा बिरोध र उमेदवारी मनोनयन फारम भरी निर्वाचन समितिलाई बुझाउनु पर्ने छ।
निर्वाचन समिति २०१३, गैर आवासीय नेपाली संघ, यूके
प्रतिक्रिया