दक्षिणपूर्व क्षेत्रीय तमुधिं, लण्डनको तीज कार्यक्रम

दक्षिणपूर्व क्षेत्रीय तमुधिं, लण्डनको तीज कार्यक्रम


IMG_5795लण्डन — शनिवार, ३१ अगस्त २०१३को दिन प्लमस्टिडमा दक्षिणूर्व क्षेत्रीय तमुधिं लण्डनले सल्लाहकार मोहन गुरुङको संयोजनमा त्यसक्षेत्र वरिपरि बसोबास गर्ने महिलाहरुका लागि तीजपर्वको शुभअवसर पारेर एउटा बीबीक्यू कार्यक्रमको आयोजना गरेको थियो । यस कार्यक्रममा अन्य समाजका महिलाहरुलाई पनि आमन्त्रित गरिएको थियो । गरगहाना, रातो साडी र ब्लउजमा सज्जिएका नेपाली दिदिबहिनीहरुलाई नाच्दै, गाउँदै खुशी मनाएको देख्दा माहौल तीजमय बनेको थियो । आफ्नै देशमा तीजपर्व मनाउँदै गरेको आभाष दिलाएको थियो । दिउँसोदेखि अबेर रातसम्मको त्यो रमाईलो माहौलले आफ्नै मातृभूमीमा पर्व मनाउँदै गरेको आभाष दिईरहेको थियो । नेपाली संस्कार र संस्कृतिको सगौरव प्रस्तुति थियो । वातावरणले नेपालीहरुको आफ्नो संस्कार र संस्कृति अत्यन्तै धनी छ भन्ने आभाष दिईरहेको थियो । चेलीबेटीलाई दर खुवाउने प्रथालाई कायम राख्दै यसकार्यक्रममा महिलाहरुलाई निःशुल्क सहभागी गराईएको थियो भने पुरुषहरुलाई शुल्क लिएर सहभागी गराईएको थियो । आयोजकहरुको गरिमामय आतिथ्य र सबै महिलाहरुको गीत र नाचले कार्यक्रमलाई अत्यन्त रमाईलो बनाएको थियो । यसरी नाच्दै, झुम्दै मनोरञ्जन गरिरहेको बेला छोटो औपचारिक कार्यक्रम पनि सञ्चालन गरेको थियो । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको महासचिव सुमन गुरुङले अध्यक्ष क्या.रि.को सभापतित्वमा कार्यक्रम सञ्चालन गर्दै स्वागत मन्तव्यको लागि समाजका उपाध्यक्ष हिरा प्रसाद गुरुङलाई आमन्त्रित गरेका थिए । स्वागत मन्तव्यको लगत्तै कार्यक्रमलाई मन्तव्य दिनेक्रममा थकाली समाजका शर्मिला थकाली, नेवार समुदायका प्रतिनिधि, आमा समुहबाट निर्मला गुरुङले सम्बोधन गरेका थिए । समाजको हाउजिङ कमिटिका संयोजक श्रीचन्द्र गुरुङले समाजको भवन निर्माण गर्ने आगामी योजना र हालसम्म भएको विवरणबारे सम्बोधन गरेका थिए । मनोरञ्जन कार्यक्रमलाई प्रभावशाली बनाउनको लागि सुर्य गुरुङद्वारा डीजे र उद्घोषको भूमिकामा साथ दिएका थिए । अन्तमा अध्यक्षले धन्यावाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन भएको थियो । त्यसपछि अबेरसम्म नाचगान गर्दै सबैले खुशियाली मनाउँदै कार्यक्रमको भरपूर आनन्द लिएका थिए ।