निर्भिक मालाला युसफजाई आतङ्कवादलाई परास्त गर्ने अभियानमा

निर्भिक मालाला युसफजाई आतङ्कवादलाई परास्त गर्ने अभियानमा


malala yousafzaiलण्डन – १६ वर्षीय किशोरी मालाला युसफजाई पाकिस्तानको खईबर पख्तुनवाला प्रान्त, स्वात जिल्लामा (पाकिस्तान र अफगनिस्तानको सीमानामा पर्ने), जन्मेकी हुन् । मालाला शिक्षा र महिला अधिकारका लागि लड्ने योद्धाको रुपमा अहिले विश्वले चिनेको छ । तालीबानले त्यस क्षेत्रमा केटीहरुलाई स्कुल जानबाट प्रत्तिबन्ध लगाएको बेलामा त्यसको विरुद्ध यस किशोरीले साहसपूर्ण कदम चालेकी थिईन् । सन् २००९मा उनले यस अत्यचारको विरोधमा तथा त्यस भेगमा भएका आतङककारीहरु द्वारा महिलाहरुलाई गरिने ज्यादतीको विवरण बीबीसीलाई सम्प्रेषणको लागि पठाएकी थिईन् । उनको यो साहसको कदर गर्दै दक्षिण अफ्रिकी, शान्तिका लागि अभियानमा लागि परेका डेसमण्ड टुटुले उनलाई ईन्टरनेशनल चिल्ड्रेन्स पीस अवार्डका लागि शिफारिस गरेका थिए । उनलाई यसभन्दा अघि नै पाकिस्तान यूथ पीस अवार्डबाट सम्मानित गरिसकेको थियो । ०९ अक्टूबर २०१२को दिनमा स्कुलबाट बसमा चढेर घर फर्किदै गरेको बेलामा तालीबानी बन्दुकधारीहरुले उनलाई टाउकोमा तथा घाँटीमा गोली प्रहार गरेर मार्ने प्रयास गरेका थिए । तर, बिहोश भएर ढलेकी मालालालाई बेलायतको बर्मिङहाम स्थित क्वीन् एलिजाबेथ अस्पतालका डाक्टरहरुले लामो उपचार गरेर बचाएका थिए । मालाला अहिले बेलायतमा पढ्दैछिन् । कलिलै उमेरकी भएपनि निर्भिक भएर आतङ्कारीहरुको प्रभावबाट शिक्षा र महिला अधिकारलाई सुनिश्चित गर्न तथा अत्यचारबाट मुक्त गर्ने अभियानलाई आफ्नो लक्ष्य बनाएकी छिन् । उनले, “कलम र पुस्तक नै आतङकबादलाई परास्त गर्ने मुख्य हतियार हुन्” भनेकी छिन् । १६ वर्षीय मालाला युसफजाईले भरखरै बर्मिङहाममा १८८ मिलियन पाउण्डको लागतमा निर्माण भएको लाईब्रेरी उद्घाटन समारोहमा बोलेकी थिईन् । त्यसबेला उनले बोल्ने क्रममा, “विश्व शान्तिका लागि एकमात्र उपाय हामीले हाम्रो विचारलाईमात्र परिस्कृत र शिक्षित बनाउने नभई हाम्रो मन र आत्मालाई पनि शिक्षित बनाउन सक्नुपर्छ“ भनेकी थिईन । साभार मेट्रो